Home » » भृकुटी कागज कारखानाका मजदुर १० दिनदेखि धर्नामा

भृकुटी कागज कारखानाका मजदुर १० दिनदेखि धर्नामा

 २३ बैशाख, काठमाडौं । काम गरेको तलब भूत्तानी गर्न माग गर्दै भृकुटी कागज कारखानाका मजदुरहरु धर्नामा बसेका छन् । २०६७ सालदेखिको तलब भुक्तानी गर्न बाँकी रहेको र प्रशासनसँग भएका सम्झौता कार्यान्वयन नभएकाले धर्ना बस्नु परेको भृकृटी पीडित मजदुर कर्मचारी संघर्ष समितिका संयोजक दर्शन सापकोटाले बताए ।


धर्नामा २ सय ५० कर्मचारी सहभागी भएको र ३ सय ३२ जना कर्मचारकिो करिब १५ करोड रुपैयाँ रकम तलबबापत लिन बाँकी रहेको सापकोटाले बताए ।

आफूहरुले प्रशासनसँग वार्ता गरेर सहमति गरेपनि त्यसको कार्यान्वयन नगरेको सापकोटाको आरोप छ। सापकोटाले भने ‘हामीले गत साउनमा तीन महिनामा सम्पूर्ण तलब चुक्ता गर्ने सहमति गरेपनि अहिलेसम्म कार्यान्वयन भएको छैन् । हामीलाई काममा पेल्ने मात्र गरियो । सेवा सुविधा पाइएन त्यही भएर आन्दोलनमा उत्रिएका हौं । 
यो आन्दोलन माग पूरा नभएसम्म निरन्तर जारी रहनेछ ।
उनीहरु गोल्छा हाउसको मुल गुटमा धर्नामा बसेका छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf