Home » » मूल्यवृद्धि भन्दा तलबवृद्धि उच्च रहेको राष्ट बैंकको रिपोर्ट

मूल्यवृद्धि भन्दा तलबवृद्धि उच्च रहेको राष्ट बैंकको रिपोर्ट

nepal_moneyत्यसैगरी गत वर्षको चैतमा ४.४ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको मदिराजन्य पदार्थ उप-समूह र तरकारी उप-समूहको मूल्य अवधिमा क्रमशः २२.५ प्रतिशत र २१.५ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा फलफूल उप-समूह र मासु तथा माछा उप-समूहको विन्दुगत मूल्य सूचकाङ्क क्रमशः १७.० प्रतिशत र १३.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ५.४ प्रतिशत र १६.२ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा १०.८ प्रतिशतले बढेको चिनी तथा मिठाई उप-समूहको मूल्य सूचकाङ्क भने समीक्षा अवधिमा २.१ प्रतिशतले घटेको छ ।


Rastra-bank-300x225
नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिमा मुल्यवृद्धि भन्दा तलबवृद्धि निकै बढी भएको उल्लेख तथ्यांक सार्वजानिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म गत वर्षको यसै अवधिको भन्दा ९.४ प्रतिशतले मुल्य बढेको छ भने तलव तथा ज्यालाको १६.३ प्रतिशतले बढेको छ । गत वर्षको चैत मसान्तमा ९.५ प्रतिशतले मुल्य बढेको थियो भने ७.३ प्रतिशतले तलब तथा ज्याला बढेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा चैत मसान्तसम्ममा तलब २६.४ प्रतिशतले बढेको छ भने १४.१ प्रतिशतले ज्याला बढेको छ । गत वर्षको यसै अवधिमा तलब बढेको थिएन भने ज्यालादर भने ९.१ प्रतिशतले बढेको थियो ।
चैत मसान्तसम्ममा तलब अन्तर्गत बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलब ४७.७ प्रतिशतले, सैनिक तथा प्रहरी सेवा ३४.५ प्रतिशतले र निजामती कर्मचारीको तलब ३१.३ प्रतिशतले बढेको छ । त्यसैगरी उद्योगधन्धामा काम गर्ने मजदुरको तलब २४.२८ प्रतिशत, कृषि मजदुरको १०.प्रतिशत र निर्माण मजदुरको ९.६ प्रतिशतले बढेको छ ।
 राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म खाद्य तथा पेय पद्धार्थको मूल्य १२.३ प्रतिशतले बढेको छ । त्यसैगरी गैर-खाद्य तथा सेवा समूहको मूल्य ७ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा खाद्य तथा पेय पद्धार्थको १०.३ प्रतिशत र गैर-खाद्य पद्धार्थको ८.७ प्रतिशतले मुल्य बढेको थियो । समिक्षा अवधिमा सुर्तीजन्य पदार्थ उप-समूहको मूल्य सूचकाङ्कको वृद्धिदर सवैभन्दा बढी अर्थात २५.३ प्रतिशतले बढेको छ । गत वर्षको यसै यो उप-समूहको मूल्य ११.४ प्रतिशतले बढेको थियो ।
 समीक्षा अवधिमा गैर-खाद्य तथा सेवा समूहका वस्तुहरुमध्ये लत्ता कपडा तथा जुत्ता-चप्पल उप-समूहको मूल्य सूचकाङ्क सबै भन्दा बढी अर्थात ११.० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उप-समूहको मूल्य सूचकाङ्कमा १०.० प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, समीक्षा अवधिमा फर्निसिङ्ग तथा घरायसी उपकरण उप-समूहको मूल्य सूचकाङ्कमा ९.२ प्रतिशतले वृद्धि भएको छ भने स्वास्थ्य उप-समूह तथा मनोरञ्जन तथा संस्कृति उप-समूहमा ८.३ प्रतिशतको समान दरको वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा फर्निसिङ्ग तथा घरायसी उपकरण उप-समूहको मूल्य सूचकाङ्कमा १२.१ प्रतिशतले वृद्धि भएको थियो भने स्वास्थ्य उप-समूह तथा मनोरञ्जन तथा संस्कृति उप-समूहमा क्रमशः ५.४ प्रतिशत र ५.८ प्रतिशतको वृद्धि भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा शिक्षा उप-समूहको मूल्य सूचकाङ्क ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उल्लिखित उप-समूहको मूल्य सूचकाङ्कमा १२.५ प्रतिशतले वृद्धि भएको थियो ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf