Home » » क्रोएसियालाई हराउँदै ब्राजिलको विजयी सुरुआत (ब्राजिलले क्रोएसियामाथि ३-१ गोल अन्तरको जित)

क्रोएसियालाई हराउँदै ब्राजिलको विजयी सुरुआत (ब्राजिलले क्रोएसियामाथि ३-१ गोल अन्तरको जित)

ब्राजिलको विजयी सुरुआत

साओ पाओलो- ब्राजिलले विश्वकप २०१४ मा शुक्रबार विजयी सुरुआत लिएको छ । उपाधिको सर्वाधिक बलियो दावेदार रहेको ब्राजिजले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर एरिना कोरियन्थिसमा क्रोएसियालाई ३-१ ले हराएको हो । आयोजक घरेलु टिमका लागि दुवै गोल बार्सिलोनाका स्टार फरवार्ड नेयमारले गरे ।
यससँगै ब्राजिलले समूह 'ए' मा सुरुआती अग्रता पनि लिएको छ । ब्राजिली डिफेन्डर मार्सेलोले ११ औं मिनेटमा आत्मघाती गोल गरेपछि क्रोएसियाले अप्रत्यासित अग्रता लिएको थियो । निकिच जालाभेचको क्रसलाई मार्सेलोले आप\mनै पोस्टको दिशा दिएका थिए । पूरा विश्वकप इतिहासमा ब्राजिलले आत्मघाती गोल गरेको यो पहिलो पल्ट हो ।
यस्तोमा मार्सेलोलाई गलत कारणले इतिहासमा सम्भिmनेछ । नेयमारले २९ औं मिनेटमा बराबरी गोल फर्काए । उनले २५ यार्डबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । नेयमारले दोस्रो गोल पेनाल्टीबाट ७१ औं मिनेटमा गरे । फ्रेडमाथि डेजान लोभरनको फलमा ब्राजिलले पेनाल्टी पाएको हो । तर टेलिभिजन रिप्लेमा रेफ्रीको त्यो निर्णय सही भने देखिएको थिएन ।
खेलको अन्तिम मिनेटमा ओस्कारले तेस्रो गोल थप्दै ब्राजिलको जित निश्चित गरे । काउन्टर आक्रमणले ओस्कारले २२ यार्डबाट गोल गरेका हुन् । खेलको अन्त्यतिर क्रोएसियाले दबाब बढाएपनि गोल गर्न सकेन् । जितले ब्राजिलको दोस्रो चरण जाने सम्भावना बलियो बनेको छ । ब्राजिलको समूहमा मेक्सिको र क्यामरुन पनि रहेका छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf