१६ जेठ, काठमाडौं । व्यवस्थापिका संसदमा शुक्रबार रमाइलो दृश्य देखिएको छ । सत्तारुढ कांग्रेस र एमालेबीच देखिएको मतभेद मात्र देखिएन, प्रमुख विपक्षी दल एमाओवादीले पालैपालो कांग्रेस र एमालेको समर्थन पाएको छ ।
संसदको बैठक अवरुद्ध गर्ने क्रममा एमाओवादीका अध्यक्ष प्रचण्डले एजीआईजी बढुवामा पैसाको चलखेल भएको बताउँदा कांग्रेस सभासदले ड्याप ड्याप समर्थन गरेका छन् । लगतै प्रचण्डले कांग्रेस मन्त्रीहरुले जथाभावी पैसा बाँडेको आरोप लगाउँदा एमाले सभासदले पटेबलमा ड्याप ड्याप गरेर समर्थन गरेका छन् ।
संसदको यो रइमालो दृश्य देखेपछि कांग्रेस सभासद गगन थापाले ट्वीट गरेका छन्-’सदनमा बडो रमाइलो दृश्य देखियो । प्रचण्डले सरकारका केही मन्त्रीले जथाभावी पैसा बाँड्यो भन्दा सबैभन्दा जोडले ताली बजाउने एमाले सभासद, अनि प्रहरीको बढुवामा पैसाको लेनदेन भएको छ भन्दा सबैभन्दा जोडले ताली बजाउने कांग्रेस सांसद । वाह हाम्रो सरकार !!