Home » » पत्रकार महासंघको अध्यक्षमा विष्ट निर्वाचित

पत्रकार महासंघको अध्यक्षमा विष्ट निर्वाचित



mahendraलमजुङ, वैशाख २२ - नेपाल पत्रकार महासंघको अध्यक्षमा महेन्द्र विष्ट निर्वाचित भएका छन् ।
काठमाडौंमा दुई दिनसम्म चलेको महाधिवेशनले विष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रेस चौतारीसम्बद्ध विष्टले प्रेस युनियनका उम्मेदवार पोषण केसीलाई ८० मत अन्तरले पराजित गरेका हुन् । नतिजाको घोषणा भने हुन बाँकी छ ।
महासंघको खुला उपाध्यक्षमा खिलबहादुर भण्डारी, समावेशी उपाध्यक्षमा अनिता विन्दु, महासचिवमा उजिर मगर, खुला सचिवमा प्रभात चलाउने, समावेशी सचिवमा धर्मेन्द्र कर्ण, महिला सचिवमा संगीता खड्का, एसोसिएट सचिवमा ध्रुव लम्साल र कोषाध्यक्षमा सूर्यमणि गौतमल निर्वाचित भए ।
समावेशी उपाध्यक्ष अनिताबाहेक सवै विष्ट प्यानलका विजयी भएका हुन् । क्षेत्रीय सदस्य, खुला सदस्य, महिला, आदिवासी/जनजाति, अल्पसंख्यक, मधेसी, दलित केन्द्रीय सदस्यमा पनि अधिकांश विष्ट प्यानलकै विजयी भए ।
केन्द्रीय समितिमा प्यानलकै दबदबा
एमालेसम्बद्ध प्रेस चौतारीले तीन वामपन्थी संगठन एमाओवादीसम्बद्ध क्रान्तिकारी पत्रकार संघ, नेकपा-माओवादीसम्बद्ध क्रान्तिकारी पत्रकार महासंघ र जनमोर्चा निकट प्रगतिशिल पत्रकार संघसहित संयुक्त प्यानल बनाएको थियो ।
पत्रकार महासंघमा कांग्रेससम्बद्ध नेपाल प्रेस युनियनभन्दा बलियो रहेको चौतारीले तीन साना समूहलाई पनि एकीकृत गरेर प्यानल निर्माण गरेपछि विजय सहज भएको हो । चारवटै संगठनले प्यानललाई मत दिन कडा हृविप जारी गरेका थिए ।
२३ औं महाधिवेशनमा पनि प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघको संयुक्त प्यानलले पहिलोपटक वामपन्थी नेतृत्व स्थापित गरेको थियो । शिव गाउँले नेतृत्वको कार्यसमितिले निर्माण गरेको भव्य कार्यालय भवन, महासंघको निजी सवारीलगायतका उपलब्धीलाई चौतारीले पाँच दसकपछिको सफलता मानेको छ ।
निर्वाचित सदस्य तथा मत
पूर्वाञ्चल
गणेश पोखरेल- १०१ (निर्वाचित)
गणेश लम्साल- ८० (निर्वाचित)
मध्यमाञ्चल
शितल महतो- १०३ (निर्वाचित)
चिरञ्जीवी मास्के- ९२ (निर्वाचित)
पश्चिमाञ्चल
हरिनारायण गौतम- ११९ (निर्वाचित)
रुद्र भट्ट- १०८ (निर्वाचित)
मध्यपश्चिमाञ्चल
झलक गैरे- १२२ (निर्वाचित)
अजयदीप शर्मा- ९२ (निर्वाचित)
सुदूरपश्चिमाञ्चल
प्रकाशविक्रम शाह- ५४ (निर्वाचित)
खगेन्द्र पन्त- ५२ (निर्वाचित)
उपत्यका
ईश्वरी वाग्ले- ८७ (निर्वाचित)
रामहरि सिलवाल- ७७ (निर्वाचित)
प्रतिष्ठान
सुरज आचार्य- १४२ (निर्वाचित)
रोशन पुरी- ११७ (निर्वाचित)
कर्णाली
नवराज महतारा- २७ (निर्वाचित)
एसोसिएट
प्रकाश तिमल्सिना- ४७ (निर्वाचित)
प्रदीप न्यौपाने- ४० (निर्वाचित)
(अन्य पदाधिकारी तथा सदस्यको परिणाम घोषणा हुन बाँकी )

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf