पश्चिमी शैलीको सिको गर्दै हाम्रो परिवेशमा पनि पुरुषहरू मुखमैथुनको माग गर्न थालेका छन्। सफाइको दृष्टिबाट पश्चिमेलीहरू तुलनात्मक रूपले बढी स्वस्थ हुन्छन्।
हाम्रो परिवेशमा उनीहरूको जस्तो सरसफाइमा ध्यान दिने चलन पनि कम छ। हाम्रो परिवेशमा लालन-पालनको प्रक्रिया पनि फरक पाइन्छ, विशेषगरी महिला पक्षको। मुखमैथुन त टाढाको कुरा हो, यौनसम्पर्कका लागि पनि महिला स्वयं आफूलाई तयार गर्न समय लगाउँछन्। यदि मुखमैथुनले आफ्नो वैवाहिक जीवनलाई अझ सुमधुर बनाउँछ भन्ने लाग्छ तर श्रीमती त्यसका लागि तयार छैनन् भने उपाय आफैले निकाल्नुपर्ने हुन्छ। यौन क्रियामा त्यही कुरालाई प्राथमिकता दिनु उचित हुन्छ, जुन श्रीमतीलाई राम्रो र आनन्ददायक लाग्छ। यसमा जबर्जस्ती गर्नु उचित होइन। पाक्क्रीडाबाट श्रीमतीलाई तयार गर्नुपर्छ। श्रीमतीलाई उत्तेजित गर्ने क्रियाकलाप एवं कुराकानी गर्नुपर्छ। आफ्नो खुसीका लागि उनलाई उत्साहित गरेको कुराको सुइँको श्रीमतीलाई दिनुहुँदैन। यदि श्रीमतीले त्यो कुरा थाहा पाए उनको मुड खराब हुन सक्छ। यो नकारात्मक अनुभूतिले श्रीमतीलाई यौन सुख प्राप्त गर्नमा व्यवधान सिर्जना गर्छ। अधिकांश पुरुष यौनसम्पर्कका लागि हतार गर्छन्। त्यहीँ महिला यसको आनन्द बिस्तारै अनुभव गर्न चाहन्छन्। मुखमैथुन पुरुषले प्रारम्भ गर्नुपर्छ। त्यसबाट श्रीमती पनि यसका लागि तयार हुन सक्छिन्।