
फेसियल के हो ?
फेसियल भनेको स्किन मेन्टेन गर्नु हो। रिंकल कन्ट्रोल, दाग कन्ट्रोल गर्न अपनाइने प्रक्रिया हो।
फेसियल कुन उमेरदेखि गर्नुपर्छ ?
१८ वर्षदेखि फेसियल गर्नु उपयुक्त हुन्छ। १३ देखि १६ वर्षकाहरूलाई फेसियल गराउने रहर भयो भने घरमै फलफूलको रसको घोल बनाई गालामा १,२,३-१,२,३ इन-आउट गरेर लगाउनुपर्छ।
फेसियल गर्नु कत्तिको जरुरी छ ?
प्लस १८ देखि २५ सम्मका युवतीरूका लागि फ्रुट वा चकलेटले मात्र फेसियल गर्नुपर्छ। उनीहरूको कोमल छालामा कुनै केमिकल प्रयोग गर्नु हुँदैन। प्लस २५ देखि एज कन्ट्रोल, दाग कन्ट्रोलका लागि समेत फेसियल गरिने भएकाले एज कन्ट्रोलमा एन्टी पोलुसन तथा फ्रुट मिक्स गरेर गोल्ड फेसियल गर्नुपर्छ।
तैलीय छालाका लागि कस्तो फेसियल उपयुक्त हुन्छ ?
तैलीय छाला भएकाहरूले मोस्चराइजर छुनु पनि हुँदैन। फेसियलमा प्रयोग हुने प्रोडक्ट जेल नै हुनुपर्छ। जेलमा फ्रुटको झोल मिक्स गरेर फेसियल गर्नु उपयुक्त हुन्छ।
फेसियलमा स्टिम दिनु कत्तिको आवश्यक छ ?
नेपालमा अहिले पनि कतिपय पार्लरमा फेसियल गराउँदा स्टिम दिने चलन छ तर त्यो एकदम गलत हो। फेसियल गर्दा कुनै हालतमा पनि स्टिम दिनु हुँदैन। डन्डिफोर वा कुनै दाग छ भने फुटाउनलाई मात्र स्टिम दिनुपर्छ।
घरमा पनि फेसियल गर्न सकिन्छ ?
पार्लरमा गएर फेसियल गराउने समय छैन भने घरमै विभिन्न फलफूलको रस निकालेर बेसन पाउडरमा मिक्स गरी प्याक लगाउन सकिन्छ। त्यसपछि छाला सुख्खा छ भने मोस्चराइजर वा तैलीय छ भने जेल प्रयोग गर्नुपर्छ।