Home » » अमेरिकामा बस्दै आएका केही नेपाली युवाले धुर्मुशको एउटै सिरियलमा ६ वटा सफल भूमिकाको आधारमा गिनिज बुकमा लेखाउने प्रयास गरेका छन् ।

अमेरिकामा बस्दै आएका केही नेपाली युवाले धुर्मुशको एउटै सिरियलमा ६ वटा सफल भूमिकाको आधारमा गिनिज बुकमा लेखाउने प्रयास गरेका छन् ।



काठमाण्डु – फरक भूमिकामा एकपछि अर्को चर्चा बटुल्दै आएका सिताराम कट्टेल जिन्दगीको सुनौलो संघारमा पुगेका छन् ।
मेरी बास्सैमा ‘धुर्मुश’ले परिचित कट्टेलको अभिनयले भाग्य चम्केका बेला अर्को सुखद खवर सुन्नमा आएको छ । एउटै सिरियलमा आधा दर्जन भन्दा धेरै पात्रको भूमिकामा देखिनु र सफल रहनु धुर्मुशका लागि निक्कै ठूलो उपलव्धी बन्दैछ ।
अभिनयले दाम र नाम जोडेका धुर्मुशको अहिले विश्व बजारमा खोजी र चर्चा भएको छ । एउटै हास्यश्रृंखलमा ६ वटा भूमिका नियमित देखिएका धुर्मुशको नयाँ रेकर्ड हो ।
यो रेकर्ड उनको निजी जिन्दगीसँग मात्रै जोडिने छैन अव ।
उनको यो कलाको गिनिज बुकमा लेखाउने तयारी भइरहेको छ । यसको पहल गरेका छन अमेरिकामा रहेका धुर्मुशका समर्थकले ।
अमेरिकामा बस्दै आएका केही नेपाली युवाले धुर्मुशको एउटै सिरियलमा ६ वटा सफल भूमिकाको आधारमा गिनिज बुकमा लेखाउने प्रयास गरेका छन् ।
सिताराम कट्टेलले नेपाली कलालाई भने ‘ मेरो सुरुका सिरियलदेखि अहिलेसम्म हेर्दै आएका केही समर्थकले यो कुरा मलाई पनि सुनाए , गिनिज बुकमा लेखाउने आधार भनेको मेरी बास्सैका ६ वटा भूमिका नै हो । ’
कट्टेललाई बारम्बार फोन र एसएमएस गरेर गिनिज बुकबारे पहल गर्न उनीहरुले भन्दै आएको समेत सुनाए ।
मेरी बास्सैमा मात्रै उनले धुर्मुश, मुस्कान पासा, खड्काजी, वडाध्यक्ष, आइते, खडानन्द गुरु, भुतेश्वर बावाको भूमिकालाई लिएर रेकर्ड राख्ने तयारी भएको हो ।
कट्टेलले भने ‘मलाई यो कुराको त्यति ज्ञान त छैन तर उनीहरुले यी सवै पात्रमा प्रयोग भएका कपडालगायतका सामाग्री जतनले राख्न भनेका छन् ।’
सिताराम अहिलेसम्म २८ वटा भूमिकामा देखिएका छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf