Home » » रुद्रपुरकी तेरियाले इतिहास रचिन् तेरियाको जिबनी,

रुद्रपुरकी तेरियाले इतिहास रचिन् तेरियाको जिबनी,

बुटवल : अन्तत: भारतीय टेलिभिजन च्यानल जीटीभीमा प्रसारित 'डीआईडी (डान्स इन्डिया डान्स) लिटिल मास्टर्स' सिजन ३ को उपाधि रूपन्देही रुद्रपुरकी तेरिया फौजा मगरले चुमेकी छन्। चार महिनाको अथक मेहनतपछि शनिबार राति भएको अन्तिम प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछाडि पार्दै तेरियाले इतिहास बनाएकी हुन्। उनले उपाधिसँगै पुरस्कारस्वरूप ५० लाख भारु र सानदार कार प्राप्त गरेकी छन्।

तेरिया सवा अर्ब जनसंख्या भएको र संसारमा सनातन संस्कृतिको मुख्य केन्द्र मानिएको भारतको सांगीतिक क्षेत्रमा चार लाख प्रतिस्पर्धीलाई जितेर धु्रवताराझैं चम्केपछि मगर परिवारमात्रै होइन रूपन्देही जिल्लाका साथै सम्पूर्ण नेपालीबीच उमंग छाएको छ। प्रतियोगितामा भारत कोलकाताकी आठ वर्षीया अनुष्का क्षेत्री फस्र्टरनर अप हुन सफल भइन्। बैंगलोरका १० वर्षीय स्वाधीन सेट्टी र मुम्बईका १२ वर्षीय हार्दिक रूपरेल क्रमश: तेस्रो र चौथा घोषित भए। १४ वर्षमुनिका बालबालिकाले भाग लिन पाउने 'डीआईडी लिटिल मास्टर्स' मा चार लाख प्रतियोगी सहभागी भएकोमा ४० हजार छनोट गरी प्रतियोगिता अगाडि बढाइएको थियो।
गुल्मीको ठुलो लुम्पेक वार्ड नम्बर १ बाट बाट रुपन्देहीको रुद्रपुरमा आइ बसेका तेरियाका परिवार
 सामान्य परिवारमा जन्मेकी ११ वर्षीया तेरियालाई हिन्दी भाषाको ज्ञान थिएन। तर टेलिभिजनमा प्रतियोगिता हेरेको भरमा यति ठूलो उपाधि जित्न सफल भएकी हुन्। तेरियाले रुद्रपुरका साथै सिंगो नेपालको गरिमा बढाएको भन्दै उत्साहित र गौरवान्वित भएका छन्।

तेरियाका बावु विजय रोजगारीको सिलसिलामा अरेवियन मुलुकमा कार्यरत भए पनि प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा समारोहमा सहभागी हुन शनिबार उनी भारत पुगेका थिए। दुई वर्षपछि समारोहमा छोरी तेरियालाई भेट्दा उनी भावविह्वल भएका थिए। उक्त अवसरमा तेरिया र उनकी आमा अनिता र बाबु विजयले मिलन र हर्षका आँसु बगाएका थिए।

तेरिया नृत्यमा मात्र नभई पढाइ र खेलकुदमा पनि अब्बल भएको परिवारले जनाएको छ। तेरियालाई हौसला बागेश्वरी संगीतालयका शिक्षक, परिवार, अभिभावक र शुभेच्छुक शनिबार पुने पुगेका थिए। तेरियाले सबैभन्दा बढी तीन करोड १२ लाख २१ हजार ५ सय १४ मत प्राप्त गरेको बताइएको छ। आफू नेपाली हुनुमा गर्व लागेको बताउने तेरियाले नायिका वा नृत्यकार बन्ने उद्देश्य लिएकी छन्।

 यसरी सहभागी भइन् तेरिया

परिवारका अनुसार तेरिया सानैदेखि नाच्न, गाउन अति रुचि राख्थिन्। जीटीभीको डीआईडी लिटिल मास्टर्स कार्यक्रम हेरेर आफूलाई त्यहाँ लैजान घरमा कर गरिरहन्थिन्। गत दुई वर्षदेखि उनले कार्यक्रममा ध्यान केन्द्रित गरेकी थिइन्। सुरुमा उनको इच्छालाई परिवारले वास्ता गरेको थिएन। जब उनले नृत्यमा जिल्ला र राष्ट्रियस्तरमा पुरस्कार जितिन् तव उनका हजुरबाबु कृष्णबहादुर फौजा मगरले नातिनीको चाहनाअनुसार बुटवलको बागेश्वरी संगीतालयमा नृत्य प्रशिक्षणका लागि भर्ना गरिदिए।

यस वर्ष जीटिभीको डीआईडी लिटिल मास्टर्समा सहभागी भई पहिलो पटकमै उपाधि जितेर सबैलाई चकित पारिदिएकी हुन्। सामान्य परिवारकी तेरियाको घरतर्फका हजुरबुवा भारतीय भूपूसैनिक हुन्। तेरियाकी आमा क्षेत्री र बाबु मगर हुन्। अनिता र विजयको अन्तरजातीय विवाह भएको हो। विजय र अनिता पनि गाउँमा कहलिएका नृत्य जोडी हुन्। तेरियाका लागि मुम्बई जानुअघिसम्म आमा अनिता स्थानीय भूपूसैनिक बोर्डिङ स्कुलमा भोजनालय सञ्चालन गर्दै आएकी थिइन्। उक्त स्कुलमा तेरिया कक्षा ६ मा पढ्ने गर्छिन्। फोटो साभार  ज्ञवा क्षेत्र गुल्मी



Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf