काठमाडौं, वैशाख २९ - संविधानसभा नियमावलीले बैठक अवधिभर मोवाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
तर केही यस्ता सभासद छन्, जो बैठक सुरु हुने बित्तिकैदेखि मोवाइलमा फेसबुकमा चलाउन थालिहाल्छन् ।
न त उनीहरुलाई के विषयमा छलफल भइरहेको छ भन्ने थाहा हुन्छ, न त बोल्ने पालो आउँदा के बोल्ने भन्ने नै जानकारी ।
संविधानसभाको संविधान मस्यौदा समितिले सोमबार तीनजना विज्ञलाई समितिमा बोलाएको थियो । ती विज्ञहरुले अब मस्यौदा लेखनको काम सुरु भएपछि सभासद्ले के के कुरामा ध्यान दिनुपर्छ भनेर महत्वपूर्ण विषयमा आफ्ना ज्ञान र अनुभव बताइरहेका थिए ।
तर स्कूलमा पढ्न जाँगर नगर्ने विद्यार्थी पछाडि बेञ्चमा बसेजस्तै नेपाली कांग्रेसका तीनजना सभासद् सबैभन्दा पछिल्लो कुर्सीमा ढसमस्स बसे । अनि झण्डै ४ घण्टाको बैठक अवधिभर आधा भन्दा बढी समय मोवाइलमा फेसबुक नै चलाएर दंग परे । संविधानसभासभा सचिवालयले संविधानसभा भवन नयाँ बानेश्वर र सिंहदरवारमा फ्रि वाईफाईको व्यवस्था गरेको छ । सित्तैमा वाईफाई चल्ने भएपछि गतिलो मोवाइलमा फेसबुक र ट्वीटर चल्ने नै भयो । त्यसैले वैठकमा गम्भीर छलफल भैरहँदा केही सभासद फेसबुक र ट्वीटरमा झुम्मिन्छन् । कोही चाहिँ मोबाइलमै गेम खेलेर आनन्द लिन्छन् । सभासद्ले बैठक अवधिमा के के गर्न हुन्छ र के के गर्न हुँदैन भनेर संविधानसभा नियमावलीले स्पष्ट व्यवस्था गरेको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले पनि बैठकमा पटकपटक ध्यानाकर्षण गराउनुभएको छ । अनि फेसबुक चलाउँदा ध्यान सबै त्यतैतिर केन्द्रित हुने भएकाले त्यसो नगर्न संसद सचिवालयले आग्रह पनि गरेको छ । तर फेसबुक चलाउने लत भएका सभासदले आग्रह अटेर गर्दै आएका छन् । त्यसो त सभासद्ले गरिरहेको आचरण अनुगमनका लागि समिति गठनको व्यवस्था पनि नियमावलीले गरेको छ । जसमा पदेन सभापतिमा संविधानसभाका अध्यक्ष, उपसभापतिमा उपाध्यक्ष, संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेताले छनौट गरेका सदस्यमध्येबाट अध्यक्षद्वारा मनोनित बढीमा ३३ जना सदस्य र संविधानसभाका महासचिव सचिव रहने व्यवस्था छ । जसले आचारसंहिताको उल्लंघन गरेको भनी सार्वजनिक रुपमा उठेका प्रश्न वा कसैले समिति समक्ष दिएको सूचनाको आधारमा आवश्यक छानबिनको काम प्रारम्भ गर्ने, आचरणका सम्बन्धमा उठेका प्रश्नहरुको सम्बन्धमा सम्बन्धित सदस्य तथा अन्य व्यक्तिहरुसँग आवश्यक जानकारी लिने, आचरणका सम्बन्धमा प्रश्न उठाउने व्यक्ति, संस्था वा सञ्चार माध्यमसँगआवश्यक जानकारी लिने, सदस्यहरुको आचरणका सम्बन्धमा उठेका प्रश्नहरुको विषयमा छानविन गर्दा संकलित तथ्यबाट सम्बन्धित सदस्यले आचरणको उल्लंघन गरेको देखिन्छ वा देखिँदैन भन्ने सम्बन्धमा स्पष्ट निर्णय गरी त्यसकोको प्रतिवेदन सभामा पेश गर्ने व्यवस्था नियमावलीले गरेको छ । तर सचिवालयका अनुसार यसपटक अहिलेसम्म त्यसतो उजुरी पनि परेको छैन र कारवाही पनि भएको छैन ।
आफ्नो बेइजत आफै
समितिको सोमबारकै बैठकको कुरा गर्दा बोलाइएका तीनजना विज्ञलाई सभासद्ले अनावश्यक प्रश्न सोधिरहे । ‘समितिको कार्यक्षेत्र के हो ? हामीलाई असहमतीका बुँदामा छलफल पनि गर्ने अधिकार पनि छ कि खाली सहमती भएर आएको विषयमा मस्यौदा तयार गर्ने मात्र ? विज्ञ मित्रहरुले यसबारेमा स्पष्ट पारिदिन परयो ।’ जुन प्रश्न समितिमा विज्ञको रुपमा आमन्त्रितलाई सोध्ने विषय होइन । बैठकमा धेरै सभासद्ले यस्तै प्रश्न निरन्तर दोहोर्याइरहे पछि एमाले सभासद् भानुभक्त ढकालले भन्नुभयो, ‘विज्ञहरुलाई प्रश्नभन्दा पनि सभापतिलाई मेरो सुझाव छ, हामीले के के गर्न पाउने र के गर्न नपाउने नियमावलीमै भएको व्यवस्था हो, न कि विज्ञहरुलाई सोध्ने । त्यसैले माननीय सभापतिज्यू, कमसेकम हामी सभासदलाई यतिसम्म त जानकारी होस् कि हामीले आफ्नो बेइजत आफैं नगरौं ।’