राजधानीको सडक हो कि रोपाइँ गर्ने खेत ? (फोटोफिचर)

काठमाडौं, २२ वैशाख (ओएनएस) : हुन त काठमाडौं नेपालको राजधानी हो । तर यहाँका सडकहरु हेर्ने हो भने राजधानी जस्तो लाग्दैन ।
पानी आउँदा हिलाम्य अनि घाम लाग्दा धुलाम्य हुन्छन् काठमाडौंमा अधिकांश सडक ।
प्रि–मनसुन सुरु भएसँगै काठमाडौंका सडक हिलाम्य भएका छन् । जसका कारण पैदल हिँड्नेहरुलाई निक्कै सास्ती बेहोर्नु परेको छ ।
पानी परिरहेको बेला काठमाडौंका केही स्थानहरुमा खिचिएका तस्बिरहरु हेर्दा लाग्छ, यी सडक होइनन्, रोपाइँको लागि ठिक्क पारिएका खेत हुन् ।
तस्बिर : अशोक केडी






