Home » » पाल्पा को रिडीमा २० करोडको लागतमा तीनमुखे झोलुङे पुल !!!

पाल्पा को रिडीमा २० करोडको लागतमा तीनमुखे झोलुङे पुल !!!



युबराज लामा  पाल्पा (करुवा)दुई मुखे पुल त हामी सबैले देखेकै/तरेकै छौं। तर रिडीमा तीनमुखे झोलुङ्गे पुल बन्दैछ। कस्तो होला यो तीनमुखे पुलअझ १५ देखि २० करोड खर्चेर नेपालमै पहिलो पटक बन्न लागेको पुलले हाम्रो भेगमा कस्तो तरंग ल्याउला भन्ने चासो अब पक्कै बढ्ने छ।
 पाल्पागुल्मी र स्याङ्जा तीनवटै जिल्लालाई छुने यो तीनमुखे पुललाई ब्रिज ९द्यचष्मनभ० नभन्नु होला। यसलाई त टि्रज ९त्चष्मनभ० पो भन्दो रैछ। पाल्पागुल्मी र स्याङ्जाको संगम रिडीमा तीनमुखे झोलुङ्गे पुल बन्ने भएपछि यसले यो क्षेत्रको पर्यटकीय संभावना र धार्मिक क्षेत्र रिडीको महत्वलाई अझ फैलाउने पक्का छ। यो पुलमा बीचमा खम्बा रहन्छ र तीनतर्फ हाँगा फैलन्छ। पाल्पाको मुखबाट पसेपछि बीचमा दोबाटो आउँछ तपाईं स्याङ्जा तर्फको बाटो लाग्ने या गुल्मी तर्फ लाग्नेे तय गर्नुहुनेछ। यस्तो पुल बनाउनका लागि वातावरण बनाउन मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीअहिलेका मुख्य सचिव लिलामणी पौडेलपूर्व मुख्य सचिव माधव घिमिरेयो क्षेत्रका सचिवहरु लगायतको योगदान रहेको बुझिएको छ।
  अहिलेसम्म नेपालमा तीनपाखे (मुखे) यस्तो पुल निर्माण भएकै छैन। रिडीमा बन्न लागेको यो पुललाई राष्ट्रिय महत्वको मानिएको छ। पुल स्थानीय पूर्वाधार तथा कृषि सडक विभागले निर्माण गर्न लागेको हो। विभागका महानिर्देशक भीमप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार सो पुल ६ सय मिटर लामो हुनेछ। चानचुन तीनवर्षमा निर्माण सक्ने योजना रहेको पुलका लागि बोलपत्र आÞवान समेत भैसकेको छ।
 ‘बोलपत्र प्रकाशित भएको पनि ३५ दिन भैसक्योअहिले टेण्डर मूल्यांकनमा छौं,’ विभागका सिनियर डिभिजन इन्जिनियर उमाशंकर शाहले करुवा पत्रिकासँग फोनमा कुरा गर्दै भने–‘तीनबर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य हो र अनुमानित १५ देखि २० करोड लाग्ने छ।’ उनले टेण्डर स्विकृत हुन केही दिन लाग्ने बताए। डिजाइन बनाउन र स्विकृत गर्न केही महिना लाग्नेछ,’ उनले भने डिजाइन फेज सकिएपछि स्टिल पार्ट बनाउन ८ महिनासम्म लाग्न सक्छ।’ उनले फिल्डमा काम सुरु भने यो बर्ष नहुने जनाउ दिए। उनका अनुसार पुल निर्माणको लागि ३० महिने कार्ययोजना बनाइएको छ।

 निकै महत्वाकांक्षी मानिएको यो पुल निर्माणका लागि अघिल्लो बर्षदेखि नै बजेट होल्ड’ गरिराखिएको भौतिक योजना तथा यातायात मन्त्रालय श्रोतले करुवालाई जानकारी दियो। स्थानीय विकास मन्त्रालय अन्तर्गत काम हुन लागेको भएपनि बजेटको प्रबन्ध मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयसँग समेत समन्वय गरिएको श्रोतले बतायो। गुल्मी जिल्लाबाट खास आयोजना’ का रुपमा यसको माग भएको थियो। यो पुलमा आवतजावत बाहेक अन्य विषेशता पनि हुनेछन्। कालिगण्डकी नदीमाथि बन्ने पुल पर्यटनका दृष्टिले निकै महत्वको हुने जिल्ला प्राविधिक कार्यालय गुल्मीका प्रमुख इन्जिनियर लालु गिरीले बताए। उनका अनुसार पुल निर्माणको सम्पूर्ण दायित्व केन्द्रले नै लिएको छ। जिल्ला प्राविधिक कार्यालय पाल्पाका प्रमुख इन्जिनियर भिमार्जुन पाण्डेले केन्द्रीय योजना अनुसार नै पुल निर्माणको प्रकृया सुरु भएको आफूले थाहा पाएको बताए। यो राष्ट्रिय महŒवको आयोजना भएकोले केन्द्रबाटै सबै काम भैरहेको छ।’ उनले भने। ऐतिहासिक एवं धार्मिक पवित्रस्थल रिडीमा दर्शन तथा स्नान गर्न आउने भक्तजनलाई पुल बनेपछि विशेष सुविधा हुनेछ। पुल निर्माण भएपछि नेपालकै एउटा प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने बताइएको छ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf