बामदेब गौतमलाई ३ करोड दिने सर्तमा प्रतापसिंह थापालाई एआईजीमा बढुवा गर्न लागेको खुलासा
१४ जेठ ।
राजनीतिक दबाव र रकम चलखेलका कारण रोकीएको डीआईजी बढुवा अन्तत: हुने भएको छ । डीआईजीद्धय प्रतापसिंह थापा र बिरेन्द्रबाबु श्रेष्ठले ३ करोडको व्रिफकेस गृहमन्त्रीलाई बुझाएकै कारण बढुवा सूचीमा परेको स्रोतले बताएको छ । स्रोतका अनुसार गृहमन्त्री बामदेव गौतमले दुई जना डीआईजी आफ्नो भागवण्डामा पाए । सोही कोटामा मोलमोलाई मिलेपछि डीआईजीद्धयको बढुवा हुने भएको हो । सायद, महानगरीय प्रहरी परिसरमा कार्यारत एसएसपी रमेश खरेलले केही दिन पहिले यसै विषयलाई सञ्चारमाध्यामबाट उठाउने प्रयास गरेका थिए ।

व्रिफकेश बोकेर बढुवाका लागि डीआईजीहरु नेता–नेताको घरघरमा धाइरहेका छन् भन्ने एसएसपी खरेलको अभिब्यक्ति सार्वजनिक भएलगत्तै उनीमाथि कारवाही गर्न छानविन समिति नै गठन भयो । छानविन प्रक्रिया नसकिँदै एसएसपी खरेललाई प्रहरी प्रधान कार्यालय तानियो । मुलुकमा बढेको भ्रष्टाचार विरुद्ध खरेलले बोलेका यथार्थ विषय बस्तुलाई लुकाउन त्यहाँबाट उनलाई हटाइयो । प्रहरीका ठेकेदार दिपक भट्टले गृहमन्त्री गौतमलाई ३ करोड रकम दिने सर्तमा डीआईजी प्रतापसिंह थापालाई एआईजीमा बढुवा गर्न लागेको गृह स्रोतले बताएको छ । त्यसैगरी, एमाओवादीको आर्शिवादका कारण एसएसपीबाट डीआईजी बनेका विरेन्द्रबाबु श्रेष्ठले समेत ३ करोड दिने सर्तमा बढुवा पाउने भएका छन् । डीआईजी श्रेष्ठको डील अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमार्फत भएको बुझिएको छ । पछिल्लो समयमा विरेन्द्रबाबुलाई काँग्रेसका महामन्त्री एबं उपप्रधानमन्त्री प्रकाशमान सिंहले च्यापेको चर्चा छ । प्रमुख आयुक्त कार्की र गृहमन्त्री गौतमसँग निकट सम्वन्ध बनाएका प्रहरीका ठेकेदार भट्टले नेपाल प्रहरीमा हतियार, लत्ताकपडालगायतका आवश्यक सामाग्री आपूर्ति गर्दै आएका छन् । त्यसैक्रममा भट्ट र डीआईजी थापाको सम्वन्ध एकाएक नजिकिन पुगेको हो । हाल डीआईजी थापा लागूऔषध नियन्त्रण ब्यूरोमा कार्यरत छन् भने श्रेष्ठ अख्तियारमा । बरिष्ठताको आधारमा थापा ११ औं नम्बरमा पर्छन् भने श्रेष्ठ ८ औं नम्बरमा । प्रवन्ध शाखाका लामो समयसम्म बसेका डीआईजी थापासँग अकुत सम्पत्ति रहेको स्रोतको दावी छ ।