लमजुङ्, वैशाख २० । पुर्व युवराज्ञी हिमानी शाहले आफू सधै सामाज सेवामा समर्पित हुने बताएकी छिन् । हिमानी ट्रष्टले आफ्नैे कार्यालयमा गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै उनले ट्रष्टले दुर्गम क्षेत्रसम्म सेवा पुर्याउने बताइन् । राजधानीमा रगत अभाव परेकोले रक्तदान कार्यक्रम आयोजना गरिएको भन्दै उनले रक्तदान गर्न सबैसंग आग्रह गरिन । उनले रक्तदान
गर्दा शरीर स्वस्थ्य हुने र बिभिन्न खाले रोगबाट पनि बच्न सकिने बताइन् ।
