Home » » प्रहरीकै सिक्री लुटियो

प्रहरीकै सिक्री लुटियो

Chain
काठमाडौं, वैशाख २९ - सर्वसाधारणको सिक्री लुटेर हैरान पारिरहेका बेला राजधानीमा एक महिला प्रहरीले लगाएको गहना लुटिएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यररत प्रहरी हवल्दार सीता उप्रेतीले लगाएको २ तोलाको सिक्री शनिबार साँझ लुटेराले लखेटीलखेटी थुतेर लगेका हुन् ।
दिउँसो १२ बजे देखी ६ बजेसम्मको ड्युटी सकेर बालाजु घर फर्किदै गरेकी उनको स्कुटरलाई धक्का दिएर लडाउने प्रयास गर्दै लुटिएको हो । उनका अनुसार गंगा हलबाट माच्छापोखरी निस्कने बाटोको सुनसान स्थानमा स्कुटरलाई धक्का दिइएको थियो । सुरुमा त उनी झुक्किएर धक्का दिएको होला भन्दै अघि बढिन् । 'अघि जादै गर्दा मेरो साईडबाट आएको मोटरसाइकल मसंगसंगै हिड्यो,' उनले सुनाइन् 'अलिपर पुगेपछि एक्सिलेटर घुमाउने दाहिने हातमा झटा दिएपछि मैले कुदाउन सकिन ।'
हातमा हानेपछि मोटरसाईकल चालकलाई गाली गर्न ऊतर्फ फर्किदा घाँटीको सिक्रि समातेको उनले बताईन् । 'एक हातले मेरो सिक्रि समात्दै अर्को हातले मोटरसाईकल कुदायो,' उनले भनिन् 'मैले छोड छोड भन्दै स्कुटर उसको पछिपछि कुदाएँ ।' केहि पर पुगेपछि आफ्नो सिक्रि गलाबाट छिनेर उसको हातमा पुगेको उनले सुनाईन् ।
नम्बर प्लेट छोपिएको निलो मोरटसाइकलमा आएका लुटेराले घाँटीको सिक्रीमा हात राखेर छिनाएर लगेको उनले बताइन् । घटना लगत्तै प्रहरीको कन्ट्रोल कक्षमा खबर गरेकी थिईन् । त्यसपछि आएको प्रहरीले खोजतलास गरेपनि लुटेरालाई फेला पार्न सकेन । लैनचौरको मुख्य सडकमा नम्बर नखुलेको पल्सर मोटरसाईकलमा आएका व्यक्तिहरुले शनिबार साँझ साढे ६ बजे पैदल यात्री मीना तुलाधरले लगाएको झण्डै ७ तोलाको सिक्रि लुटेर फरार भएको प्रहरीले जनाएको छ । यस्तै एक साता अघि बालाजु क्षेत्रमा नै स्कुटरमा आएकी एक युवतीलाई ठक्कर दिएर लुटेराले उनले लगाएको सिक्रि लुटेर भागेका थिए ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले सुन लुटिनु काठमाडौको मुख्य समस्या भएको बताउँदै त्यसलाई नियन्त्रणमा लिन लागि परेको बताए । 'हाम्रो टाउको दुखाईको विषय बनेको छ,' उनले भने 'यस्ता समूहलाई नियन्त्रणमा नलिएसम्म सुन थुत्ने कम हुने देखिदैन ।' उनका अनुसार राजधानीमा ३ देखी ४ वटा यस्ता समुह छन् । जो गलत नम्बर प्लेट मोटरसाईकलमा टाँसेर सिक्रि थुत्छन् र अलि पर पुगेपछि आएर लुटा राखेको नम्बर प्लेट निकालेर हिड्छन् ।
केहि दिनअघि बालाजुमा यसरी नै लुटेर भाग्ने मध्येका एक केदारबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको केही दिनमा महानगरीय प्रहरी अपराध महाशाखाले सुन थुत्नेमा मुख्य भुमिका निर्वाह गर्ने बाबु भन्ने हेम दोर्जेलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार, दुबैजना पेशेवर लुटेरा हुन् । दोर्जे यसअघि पनि विभिन्न सुन थुत्नेका घटनामा संलग्न भएको प्रहरीको भनाई छ । यिनीहरुले कपन बाहेक कालिमाटी लगायतका अन्य क्षेत्रमा समेत लुटपाट गरेका घटना भेटिएका छन् । पछिल्लो २७ दिनमा राजधानीमा १४ जना महिलाको घाँटीमा लगाएको नम्बर नखुलेको मोटरसाईकलमा आउने र सडकमा हिंड्ने वा स्कुटर चलाउने महिलाको सिक्री लुटेर भाग्ने गरेका छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf