सिन्धुली, वैशाख २२ - बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-१० कर्करेमा सोमबार बिहान भएको बस दर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको छ । ३२ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट सिन्धुलीको चकमके आउदै गरेको बा २ ख ६६०६ नम्बरको रात्रीबस कर्करेमा दुर्घटना भएको थियो । बस कर्करेको पुलबाट खसेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा आम्बोट गाविस-९ घर भएका बस चालक उद्धव पुलामी मगर, सोही गाविस-६ का चित्रबहादुर पुलामी, लाम्पान्टार-६ की सुकुमाया तामाङ्ग, कनपा-७ गडौलीकी जमुना कार्की छन् । एकजना पुरुषको सनाखत हुन सकेको छैन ।
घाइतेमध्ये जिल्ला अस्पतालमा उपचार हुन नसकेका ११ जनालाई काडमाडौं लगिएको छ । अन्यको बर्दिबास, लालगढ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण तीव्र गति हुने सक्ने अनुमान गरिएको प्रह नायब उपरीक्षक नरेन्द्रराज उप्रेतीले बताए ।