Home » » मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै पतिले जिउँदै जलाएपछि…

मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै पतिले जिउँदै जलाएपछि…

dahejबाँके, २३ वैशाख । मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै बाँकेकी एक गर्भवती महिलालाई उनकै पतिले जलाएर मार्ने प्रयास गरेका छन् । शरीरको तल्लो भाग पुरै जलेकी लक्ष्मणपुर ८ मियापुरवाकी रिहाना सेख ढफालीलाई दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पुर्‍याएर घटना गुपचुप पारिएको थियो।
चैत ३ को घटना डेढ महिनापछि आइतबार मात्र सार्वजनिक भएको छ। रिहानाको कम्मरमुनिको भाग पूरै जलेको छ । तल्लो भाग चल्दैन। घाउ पाकेर पिप र रगत बग्न थालेको छ । उनलाई सोमबार विभिन्न संघसंस्थाको सहयोगमा उपचारका लागि काठमाडौं पठाइएको छ ।
छोरी भेट्न बहराइच पुगेका रिहानाका पिता हिरमिनिया  ८ अपहरपुरवाका मोहम्मद समिम सेख ढपालीले वैशाख ८ गते नै गम्भीर घाइते छोरीलाई नेपालगञ्ज ल्याएर भेरी अञ्चल अस्पताल भर्ना गरेका थिए ।
उपचारमा आर्थिक अभाव भएपछि उनले आइतबार इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्जमा सहयोगको याचना मागेका थिए। त्यसपछि मात्र घटना सार्वजनिक भएको हो ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf