
९ जेठ, काठमाडौं । विरामीको नक्कली भाई बनाएर मिर्गौला झिक्न त्रिवि शिक्षण अस्पताल महारजगँजको अपरेसन थिएटरसम्म पु¥याइएका काभ्रे बाँसबारीका २० वर्षीय रमेश सुनार मिर्गौला जोगाउन सफल भएका छन् । सुनारलाई एउटा मिर्गौलाको तीन लाख रुपैयाँ दिने भन्दै कञ्चनपुर दैजीकी विरामी मानवती बोहोरा जागरीकी नक्कली भाई बनाएर अस्पतालसम्म पु¥याइएको थियो ।
अपरेसन थिएटरभित्र सुताएर मिर्गौला झिक्न ठिक्क परेपछि सुनारका मनमा चिसो पस्यो । त्यसमाथि चिकित्सकले “कलिलै उमेरमा मिर्गौला दान गर्दा पहिलाको जस्तो राम्रो स्वास्थ्य हुँदैन नि” भने पछि सुतेको ओछ्यानबाट जुरुक्क उठे । चिकित्सकले समस्या बताएपछि उनी आत्तिएर मिर्गौला नदिने निर्णयमा पुगे । त्यसपछि उनले आफू मानवतीको भाइ नभएको वास्तविक पनि बताए ।
सुनारले “मलाई झुक्याएर अस्पताल ल्याइयो । म उहाँको आफ्नै भाइ होईन” भनेपछि चिकित्सकले अपरेसन रोकेर प्रहरी बोलाएका थिए । त्यसपछि महाराजगँजका प्रमुख डिएसपी सानुराम भट्टराई अस्पताल पुगेका थिए ।
चिकित्सकको सबै कुरा सुनेपछि प्रहरीले मिर्गौला बिक्रि गर्ने गीरोह पक्राउ गर्ने योजना बनाएको थियो । सुनारलाई मिर्गौला बिक्रि गर्न उक्साउनेमा उनकै गाउँका प्रकाश तामाङ मुख्य थिए । शैथ्यामा सुताइएका सुनारलाई भेट्न आफन्त बोलाउँदा प्रकाश पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रकाशको टोलीले “काम सकियो” भन्दै सुन्धारास्थित निपोन गेष्टहाउसमा भोजसमेत आयोजना गरेको थियो । प्रहरीले भोजबाटै काभ्रे फुलबारीका अमिर तामाङ, विनोद मिजार, काभ्रे सानेचौरका विक्रम परियार, पाँचखालका हरि परियार, बालवाका सागर मिजार दोलखा जफेकी सरस्वती श्रेष्ठ, धादिङ सल्यानकोटका राजु खड्का, काठमाडौंका रञ्जित महर्जन र कञ्चनपुर दैजिका गोरसिंह जागरीलाई पनि पक्राउ रगेको छ ।
डिएसपी भट्टराईका अनुसार यो गिरोहले २०६९ सालमा सुनारको अर्को नागरिकता बनाइदिएका थिए । प्रहरीले बरामद गरेको नागरिकतामा उनको नाम प्रेम बोहरा रहेको पनि आजको अन्नपूर्णले लेखेको छ ।
यहि गिरोहले चितवनस्थित पोखरा बसपार्ककी १६ वर्षीया पुजा राईको समेत मिर्गौला झिक्ने योजना बनाएको प्रहरीले पत्ता लगाएको छ । राईलाई काठमाडौं ल्याएर गेष्टहाउस र सरस्वतीको डेरामा राखिएको थियो । यो गिरोहले पुजाको मिर्गौला बित्रिल गर्न ग्राहक खोज्न थालेको सूचना पाएपछि प्रहरी आफै ग्राहक बनेर उनीहरु सम्म पुगेको थियो ।मानवती पक्राउ परेका गौरसिंह जागरीकी पत्नी हुन् । गौरसिंह मानवतीका दुवै मिर्गौला फर्ने योजनामा थिए । उनले प्रहरीलाई दिइएको बयान अनुसार राधानीस्थित एक अस्पतालमा डाइलासिस गर्ने क्रममा विक्रम परियार भन्ने व्यक्ति सम्पर्कमा आएका थिए । त्यसपछि विक्रम रप्रकाससहित गिरोहले पैसा दिने प्रलोभनामा मिर्गौला बेच्न सुनारलाई सुधmाएको थियो । सुनार पुजालाई भने आफन्तको जिम्मा लगाईको छ ।