Home » » प्रेम प्रस्ताव राख्दै हमालले यसरी सार्वजनिक गरे प्रेमिका

प्रेम प्रस्ताव राख्दै हमालले यसरी सार्वजनिक गरे प्रेमिका

राजेश हमालले पहिलो पटक प्रेमिका सार्वजनिक गर्ने कार्यक्रम भएकाले पनि शंकर होटलको माहोल केही तातिएको थियो । हमालले प्रेमिकालाई कसरी सार्वजनिक गर्छन्, आखिर उनको विशेष कार्यक्रम कस्तो रहला भन्ने कौतुहलता सबैमा हुनु स्वभाविक नै हो । करिब आधा घन्टा भन्दा ज्यादा कुराएपछि बल्ल पत्रकारहरुलाई हमाल भएको कोठामा प्रवेश दिइयो ।


नायक राजेश हमालकी प्रेमिकाको तस्बिर सार्वजनिक भएपनि पहिलो पटक मिडियाले उनको आधिकारीक तस्बिर खिच्ने अवसर पाएको थियो । शंकर होटलको एक कोठामा पत्रकारलाई प्रवेश दिएलगतै, माहोल निक्कै आकर्षक देखियो । विचमा राखिएको हमालको आमावुवाको तस्बिर, फूलैफुलको सौन्दर्यता, वाइन पिउँदै गरेका हमाल दम्पत्ती साच्चिकै माहोल आकर्षक थियो । वुझ्दै जाँदा थाहा भयो नायक राजेश हमालले नै यो माहोलको डिजाइन गरेका रहेछन् । मधु मौन थिइन्, हमाल केही लजालु देखिए । हमालले मधुलाई आफ्नी आमाले दिएको नेकलेस लगाइदिए । हातमा पनि आमाले बुहारीका लागि दिएको उपहार हमालले मधुलाई लगाइदिए । साच्चै यो माहोल निक्कै लोभलाग्दो थियो ।

हमालले मधुलाई नेकलेस पहिराउँदै गर्दा गायक राजेशपायल राइले ‘द युगदेखी युगसम्म’ सिनेमाको ‘न कुनै बन्धन’ बोलको गीत गाए । साथमा छेउमै हार्मोनियम पनि बज्यो । सांगीतक माहोलमा हमालले मधुलाई भिन्न तबरले प्रेम प्रस्ताव राखेका थिए । राजेशले मधुसँग बिहे गर्ने मिति तय नभैसकेको जानकारी दिए । करिब ९ बर्ष अघि हमाल र मधुको भेट भएको रहेछ । हायात होटलमा एक कार्यक्रमको सिलसिलामा मधु र हमालको भेट भएको थियो । हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिए । मधुले पनि केही दिनमै हमाललाई फोन गरिन् । यसपश्चात सुरु भएको थियो, दुई जनाको प्रेमको यात्रा । कार्यक्रममा मधुले भने केही पनि बोलिनन् । हमालले पनि मधुसँग भेट भएको दिन आफूहरुका लागि शुभ हुने बताए । मे २८ मा हमाल र मधुको भेट भएको रहेछ ।

यसैले उनीहरुले यो दिनमा रिसेप्सन राखेका हुन् । बिहे जेठ ९ या १० गते हुनसक्छ, हमालले केही खुलाउँदै भने । बिहेमा आफ्ना रगतका नाता भएकाहरुलाई मात्र बोलाउने योजना राजेशको छ । मधु थोरै लजाइन् । पत्रकारले प्रेमलाई उमेरको अन्तरले पनि नछेक्ने रहेछ हैन भनेर सोधेको प्रश्नमा हमालले भने, ‘राजेश हमाल पनि कहिले बुढो हुन्छ र ?’ आजबाट बल्ल आफूले मधुको बारेमा बोल्ने अधिकार पाएको हमालको भनाई थियो । हमालको बोल्ने अधिकार छ हैन भन्ने प्रश्नमा मधुले टाउको हल्लाउँदै स्विकृती दिइन् । मे २८ मा रिसेप्सन दिएलगतै हमाल १५ दिनका लागि मधुलाई छोडेर अष्ट्रेलिया जाँदैछन् । हनिमुन यसपश्चात मात्र, राजेशले भने । हमालले आजको दिनमा आफ्ना मातापितालाई सबैभन्दा धेरै मिस गरेको बताए । यो भनिरहदा उनी केही भावुक बनेका थिए ।
 राजेशले मधुलाई आज औपचारिक रुपमा प्रेम प्रस्ताव राखेका हुन् । हमालको प्रस्तावलाई मधुले टाउको मात्र हल्लाएर स्विकृती दिइन् । नेपाली सिनेमाका सुपरस्टार नायक राजेश हमालले प्रेममा परेको करिब ९ बर्षपछि पहिलो पटक प्रेमिका सार्वजनिक गरेका हुन् । यो क्षण साच्चिकै उनी र उनका फ्यानहरुका लागि सुखद छ 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf