Home » » मध्यमर्स्याङ्दीबाट क्षमता भन्दा बढी विद्युत उत्पादन

मध्यमर्स्याङ्दीबाट क्षमता भन्दा बढी विद्युत उत्पादन


View of Kali Gandaki 'A' Dam in Nepal

युबराज लामा । लमजुङ, जेठ ९ - हिमालबाट हिउँ पग्लन थालेपछि मर्स्याङदी नदीमा पानीको बहाव बढ्दा मध्यमर्स्याङदी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढेपछि पुरै क्षमतामा विद्युत उत्पादन थालेको हो ।
पानीको बहाब बढेसंगै ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट क्षमता भन्दा ५ मेगावाट बढी ७५ मेगावाटसम्म विद्युत उत्पादन भैरहेको मध्यमर्स्याङ्दी केन्द्रले जनाएको छ ।
पृथ्बीको उष्णता बढेका कारण हिमालमा हिउँ पग्लँदा मस्र्याङ्दीमा पानीको बहाब बढेपछि मध्यमर्स्याङ्दीले पूर्ण क्षमतामा बिद्युत उत्पादन गर्न थालेको हो । लामो खडेरीका कारण विभिन्न क्षेत्रमा रहेका पानीका मुहान सुक्दै गइरहेका बेला मस्र्याङ्दी नदीमा भने पानीको बहाब बढेको छ ।
मर्स्याङदीमा पानीको वहाव बढेपछि पुरै क्षमतामा विद्युत उत्पादन गरिरहेको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । चौधरीले गत बर्ष यो समयमा ४० मेगावाट मात्र विद्युत उत्पादन भएको वताउनुभयो ।
मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाले एक सूचना जारी गरि हिउँ पग्लेर मस्र्याङ्दी नदीमा पानीको बहाब वढ्दै गएकोले कुनैपनि बेला मध्यमर्स्याङ्दीको बाँधका ढोका खोल्नु पर्ने हुँदा नदीको आसपास वा किनारमा नजान सवैलाई सूचित समेत गरेको छ ।
यसअघि केन्द्रले मुस्किलले ३० मेगावाट मात्र विद्युत उत्पादन गरेकोमा मध्यमर्स्याङ्दी जलविद्यूत केन्द्रले नदीमा अत्याधिक रुपमा पानी वढेकाले ७५ मेगावाटसम्म विद्युत उत्पादन गरिहेको केन्द्र प्रमुख चौधरीले वताउनुभयो ।
आयोजनाको विद्युत उत्पादन क्षमता ७० मेगावाट भएपनि एउटा टर्वाइनबाट ४० मेगावाटसम्म विद्युत उत्पादन हुने भएकाले यतिबेला क्षमताभन्दा बढी विद्युत उत्पादन भएको केन्द्रको दावी छ । रन अफ रिभर प्रविधिको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनावाट पुरै क्षमताको विद्युत उत्पादन हुन थालेपछि केही मात्रामा लोडसेडिङ घट्न सक्ने अनुमानसमेत गरिएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf