हाम्रो गलत खानपान तथा गलत रहनसहनको कारण हामीले लो-ब्लड प्रेसर अर्थात् निम्न रक्तचापको सिकार बन्न पुग्छौं । हृदयबाट नै शरीरलाई सफा रगत सप्लाई भइरहन्छ । विभिन्न अंगहरूमा हुने रगतको प्रवाह आर्टरी -धमनी) को माध्यमले हुन्छ । रगतलाई प्रेसर दबाब दिएर सम्पूर्ण शरीरसम्म पुर्याउनको लागि हाम्रो मुटु लगातार खुम्चिने र फैलिने गर्दछ । एक मिनेट साधारणतः ६० देखि ७० पटकसम्म खुम्चिने र फैलिने गर्दछ । जब मुटु -हृदय) खुम्चिन्छ त्यसबेला रगत अधिकतम् दबाबका साथ धमनीमा पुग्छ । त्यस अवस्थाको दबाबलाई सिस्टोलिक प्रेसर भनिन्छ । जब हृदय पुनः आफ्नो स्वाभाविक अवस्थामा आउँछ, जुन दबाब न्यूनतम हुन्छ । त्यसलाई डायस्टोलिक प्रेसर भनिन्छ । त्यसरी यी दुई अवस्था हुने रक्तचापलाई
माथीको दबाबलाई सिस्टोलिक र तलको चापलाई डायस्टोलिक ब्लडप्रेसर भनिन्छ ।
ब्लडप्रेसर दिनभरि एकैनास रहँदैन । जब हामी सुतेर उठ्छौं, त्यसबेला सामान्यभन्दा कम रहन्छ । जब हामी शारीरिक मेहनत हुने कुनै काम गर्दछौं, जस्तै हिंड्नु, दगुर्नु वा टेन्सन हुनु, त्यसबेला ब्लडप्रेसर बढ्दछ । ब्लडप्रेसर -एमएमएचजी) अर्थात् मिलिमिटर्स आफै मकृरीमा नाप्ने गरिन्छ । लो ब्लडप्रेसरमा रगतको प्रवाह धेरै मन्द गतिमा हुन्छ । अर्थात् माथिल्लो रक्तचाप सामान्यबाट घटेर ९० अथवा १०० हुन गएमा तथा तलको रक्तचाप ८० बाट घटेर ६० मा रह्यो भने यस्तो अवस्थालाई निम्न रक्तचाप -लो ब्लडप्रेसर) भनिन्छ । कमजोरी, उपवास, बढी शारीरिक तथा मानसिक परिश्रम गर्नु, मानसिक आघात तथा कुनै कारणवश शरीरबाट अत्यधिक रक्तस्राव हुनु वा झाडापखाला हुनु, यस्तो अवस्था यो रोग हुन जान्छ । लो ब्लडप्रेसरमा नाडीको गति मन्द भइहाल्छ । अलिक गति शारीरिक परिश्रम गर्दा पनि रोगीलाई थकान हुन्छ । शरीर कमजोर हुनु, आलस्य, अनुत्साह, शक्ति घट्दै जानु, कुरा बिर्सिनु, टाउको दुख्नु, रिंगटा लाग्नु आदि यसका लक्षणहरू हुन्छन् ।
प्रमुख कारणहरू ः कुनै पनि समस्या चाहे शारीरिक होस् वा मानसिक । त्यसको पछाडि कुनै कारण अवश्य हुन्छ । लो ब्लड प्रेसर हुनुको कारणमा मानसिक आघात, तनाव, भय, क्रोध, शोक, दुःख, नकारात्मक सोचाई, उपवास, धेरैबेर नसुत्नु, कमजोरी धेरै रक्तस्राव हुनु, पौष्टिक आहारको कमी हुन, ठूलो रक्तधमनी -आर्टरी) मा अवरोध हुनु, मुटु सम्बन्धी समस्या हुनु, शरीरमा रहेका इन्डोक्राइन ग्लान्डस् बाइराइड, पिटूयटीटी र एडि्रनलिन जस्ता ग्रन्थीले हार्मोन्सको मात्रा कम उत्पादन गर्नु, शरीरमा पानी तथा रगतको मात्रा कम हुनु, हैजा, झाडावान्ता हुनु, क्षयरोग, एडिसन रोग तथा विभिन्न प्रकारको ज्वरो, डेंगू, मलेरिया इन्फेक्सन आदि । यस्तै अत्यधिक मोटोपन, अचानक मानसिक आघात, कुनै दरलाग्दो भयावह दृश्य देख्नु या कुनै दुखद् समाचार सुन्नाले पनि ब्लडप्रेसर लो हुन सक्छ । त्यसप्रकार हेर्ने हो भने यस रोगको कुनै एउटा कारण मात्र हुँदैन । रोग एक कारण अनेक भनेझैँ निम्न रक्तचापको कारण पनि भिन्नाभिन्न छन् । जस्तै शरीरमा लामो समयसम्म सोडियम तत्वको कमी हुनाले पनि लो ब्लडप्रेसर हुन्छ ।
लो ब्लडप्रेसरका प्रमुख लक्षणहरू निम्नलिखत छन्- अनुहार मलिन देखिनु । नाडीको चाल मन्द हुनु । निराशा या डिप्रेसन, आँखाले धमिलो देख्नु, थकान, कमजोरी, रिंगटा लाग्नु, आलस्य, मस्तिस्क अवसाद, हातखुट्टा चिसो हुनु, भुल्ने बानी, निराशा, हातखुट्टा झम्मझमाउनु, उकालो चढ्दा हृदयको गति बढ्नु, टाउको दुख्नु, जिउ दुख्नु, मुर्छापर्नु, थोरै काम गर्दा पनि स्याँ-स्याँ हुनु । चिसो तथा गर्मी सहन नसक्नु । चिडचिडापन, सानो सानो कुरामा पनि झर्को लाग्नु आदि निम्न रक्तचापका लक्षणहरू हुन् ।
के खाने
हल्का सुपाच्य पौष्टिक खाना खाने, अन्डा, दूध, बदाम, काजु, पिस्ता बदाम, छोहरा, मासू, कलेजो, चिउ, तिलको तेल खाने । खानामा नून, लसुन, चिनी, भटमास खाने । चिया, कफी खाने । फलफूलहरूमा सिजनअनुसारको फलफूलहरूको जुसको सेवन गर्ने । हरियो सागसब्जी खाने ।
के नखाने
तारेको, भुटेको, पिरो, मसलादार गरिष्ठ भोजनको सेवन नगर्ने । चिसो पेयपदार्थ, कोक, फेन्टा आदि भरसक नखाने, रक्सी, तम्बाकु, नशा लाग्ने पदार्थबाट टाढै बस्ने । भोख नलागी खाना नखाने ।
के नगर्ने
धेरैबेर एकै ठाउँमा उभिएर नबस्ने । अति सम्भाग वा अति व्यायाम नगर्ने । नुहाउँदा तातोपानीले ननुहाउने । आफ्नो क्षमताभन्दा बढी मानसिक एवं शारीरिक परिश्रम नगर्ने ।
के गर्ने
लो ब्लडप्रेसरमा अन्य सहायक उपायहरूमा निम्नलिखित कुराहरूलाई ध्यान दिई अपनाउने हो भने यसले धेरै फाइदा पुर्याउँछ उपचारको क्रममा ।
० कब्जियत हुन नदिने, ब्रत बस्ने, चिन्ता, मानसिक तनावबाट बच्ने । बिहान नियमित घुम्न जाने । हलुका व्यायाम गर्ने । सधैं शान्त र प्रसन्न चित्त रहने प्रयास गर्ने ।
बचाउ तथा उपचार
धूमपान नगर्ने, सक्रिय भई जीवनयापन गर्ने । बढी टेन्सन नलिने आदि कुराहरूलाई व्यवहारमा ल्याउन सके लो-ब्लडप्रेसरबाट बच्न सकिन्छ । होमियोप्याथी उपचारमा विभिन्न कारणले हुने ब्लडप्रेसरको कारणअनुसार रोग तथा रोगीको मानसिक एवं शारीरिक लक्षणहरूलाई मध्यनजर राखेर उपचार गरिने गरिन्छ । भिन्नाभिन्नै कारणले हुने निम्न रक्तचापको लागि बेग्लाबेग्लै औषधिहरूको प्रयोग गरिन्छ । जस्तै रक्सीडेन्ट वा अपरेसन गर्दा शरीरबाट अत्यधिक रक्तस्राव भएर लो ब्लडप्रेसर भएकोमा चाइना-३० नामक औषधि दिनमा ३ पल्ट ३-३ गोलीको दरले प्रयोग गरेमो लाभदायक मानिन्छ । यसै प्रकार कुनै प्रकारको मानसिक आघातले गर्दा हुने लो ब्लडप्रेसरमा एको नाइट-३० अथवा इग्नेसिया-३० नामक औषधि ३-३ गोली दिनमा ३ दिनपटक लिनाले लो ब्लडप्रेसर सामान्य अवस्थामा आउँछ । यस्तै वायोकेमिक औषधि कालीफोस-७ ४ गोली दिनमा ३ पल्ट लिनाले पनि निकै फाइदा गर्दछ ।
यदि प्रायः गरेर लो ब्लडप्रेसर रहन्छ भने लक्षणअनुसार आर्सेनिक एलवम-३० या जेल्सीनियम-३० । या फास्फोरिक एसिड-३० औषधिको ३-३ गोली दिनमा ३ पटक सेवन गर्नाले फायदा हुन्छ । उपरोक्त औषधिहरूको प्रयोग कुनै योग्य तथा अनुभवी चिकित्सकको परामर्श लिई गरेमा उचित हुनेछ ।
यसबाहेक अन्य उपायहरू- तातो चिया, कफीको सेवन गर्न सकिन्छ । यसबाट ब्लडप्रेसर बढ्दछ । नून चिनी पानीको झोल पनि लिन सकिन्छ । प्रतिदिन गाजरको एक गिलास जुसमा १० ग्राम मह मिसाएर खाने । यस प्रयोग ३० दिनसम्म गर्ने । यसबाट धेरै फाइदा हुन्छ । हिंगको सेवन खानामा गर्नाले पनि लो ब्लडप्रेसरमा फाइदा गर्दछ । कारण के भने हिंगको सेवनले रगतलाई जम्न दिँदैन । रक्तसञ्चारलाई ठीक राख्दछ । यस कारण निम्न रक्तचापमा हिंगको सेवन गर्नु अति लाभदायक मानिन्छ ।
योगाभ्यासमा- लो ब्लडप्रेसरमा निम्न लिखित आसन लाभदायक छ । अनुलोम-विलोम । कपालभाती । पवनमुक्त आसन गर्ने । सुतेर साइकिल चलाएजस्तो गर्नाले पनि लो ब्लडप्रेसरलाई फाइदा गर्दछ ।
Dr. Bhagwan Koirala =====================
राम्रो कुरा शेयर गरेर सबैलाई जानकारी गराउनुहोला |
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!