
भारतमा भारतीय जनता पार्टी (भाजपा) ले एक्लै बहुमत ल्याएको छ ।
शुक्रबार भएको मतगणनामा भाजपाले बहुमत सरकारका लागि आवश्यक २७३ भन्दा बढी सिट जितेको हो । भाजपाले अहिलेसम्म २७५ सिटमा जित हासिल गरिसकेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३२३ सिटमा जितेको छ । अन्य १६ स्थानमा पनि भाजपाले अग्रता लिएको छ ।
सत्तारुढ काँग्रेस लज्जास्पद हार व्यहोरेको छ । अहिलेसम्म काँग्रेसले ४२ सिटमात्र जितेको छ । २ सिटमा मात्र अग्रता लिएको छ । काँग्रेस नेतृत्वको युपीए गठबन्धनले ५४ सिट जितेको छ । काँग्रेस गठबन्धनमा रहेको लालू यादवको पार्टीले तीन सिट जितेको छ ।