Home » » ७२ नगरपालिका थपिए, अब देशभरि १३० नगरपालिका (सूचीसहित)

७२ नगरपालिका थपिए, अब देशभरि १३० नगरपालिका (सूचीसहित)

२५ बैशाख, काठमाडौं । सरकारले देशभर नगरपालिकाको संख्या १ सय ३० पुर्‍याएको छ । हालसम्म ५८ नगरपालिका रहेकोमा विहीबार बसेको मन्त्रिपरिषद बैठकले ७२ वटा नगरपालिकाको संख्या थपेर १ सय ३० पुर्‍याएको हो ।
बिहीबार मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले थप ७२ वटा नगरपालिका गठन र सञ्चालनको प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले जानकारी दिए ।
योजना आयोगको उपाध्यक्षमा पोखरेल
बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गोविन्द पोखरेललाई नियुक्त गरेको सञ्चारमन्त्री रिजालले जानकारी दिए । योजना आयोगका उपाध्यक्षमा नियुक्त भएका पोखरेलले यसअघि बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक थिए ।
यस्तै बैठकले मोरङको बिराटनगरमा केही हप्तादेखि फैलिएको जण्डिस र हेपाटाइटिस बी सम्बन्धी अध्ययन तथा नियन्त्रणका लागि मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।










Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf