
पेटमा गोली लागेका पासवानको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सिराहाका प्रहरी प्रमुख एसपी पूर्णचन्द्र जोशीले जानकारी दिनु भयो ।
मोटरसाइकलमा सवार पासवानलाई नजिकैबाट गोली प्रहार भएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सिराहामा अहेब महतोको अपहरण
सिराहाको धनगढी–१ छपराडीका अहेव वीरेन्द्रकुमार महतोलाई आइतबार राति अज्ञात समूहले अपहरण गरेका छन् । घरमै रहेको पोलिक्लिनिकबाट तीन/चारजना अपरिचित व्यक्तिले अपहरण गरी लगेको पीडित परिवारले जनाएको छ ।
सिराहाको धनगढी–१ छपराडीका अहेव वीरेन्द्रकुमार महतोलाई आइतबार राति अज्ञात समूहले अपहरण गरेका छन् । घरमै रहेको पोलिक्लिनिकबाट तीन/चारजना अपरिचित व्यक्तिले अपहरण गरी लगेको पीडित परिवारले जनाएको छ ।
अपहरणमा परेको भनेर खबर गरेपछि इलाका प्रहरी कार्यालय लाहान, इलाका प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय सिराहाको गस्ती टोली घटनास्थल पुगेर रातभर खोजे पनि फेला पर्न सकेका छैन ।
इलाका प्रहरी कार्यालय लाहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले रातभर खोजी कार्य गरे पनि अहिले पनि भेटाउन नसकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो–“घरबाट सम्पर्कविहीन भएको केहीबेरमा घरमा फोन गरेर आधा घण्टामा आउँछु भनेर अहेब महतोले भनेका थिए । तर आधा घण्टामा घर पुगेनन् र हामीलाई खबर गरेपछि खोजी कार्य जारी राखेका छौँ ।”