राइनासकोट नेपाल राज्य निर्माणको इतिहासमा यौटा गौरवशाली भूमिका र पहिचान स्थापित गरेको भूमि हो /आकर्षक परिवेश सहित नेपालकै भौगोलिक मध्यविन्दु मानिने दक्षिण-पूर्वी लम्जुड्
को चम्पावती र मर्स्याड्दी नदीका मैदानी भुभागबीच करिब १६००मि. को उचाईमा बिराजमान 'राइनासकोट' एक सुन्दर रमणीय पहाड मात्रै नभई लम्जुड्कै शान अनि सिंगो नेपालकै इतिहास बोल्नेधरोहर हो ।
राइनास-मोहोरिया गा.वि.स. मा पर्ने यस कोटले
चक्रतिर्थ, धमिलीकुवा,भलायाखर्क,
तथा तार्कुघाटका साझा मझेरीमा गोरखाको लिगलिगकोटसंग उचाइको घमण्ड पस्किरहेको आभास दिन्छ ॥
नेपालकै पहिलो शाह राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लम्जुड् राइनास कोट राज्यको ,पछि उनका छोराहरु
नरहरि शाहले थप सुदृढ़ीकरण गरे /
भने द्रव्य शाहले चेपेघाट-लिगलिगको दौडमा रोमांचक चातुर्यपुर्ण विजय हासिल गरी वि.स.१६१६ मा गोरखाको राजा भएको इतिहास छ/
पछि प्रिथ्विनारायणले तात्कालिक
विश्व परिवेशमा बढ्दो साम्राज्यवादको निसानामा पर्न सम्भाव्य यस सुन्दर,सम्पन्न,र प्राचिन भूमीको एकिकरण गरी सशक्त सुदृढ़ नेपाल राष्ट्रको जग बसाले ;जुन अभियानमा राइनासको यसै काख मोहोरियामा जन्मिएका सरदार भक्ति थापा लगायतको साहसपुर्ण
नेत्त्रित्वदायि सहभागिताका गाथाहरु इतिहासमा भेटिन्छ ॥
यसरी नेपाल को स्थापना;रक्षा र
परिवर्तन का हरेक प्रक्रियामा राइनास क्षेत्रको प्रत्यक्ष योगदान रहेको जगजाहेर छ ।
इतिहास मात्रै होइन,वर्तमानसम्म पनि प्राकृतिक,
सांस्कृतिक,विविधता र सहिष्णुता एवं
मानवीय चेतनाको उचाईले समेत यो क्षेत्र
इतिहासका बिशिष्ट जिम्मेदारी बहन
गर्न समर्थ रहदै आइरहेको भएपनि विविध
कालखण्डमा राजनैतिक अस्थिरता र
केन्द्रिकृत राज्य व्यबस्थाले गर्दा मुलप्रवाहमा समाहित हुने अवसरबाट बन्चितीकरण भने एक विडम्वनाकै रुपमा रह्यो।
तथापि;बिस्तारै गति हासिल गर्दै
गरेका विकासका प्रक्रिया संगै नगरोन्मुख बन्दै गरेका बस्तीहरु;उब्जाऊ मैदानी फांटहरु मा राइनासटार सिचाई आयोजना र व्यवसायिक-आधुनिकीकरण तर्फ उन्मुख कृषि क्षेत्र ;चेपे र मरस्याड्दी नदीका प्रचुर जलविद्धूत उत्पादन र
सिचाईको अवस्था र सम्भाव्यता;पर्यटन
प्रवर्द्धनका पर्याप्त आधारहरु;सामुदायक वन बिकास अभियानको उत्कृष्ट नमुना आदिले भोलिको RAINAS Area को स्पष्ट रुपरेखा "राइनास नगर"का रुपमा संकेत गर्दछ ॥
यसर्थ गौरवमय RAINAS Area
को इतिहासको गरिमा लाई जीवन्त
राख्दै प्रचुर प्राकृतिक सम्पन्नताको उच्चतम उपयोग र मानवीय जनशक्तिको पलायन रोक्दै परिचालन गरेर भावी समय सापेक्ष विकसित-सुसभ्य-सुसस्क्रीत "राइनास नगर"का हाम्रा सपनाहरू सार्थक पार्न/
यस क्षेत्रका सम्पूर्ण सचेत नागरिकहरु
हाम्रा चिन्तन र प्रवृत्तीका साघुरो परिधिबाट मुक्त हुदै सामुहिकताको भावना विकास गरी एकबद्ध हुनुपर्ने आजको आवश्यकता बन्न पुगेको छ ॥