Home » » रामदेवको टाउको काटेर ल्याउनेलाई एक करोड !

रामदेवको टाउको काटेर ल्याउनेलाई एक करोड !

नयाँ दिल्ली, वैशाख २३ (एजेन्सी) : जालन्धरको होसियारपुरबाट लोकसभा चुनावमा उठेका बहुजन समाजवादी पार्टीका उम्मेदवार भगवान सिंह चौहानले बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा गरेका छन् । 
 
बाबा रामदेवले आइतबार राहुल गान्धीले गरिबको घरमा ‘पिकनिक र हनिमुन’ मनाएको अभिव्यक्ति सार्वजनिक गरेपछि यसले देशका सबै महिलाको अपमान गरेको भन्दै उनको टाउको ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा गरेका हुन् । 
 
बहुजन समाजवादी पार्टीका कार्यकर्ताहरुले होसियारपुरमा बाबा रामदेवको पुत्लासमेत जलाए ।
चौहानकाअनुसार दलित महिलाको अपमान गरेको भन्दै पार्टीका अध्यक्ष मयावतीले पनि रामदेवलाई झुन्ड्याउने माग गरेकी छिन् । 
 
रामदेवले हालै मात्र एक कार्यक्रममा गुरु गोविन्द सिंहको तस्विर भएको सोफामा बसेको तस्विर सार्वजनिक भएको थियो 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf