परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label खेलकुद समाचार. Show all posts
Showing posts with label खेलकुद समाचार. Show all posts

नेपाली चेली मीरा फ्रान्समा च्याम्पियन बनिन् पूर्व लडाकू यसरी बनिन् अल्ट्रा धावक

Mira-Rai-Win-Marathon-du-Mont-Blanc,-France
१२ असार, काठमाडौं । नेपालकी मीरा राई फ्रान्समा भएको ८० किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि जितेकी छिन् ।
शनिबार भएको ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनमा मीरा महिलातर्फ पहिलो भएकी हुन् । पूर्व माओवादी लडाकू समेत रहेकी मिराले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट ३२ सेकेण्डमा पुरा गरेकी छन् ।
Mira-Rai-Win-Marathon-du-Mont-Blanc,-France-1
म्याराथनमा स्पेनकी अन्ना कोमिट दोस्रो र अमेरिकीकी हिलारी एलिन तेस्रो भएकी छिन् । ६० किलोमिटरसम्म अन्ना अगाडि थिइन् । तर, त्यसपछि मीराले उनलाई पछि पारिन् र उपाधि जितिन् ।
Mira-Rai-Win-Marathon-du-Mont-Blanc,-France-3
भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरमा माओवादी बनेकी थिइन् । लडाकू रहेकी उनलाई माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा अयोग्य भन्दै निकालियो ।
निराश भएर गाउँ फर्किएकी मिरालाई कराते खेलाडी साथी पुर्निमा मगरले काठमाडौं बोलाइन् । सन् २०१३ मा ५० मिलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि मिराको जीवनले नयाँ मोड लियो ।
उनले गत वर्ष हङकङ आइल्याण्ड ट्रेल रेस जितेकी थिइन् । लगतै साउथ चाइना मर्निङ पोष्टमा उनको जीवन सर्घषका कथा आएपछि उनी अन्तराष्ट्रिय स्तरमै चर्चाको विषय बन्न पुगेकी थिइन् ।

किन आउँदैछन् विश्वकप जित्नेहरु नेपाल ?

लमजुङ, अस्ट्रेलियाले भर्खरै विश्वकप उपाधी जितेको छ । संयोगवस्, विश्वकपको उपाधी जित्नुअघि नै अस्ट्रेलियाको क्रिकेट बोर्डले नेपालमा आगामी चैत २८ गते फिलिप ह्यूजको सम्मानमा मैत्रिपूर्ण क्रिकेट खेल्ने सहमति जनाएको थियो । अस्ट्रेलिया क्रिकेट बोर्डका अध्यक्ष एवंम् पूर्व टेस्ट क्रिकेटर वाली इडवार्डस् नेपाल आउने पक्का भइसकेको छ । उनीसँगै अस्ट्रेलियाको न्यू साउथवेल्सबाट खेल्ने युवा ब्याटस्म्यान रायन कार्टर्स नेपाल आउन राजी छन् । तर नेपाली समर्थकहरु कार्टर्स वा अस्ट्रेलिया क्रिकेट बोर्डका अध्यक्ष वाली इडवार्डस् मात्रै नभएर विश्वकपको फाइनल खेल्ने कुनै एक खेलाडीलाई त्रिभूवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देख्न चाहन्छन् । के नेपाली समर्थकहरुको चाहना अनुसार विश्व विजेता टोलीका कुनै एक सदस्यले नेपाल विरुद्ध बलिङ वा ब्याटिङ गरेको हेर्न पाइएला ?

कार्टर्स, वार्नर र क्लार्क नेपालप्रेमी
केही समयअघि अस्ट्रेलियन कप्तान माइकल क्लार्कले नेपालको तारिफ गर्दै सुन्दर देशमा शिक्षाको उज्यालो किरण छर्ने अभियानमा सहयोग गर्न अस्ट्रेलियन जनतालाई अपिल गरेका थिए । नेपालमा अस्ट्रेलियाका अनगिन्ती फ्यान छन् । तर वार्नर र माइकल क्लार्कले विश्वकपमा अस्ट्रेलियाका लागि वर्षाएको छक्काको तुलनामा उनीहरुले अस्ट्रेलियाको विग वास शृंखलामा वर्षाउने छक्काको महत्व अझै बढी छ, नेपालका गरिब बालबालिकाका लागि ।
Australia v New Zealand - 2015 ICC Cricket World Cup: Final
विश्वकप जितेपछि कप्तान माइकल क्लार्कलाई उचाल्दै खेलाडीहरु
विग वासमा क्लार्क, डेभिड वार्नर र माइकल हुसे लगायतका छ खेलाडीले गत वर्ष प्रत्येक छक्का वर्षाएबापत दर्शकबाट संकलित रकम नेपालका बालबालिकाहरुको शिक्षामा खर्च गरेका थिए । रायन कार्टर्सले यो योजनामार्फत नेपालमा अस्ट्रेलियन क्रिकेटका फ्यानहरुले काठमाडौंको बाफलमा सञ्चालन गरेको हर्टल्याण्ड स्कुललाई सहयोग गर्ने आईडिया फुराएका थिए । कार्टर्सको प्रतिक्रिया थियो, ‘हामीले वर्षाउने छक्काको प्रभाव समाज विकासमा पर्नसक्छ, यदी हामीले उज्यालो भविष्यका लागि गरिब बालबालिकाको शिक्षामा लगानी ग¥यौँ भने ।’
Ryan Carter
रायन कार्टर्सले नेपाल आउने सहमति जनाइसकेका छन् ।
काठमाडौँको बाफलस्थित हर्टल्याण्ड स्कुलले असहाय बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । गत वर्ष संकलित रकमबाट स्कुलमा तीनवटा कक्षाकोठा थपिएको थियो । आवश्यक कक्षाकोठाको प्रबन्ध मिलाउनका लागि अस्ट्रेलियन क्रिकेटरहरु थप सहयोग जुटाउन च्यारिटीमा सक्रिय रहे । सक्रिय रहनेमा उनै माइकल क्लार्क, माइकल हुसे र डेभिड वार्नरको नाम अगाडी रह्यो । जारी विश्वकपमा माइकल क्लार्क र डेभिड वार्नरले अस्ट्रेलियालाई उपाधी जिताउन महत्वपूर्ण भूमिका खेले ।
ह्यूजको निधनले जोडेको नयाँ सम्बन्ध
गत सिजन साउथ अस्ट्रेलियाका स्टार ब्याटस्म्यान फिलिप ह्यूज न्यु साउथवेल्स विरुद्धको खेलकै दौरान (न्यु साउथवेल्सकै मैदानमा ) बलले लागेर घाइते भए र उपचारका क्रममा उनको मृत्यु भयो । अस्ट्रेलियाका उदयिमान ब्याटस्म्यानको निधनले सारा विश्व शोकाकुल भएको थियो । शोकबाट शक्ती धारण गर्न अस्ट्रेलियाका कप्तान माइकल क्लार्कलाई लामो समय लाग्यो । उनी विश्वकपको उपाधी जितेपछि भन्दै थिए–‘यो उपाधी मेरो भाई ह्यूजलाई ।’ खासमा क्लार्कले ह्यूजसँग मैदानबाहिर पनि राम्रो सम्बन्ध थियो ।
Philip Hughes
गत नोभेम्बरमा ह्यूजको निधन भएको थियो ।
उनी ह्यूजलाई भाई नै मान्थ्ये । क्लार्कका पूर्व सहकर्मी ह्यूजको संझनामा नेपालले आगामी चैत २८ गते मैत्रिपूर्ण खेल आयोजना गर्दैछ । मैत्रिपूर्ण खेलबाट संकलित टिकट तथा प्रायोजक रकम ह्यूजको ब्याट र बललाई सगरमाथाको शिखरमा लैजान खर्च गरिने नेपाल क्रिकेट संघले जनाएको छ । न्यू साउथवेल्स विरुद्ध ६३ रनमा अविजित रहेकै अवस्थामा मृत्युको मुखमा पुगेका ह्यूजको सम्मानार्थ हुने खेल ३१ ओभर ३ बलको हुनेछ । दुबै इनिङग्स जोडेर कुल ६३ ओभरको खेल गराउने लक्ष्य नेपाल क्रिकेट संघले राखेको हो । ह्यूजसँग नेपाली खेलाडीहरुले सन् २००८ मै अण्डर नाईन्टिन विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । अस्ट्रेलियासँग नेपाल पराजित भएको उक्त खेलमा राहुल विश्वकर्माको बलमा विकेटकिपर महेश क्षेत्रिले पेभेलियन फर्काउनुअघि ह्यूजले ४६ रन बटुलेका थिए ।
अहिल्यै भन्न सकिन्न– घिमिरे
Bhawana Ghimeareनेपाल क्रिकेट संघकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले अस्ट्रेलियाबाट कोको खेलाडी आउँदैछन् भन्ने सम्बन्धमा तत्काल कुनै जानकारी नभएको बताइन् । उनले रायन कार्टर्स बाहेक अन्य खेलाडीको टुंगो नलागेको बताइन् । कार्टर्सले यसै मेइ महिनामै नेपाल आउने घोषणा गरेका थिए । तर च्यारिटी क्रिकेटको प्रस्ताव नेपालबाट गएपछि उनले च्यारिटी क्रिकेट खेल्ने र हर्टल्याण्ड स्कूल घुम्ने कार्यक्रमसहित नेपाल भ्रमण तय गरेका छन् । सिईओ भावना घिमिरेले अस्ट्रेलियन बोर्डसँग कम्तिमा पनि एक वा दुईजना राष्ट्रिय क्रिकेटर पठाईदिनका लागि आग्रह गरेपनि अहिल्यै केही भन्न नसकिने बताइन् ।
‘अस्ट्रेलियन क्रिकेटरहरुको म्याच फि तथा उनीहरुको स्तरका कारण हामीले केही डिमाण्ड गरेका छैनौँ । हामीले केवल स्वर्गीय ह्यूजको सम्मानमा खेल आयोजना गर्न लागेका हौँ । तर कम्तिमा पनि एक वा दुईजना राष्ट्रिय खेलाडी पठाईदिए त्यसले नेपालमा क्रिकेटको क्रेज थप बढाउन मद्धत पुग्थ्यो ।’– घिमिरेले भनिन् । अस्ट्रेलियाको विश्वकप सफलताबारे प्रश्न राख्दा घिमिरेको उत्तर छ, ‘संयोग नै भयो । तर राम्रो भयो । हाम्रो क्रिकेटलाई विश्व समूदायमा देखाउने अवसर हो , २८ चैतमा हुने म्याच । किनकी हामी विश्व च्याम्पियन देशको टोलीसँग भिड्दैछौँ ।’

एन्फाबाट गणेश थापा र विराटजंग थन्किए, ललितकृष्णलाई जिम्मेवारी !

काठमाडौं, कार्तिक ३ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष गणेश थापाले गर्दै आएको कामको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले हेर्ने भएका छन् । गत आश्विन २९ गतेदेखि बसेको एन्फाको कार्यकारी समितिको बैठकले दुई महिनाका लागि थापाको जिम्मेवारी श्रेष्ठलाई सुम्पिएको हो ।

त्यसैगरी, कोषाध्यक्ष विराटजंग शाहीले सम्हाल्दै आएको जिम्मेवारीसहकोषाध्यक्ष रविन्द्र जोशीलाई दिइएको छ । संसदको सार्वजनिक लेखा समितिले एन्फामा भ्रष्टाचार प्रकरणको अनुसन्धान भइरहेको भन्दै दोस्रोपटक अध्यक्ष गणेश थापा, महासचिव धीरेन्द्र प्रधान, कोषाध्यक्ष विराटजंग शाही र एकेडेमी प्रमुख ललितकृष्ण श्रेष्ठलाई दुई महिना निलम्बन गर्न आग्रह गरेपछि दबाबमा परेको एन्फाले छानबिनमा सघाउने उद्देश्यले सुरक्षित अवतरणको शैली अपनाउँदै यस्तो निर्णय गरेको हो ।

ललितकृष्ण पनि मुछिएको अवस्थामा लेखा समितिले एन्फाबाट भएको निर्णयलाई स्वीकार गर्नेमा भने शंका छ । महासचिव प्रधानका बारेमा एन्फाले कुनै निर्णय गरेको छैन । बैठकले सहमहासचिवमा कास्कीका गणेश भट्टराईलाई नियुक्त गरेको छ ।

एन्फा अध्यक्ष थापाले अध्यक्ष र कोषाध्यक्षले घोटाला गरेको भनी लेखा समितिले आरोप लगाएसँगै अनुसन्धानलाई सघाउन दुई महिनाका लागि दुबैजना बाहिर बसेको बताए ।

लेखा समितिले ५८ करोड रुपैयाँ घोटाला भएको भन्दै अनुसन्धान गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि एन्फा घोटला बारेमा छानबिन गरिरहेको छ ।

यसैबीच, एन्फा बैठकले ११ टिमलाई समेटेर मंसिर २२ गतेदेखि राष्ट्रिय लिग फुटबल गर्ने निर्णय गरेको छ ।

विजेताले अहिलेसम्मकै सर्वाधिक पुरस्कार एक करोड रुपैयाँ जित्ने घोषणा गर्दै एन्फाले तयारीस्वरुप हरेक क्लबलाई १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । एन्फाको पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्तिक १४ मा हुने भनिएको साधारणसभा भने स्थगित भएको छ ।

भेदभावको शिकार बनिन बिजयी खेलाडी बिमला तामाङ् ! लुरुलुरु स्वदेश फर्किनु कस्तो विडम्बना हो ? भिडियो हेर्नको लागि यहाँ जानुस

एसियाडमा एक मात्र पदक दिलाउने खेलाडीलाई सामान्य स्वागत समेत भएन :
सत्रौं एसियाडमा नेपाललाई एक मात्र पदक दिलाउन सफल बिमला तामाङ स्वदेश फर्किएकी छन् । तर, देशकै प्रतिष्ठा जोगाउन सफल बिमलालाई स्वागत गर्न विमानस्थलमा कोही पुगेनन् । राज्यले वास्ता नगरे पनि बिमलाले भने आगामी दिनमा देशको नाम थप उचाइमा पु¥याउन हरसम्भव प्रयास गर्ने बताएकी छन् ।। यहाँ नेपाली इतिहास रच्नेलाई केहि सम्मान छैन,थुइक्क नलाएक सरकार र रा.खे.प,..खतम छौ तिमीहरु पेट भर्ने काम मात्र.,यिनीहरुलाई खतम गर्ने हिटलर कहिले आउला ...? साला कूकूर सरकार र खेलकूद परिषद एउटा देशको इज्जत रखने खेलाडीलाई समान्य स्वागत गनॅ नसक्ने थूक्का | ६ करोडभन्दा बढी रकम एसियाली खेलकुदमा सहभागितामै स्वाहा बनाउँदा निजी खर्चमा देशको इज्जत जोगाउने खेलाडी  लुरुलुरु स्वदेश फर्किनु कस्तो विडम्बना हो ?


नेपाललाई पदक दिलाउने विमला स्वदेश फिर्ता, स्वागत गर्न कोही गएनन् !

काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा हालै सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको एक मात्र पदक विजेता विमला तमाङ स्वदेश फर्किएकी छिन् ।
आइतवार राति स्वदेश फर्किएकी तमाङले इन्चोन एसियाडमा करातेबाट नेपालका लागि एकमात्र कास्य पदक दिलाएकी थिइन ।

बिमालले १७ औँ एसियाडमा नेपाललाई पदक बिहिन हुनबाट जोगाएकी थिइन् । स्वादेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चारकर्मीहरुसंग कुरा गर्दै तमाङले आफूले देशलाई विश्व सामु चिनाउन सकेमा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिइन् ।
बिमलाले १६ वर्ष पछि एसियालि खेलकुदमा कराँते विधामा पदक दिलाएकी हुन् । नेपाललाई एक मात्र पदक दिलाएर फर्किएपनि उनलाई स्वागत गर्नका लागि विमानस्थलमा भने कोही गएका थिएनन् ।

विमला तामाङले दिलाइन् नेपाललाई पहिलो पदक पुरा विवरण को लागि यहाँ जानुस !

इन्चन:  इन्चनएशियाडको अन्त्यतिर आइपुग्दा नेपालले करातेमा पहिलो पदक जितेको छ। करातेको महिला एकल कातामा विमला तामाङले मुलुकलाई सत्रौं एशियाडमा पदक दिलाएपछि नेपाली टोलीले १३ दिनपछि सुखद नतिजा आत्मसात गरेको हो।

एशियाडमा सहभगितालाई लिएर कराते लामो समय विवादमा रुमल्लिए पनि अन्ततः नतिजा करातेकै पोल्टोमा परेको छ । गेयाङ जिम्नेजियममा भएको स्पर्धामा विमलाले क्वाटरफाइनलमा पाकिस्तानी प्रतिद्वन्द्वी कुलसुमलाई ४-१ ले हराईन्। सेमिफाइनलमा भने उनी भिएतनामकी खेलाडी नान गुएन ह्वाङसँग ५–० ले पराजित भएपछि नेपाल रजतपदकबाट बिमुख भएको थियो । काश्य पदकका लागि भएको स्पर्धामा भने विमलाले उत्तर कोरियाली जुई काङलाई ५–० ले हराएर १६ वर्षपछि करातेलाई एशियाली खेलकुदमा पदक दिलाइन् ।
१९९८ को बैंकक एशियाडमा सम्मरबहादुर गोलेले कुमितेमा काश्य पदक दिलाएका थिए। त्यसअघि सन् १९८६ को सोल एशियाडमा सिता राईले पनि कुमितेबाटै नेपाललाई पहिलो पदक जिताएका थिए । तर, काताबाट नेपालले पदक जितेको भने यो पहिलो हो। कातामा पहिलो सहभागितामै पदक जितेपछि विमलाले मुलुकलाई पदक दिलाउन सकेकोमा खुशी व्यक्त गरिन्। उनले भनिन् ‘मुलुक लागि खेल्न आएको थिएँ। जित्छु भन्‍ने आशा थियो। सपना साकार भएकोमा खुशी लागेको छ। म मेरो सफलता गुरुहरुसँग बाँढ्न चाहन्छु।'
तर करातेको विवादका कारण अन्य खेलाडीले खेल्न नपाएकोमा भने उनले सहानुभूति प्रकट गरिन्। उनले भनिन् ‘मैले पनि राष्ट्रकै प्रतिनिधित्व गरेको हूँ । तर मेरो सहभागिताले अरुको नाम काटिन पुग्यो । यसमा दुख लागेको छ । मैले के नै गर्न सक्छु र ? दुख मनाउनुबाहेक। 
पुरुष कातामा परशुराम बास्तोला काश्यपदक भिडन्तमा जापानका इस्सेइ सिम्बाबासँग पराजित भए। त्यसअघि उनले क्वाटरफाइनलमा मलेसियाका चीइ लिमलाई हराएका थिए। ६७ केजीमुनिको तौल समूहमा कुमितेतर्फ मुकुन्द्र महर्जनले पहिलो चरणमा तुर्कमेनिस्तानका सापाडुर्डी सेत्दारोभलाई ४-१ ले हराए। तर काजकस्तानका रिजनात सगान्दिकोभसँग ६-० ले पराजित भएपछि उनले रिपिचेज खेल्नु परेको थियो। जसमा उनी जोर्डनका खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा १ -२ ले पराजित भए। करातेको पुरुष ७५ केजीमुनिको स्पर्धामा दिवस श्रेष्ठले पहिलो चरणमा कुवेतका अलोतैबी अब्दुल्लाहलाई ५-३ ले पराजित गरे। तर क्वाटरफाइनलमा भने उनी जोर्डनका महम्मद नेमर अल्रिफीसँग ८-० ले पराजित भए।
महिला म्यारथनमा स्वरुपा खड्का १६ औं भइन्। उनले ४२ दशमलव १९५ किलोमिटरको दुरी ३ घण्टा शुन्य दशमलव ४१ सकेकेण्डमा पूरा गरिन्।  तेक्वान्दोमा बिहीबार भएको स्पर्धामा ६२ केजीमुनिको तौल समूहमा मनिता शाही र ६७ केजी मुनिमा आयशा शाक्य प्रिक्वाटरफाइनलबाटै बाहिरिए। ग्यागंह्वा डोलमेन्स जिम्नेजियममा भएको खेलमा मनिता चाइनिज ताइपेइकी चिया चिया चुवागंसँग १ का बिरुद्ध १३ को स्कोरमा सजिलै पराजित भइन्। मनिताले प्राप्त गरेको १ अंक पनि पेनाल्टीम आएको थियो। उनले एउटै आक्रमण गर्न सकिनन्।
६७ केजी मुनिको तौल समूहमा आयशा मकाउकी चिगं लिउसँग २ का बिरुद्ध ९ ले पराजित भइन्। आयशाले पहिलो राउण्डमा किक हानेर अंक बटुले पनि त्यसपछि पेनाल्टीमा २ अंक स्कोर गरिन्। पुरुषतर्फ ६३ केजीमुनिको तौल समूहमा सुजन जोशी भारतका सौरभसँग ५ का बिरुछ ८ ले पराजित भए। पहिलो राउण्डमा १-२ ले पछि परेका उनी दोस्रोमा पनि समान अन्तरले र तेस्रोमा १-३ ले पछि परे  चौथो राउण्डमा भने सुजन ०-३ले पछि परे।

एन्फामा ५८ करोड १७ लाखको भ्रष्टाचार, अध्यक्षबाट गणेश थापालाई निलम्बन गर्न निर्देशन !

काठमाडौं : संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै संघका अध्यक्ष गणेश थापालाई पदबाट निलम्बन गर्न निर्देशन दिएको छ।
समितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो। समितिले गरेको छानबिनअनुसार विभिन्न शीर्षकमा थापाले ५८ करोड १७ लाख हिनमिना गरेको निश्कर्ष लेखाको छानबिनले निकालेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाका भाइ गणेश संविधानसभाको सदस्यमा पनि मनोनित भएका छन्। सभासद् नहुँदै लेखाले थापालाई बोलाएर एन्फाको बजेट हिनामिनाका बारेमा सोधपूछ गरेको थियो।
यसबारेमा विस्तृत छानबिन गर्नका लागि युवा तथा खेलकूद मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पनि लेखा समितिले निर्देशन दिएको छ। 

पेनाल्टी सुटआउटमा ब्राजिलसँग चिली स्तव्ध


google.stats.com_ifb_natl_201406281357502209787-p5_desktop_header_1x


2382951_FULL-LND




brazil vs chili

काठमाडौं, असार १५– जारी विश्वकप फुटबल अन्तरगत नकआउट चरणको खेलमा ब्राजिलसँग चिलि पेनाल्टी सुटआउटमा स्तब्ध भएको छ । पेनाल्टी सुटआउटमा ब्राजिलले चिलीलाई ३–२ ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितका लागि ब्राजीली किपर नायक बने । उनले चिलीको तीन पेनाल्टी प्रहार रोक्न सफल भए । निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमा दुबै पक्षबाट बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको १८ औं मिनेटमा ब्राजिलका डेभिड लुइजले टोलीलाई अग्रता दिलाए । तर, चिलिका एलेक्सिसले बराबरी थोल गरे । त्यसपछि दुबै निर्धारित र अतिरिक्त समयमा थप थोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलको कयौं प्रहार चिलिका गोल रक्षकले बचाउ गरेका थिए । यद्यपी पेनाल्टी सुट आउटमा भने उनी चुके । खेल अवधिमा ब्राजिलले एकपछि अर्को २३ प्रहार चिलिको पोष्टमा प्रहार गरेपनि गोल रक्षकको प्रशंसनीय खेल खेल्दै गोल हुनबाट बचाएका थिए । पेनाल्टी सुट आउटमा ब्राजिलका डेभिडले अग्रता लिए भने दोस्रो गोल मार्सेलो र नेयमारले निर्णयक गोल गरे । यता चिलिका डाइज र एलेक्सिसले गोल गरेपनि अन्य प्रहार भने ब्राजिलका गोल रक्षक जुलियोले बचाउ गरे । अन्तिम आठमा पुगेको खुसीयाली ब्राजिका समर्थक, खेलाडी तथा अफिसियलले मनाइँरहँदा चिलिका खेलाडी भने मैदानमै भक्कानिएका थिए । खेलपछि ब्राजिलका गोलरक्षक जुलियो म्यान अफ दि म्याच भए ।  

क्रोएसियालाई हराउँदै ब्राजिलको विजयी सुरुआत (ब्राजिलले क्रोएसियामाथि ३-१ गोल अन्तरको जित)

ब्राजिलको विजयी सुरुआत

साओ पाओलो- ब्राजिलले विश्वकप २०१४ मा शुक्रबार विजयी सुरुआत लिएको छ । उपाधिको सर्वाधिक बलियो दावेदार रहेको ब्राजिजले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर एरिना कोरियन्थिसमा क्रोएसियालाई ३-१ ले हराएको हो । आयोजक घरेलु टिमका लागि दुवै गोल बार्सिलोनाका स्टार फरवार्ड नेयमारले गरे ।
यससँगै ब्राजिलले समूह 'ए' मा सुरुआती अग्रता पनि लिएको छ । ब्राजिली डिफेन्डर मार्सेलोले ११ औं मिनेटमा आत्मघाती गोल गरेपछि क्रोएसियाले अप्रत्यासित अग्रता लिएको थियो । निकिच जालाभेचको क्रसलाई मार्सेलोले आप\mनै पोस्टको दिशा दिएका थिए । पूरा विश्वकप इतिहासमा ब्राजिलले आत्मघाती गोल गरेको यो पहिलो पल्ट हो ।
यस्तोमा मार्सेलोलाई गलत कारणले इतिहासमा सम्भिmनेछ । नेयमारले २९ औं मिनेटमा बराबरी गोल फर्काए । उनले २५ यार्डबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । नेयमारले दोस्रो गोल पेनाल्टीबाट ७१ औं मिनेटमा गरे । फ्रेडमाथि डेजान लोभरनको फलमा ब्राजिलले पेनाल्टी पाएको हो । तर टेलिभिजन रिप्लेमा रेफ्रीको त्यो निर्णय सही भने देखिएको थिएन ।
खेलको अन्तिम मिनेटमा ओस्कारले तेस्रो गोल थप्दै ब्राजिलको जित निश्चित गरे । काउन्टर आक्रमणले ओस्कारले २२ यार्डबाट गोल गरेका हुन् । खेलको अन्त्यतिर क्रोएसियाले दबाब बढाएपनि गोल गर्न सकेन् । जितले ब्राजिलको दोस्रो चरण जाने सम्भावना बलियो बनेको छ । ब्राजिलको समूहमा मेक्सिको र क्यामरुन पनि रहेका छन् ।

एन्फा अनियमितताको नालीबेली



ganesh-thapa.jpg
काठमाडौ, वैशाख २१ - जसरी २०६२ सालमा नेपालमा विधिको शासन स्थापित गर्ने अभियानमा सात राजनीतिक दल र तत्कालीन नेकपा माओवादी शाही शासनविरुद्ध उत्रिए, त्यही साल नेपाली फुटबलको आधिकारिक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) पनि विधि अनुरूप पारदर्शी ढंगले चल्नुपर्ने माग राख्दै काठमाडौँका अधिकांश चर्चित 'ए', 'बी' र 'सी' डिभिजन फुटबल क्लब एन्फाविरुद्घ आन्दोलनमा होमिए।
परिणाम, नेपाली फुटबल तीन वर्ष पूर्णरूपले प्रभावित बन्यो। ठूलै तनावका बीच विगतका कमीकमजोरी सच्याउने वाचासहित एन्फा पारदर्शी ढंगले सञ्चालन गर्ने सहमति बनेपछि ०६६ सालमा आन्दोलनले निकास पायो। त्यतिबेला सबैलाई लागेको थियो, आर्थिक अपारदर्शिताका कारण दुईपटक आन्दोलन भइसकेको एन्फा नेतृत्व अब भने सच्चिनेछ। तर, पछिल्लो आन्दोलन टुंगिएको पाँच वर्ष नबित्दै ४ वैशाखमा एन्फाका तीन उपाध्यक्ष कर्माछिरङि शेर्पा, किशोर राई 'झापाली' र विजयनारायण मानन्धरले आफ्नै कमिटीविरुद्ध अपारदर्शिताको आरोप लगाए। र, एन्फा नेतृत्वलाई विगतमा भएका सबै निर्णय प्रक्रिया पारदर्शी गर्न चुनौती पनि दिए।
तर, एन्फाले आफ्ना तीन उपाध्यक्षको मागबमोजिम उनीहरूलाई विगतमा भएका निर्णयको प्रतिलिपि दिनुको सट्टा उल्टै स्पष्टीकरण सोधेको छ। "पत्र आइसकेको छैन। एन्फाले स्पष्टीकरण मागेको हो भने म पनि एन्फा सदस्य हुँ," उपाध्यक्ष झापाली भन्छन्, "निर्णयको प्रतिलिपि माग्ने अधिकार एन्फाको विधानले नै सुरक्षित गरेको छ।"
एन्फा स्रोतका अनुसार उच्च नेतृत्व, खास गरी अध्यक्ष गणेश थापा आफ्नै उपाध्यक्षत्रयलाई निर्णयको प्रतिलिपि उपलब्ध गराएर यो मुद्दालाई साम्य पार्नेभन्दा पनि 'फुटाउ र राज गर'को रणनीतिमा लागेका छन्। त्यसैले एन्फाले १७ वैशाखमा तीन उपाध्यक्षको सट्टा दुई उपाध्यक्ष (कर्माछिरङि शेर्पा र विजयनारायण मानन्धर)लाई मात्र स्पष्टीकरण सोधेको छ।
एन्फाको ११ वैशाखमा भएको कार्यसमिति बैठकमा सबै पदाधिकारी उपस्थित भए पनि असन्तुष्ट तीन उपाध्यक्षलगायत केन्द्रीय सदस्य पंकज नेम्वाङ पनि अनुपस्थित थिए। "एन्फालाई पारदर्शी ढंगले सञ्चालन गर्न आफँै बसेर विधान संशोधन गरियो। तर, विडम्बना एन्फाले गरेको निर्णय आफैँलाई थाहा हुन छाड्यो," ०६७ सालमा एन्फाको संशोधित विधान मस्यौदा समिति सदस्य नेम्वाङ भन्छन्, "सबै कुरा पत्रिकाबाट थाहा पाउनुपर्छ। हामीले एन्फा आफ्नो हो भनेर स्वामित्व ग्रहण गर्नै पाएनौँ।"
०६६ सालमा संघर्षरत क्लबहरूको आन्दोलन टुंगिएपछि एन्फाले आफूलाई पारदर्शी बनाउन विधान संशोधन गर्ने निर्णय गरेको थियो। ०६७ सालको संशोधित विधानमा उल्लेख छ- निर्णय प्रक्रिया १५ दिनभित्र लिखित रूपमा कार्यसमिति सदस्य सबैलाई उपलब्ध गराउनु पर्नेछ। तर, विधानमा निर्णय प्रक्रियाको विषयमा यति स्पष्ट बुँदा हुँदा हुँदै एन्फाले आफ्नै कार्यसमिति सदस्यलाई किन निर्णय प्रक्रिया उपलब्ध गराउँदैन ?
एन्फाको पूरै लगाम अध्यक्ष थापामा निहित छ। आफूमाथि लाग्दै आएको आर्थिक चलखेलको आरोप प्रमाणित हुने डरले उनी निर्णय प्रक्रिया सार्वजनिक गर्न चाहिरहेका छैनन् भन्ने दाबी एकथरीको छ। एन्फाका थुप्रै पदाधिकारीलाई अहिले पनि थाहा छैन, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)बाट कति सहयोग नेपाललाई प्राप्त हुन्छ। केही वर्षअघि नेपाली छापामा फिफाले सन् १९९९ देखि फाइनान्सियल असिस्टेन्ट प्रोग्राम (फाप) अन्तर्गत नेपाललाई वाषिर्क २ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउँदै आएको सार्वजनिक भएपछि मात्र एन्फा कार्यसमितिका सदस्यले पत्तो पाएका थिए।
एएफसीले पनि नेपाललाई वाषिर्क १ लाख ७५ हजार डलर अनुदान दिँदै आएको छ। चार चरणको गोल प्रोजेक्ट अन्तर्गत फिफाबाट नेपाललाई १८ लाख अमेरिकी डलर प्राप्त भइसकेको फिफाको आधिकारकि वेबसाइटमै उल्लेख छ। तर, यो रकम कसरी खर्च भयो, यसको चित्त बुझ्दो जवाफ एन्फाले दिन सकेको छैन।
जापान, कतारजस्ता शुभचिन्तक देशबाट प्राप्त आर्थिक सहयोग र विश्वकप तथा एसियाकपको कमाइबाट प्राप्त हुने अतिरिक्त अनुदान रकमको विषयमा पनि एन्फा पूर्णरूपले मौन छ। यस्ता यावत् प्रश्नका बीच आफ्नै कार्यसमिति सदस्यलाई निर्णयको प्रतिलिपि उपलब्ध नगराउने एन्फा नेतृत्वको कार्यप्रति शंका उत्पन्न हुनु स्वाभाविकै हो।
"हामीले अध्यक्षसँग पैसाको हिसाब देखाउन भनेका छैनौँ। खालि प्रक्रियागतरूपमा संस्था चलाउन भनेका हौँ," उपाध्यक्ष शेर्पा प्रतिप्रश्न गर्छन्, "अब यस विषयमा पनि हामीलाई स्पष्टीकरण सोधिन्छ भने तपाईंहरू नै बुझ्नूस् कुरा के हो ?"
एन्फाले ०६७/०६८ मा आफ्नो वाषिर्क बजेट सार्वजनिक गर्दा आम्दानी मात्र १३ करोड ४९ लाख रुपियाँ देखाएको थियो। जसमा खर्च ९ करोड ६५ लाख रुपियाँ देखाइएको छ। यस वर्ष एन्फाले आफ्नो बजेटमा ब्याजबाट मात्र आठ लाख रुपियाँ आम्दानी भएको देखाएको थियो। यस्तै ०६८/०६९ को आम्दानी २० करोड ६९ लाख रुपियाँ र खर्च १४ करोड ४६ लाख रुपियाँ देखाइएको छ। यस वर्ष एन्फाले ब्याजबाट मात्र ७२ लाख रुपियाँ कमाइ भएको देखाएको छ। "एक वर्षमै एन्फाले त्यस्तो के करामत गर्‍यो र उसको ब्याज एक्कासि ६४ लाख रुपियाँ बढ्यो ? यस्ता धेरै प्रश्नको उत्तर एन्फाले गर्ने निर्णय प्रक्रियाबाट स्पष्ट हुन्थ्यो," एन्फाको आम्दानी र खर्चको विषयमा गोप्यरूपले अध्ययन गररिहेको एक व्यावसायिक र्फमका पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा नेपालसँग भने।
नेपाली खेलकुदमा सधैँ आफूलाई नम्बर एक संस्था (आर्थिक र व्यवस्थापकीय) दाबी गर्ने एन्फा कसरी सञ्चालन भइरहेको छ ? त्यो बुझ्न आर्थिक अपारदर्शिताको पुरानो ठेली खोजिरहनु पर्दैन, मात्र यहाँ कार्यरत कर्मचारीको अवस्था हेरे पुग्छ। एन्फामा हाल झन्डै एक सय कर्मचारी कार्यरत छन्। तर, उनीहरूको कर कट्टा भएको एन्फाकै रिपोर्टमा देखिएको छैन । "एन्फामा कर्मचारी छन्, उनीहरूले तलब पनि पाउँछन्। तर, तलब कहाँबाट कुन शीर्षकमा कति जान्छ भन्ने नै पत्तो छैन," एन्फाका एक उपाध्यक्ष भन्छन्।
पछिल्लो समय टुरस्िट भिसामा आएका विदेशी प्रशिक्षक ज्याक स्टेफोनोस्की र रचिर्ड ओर्लोवस्कीले नेपाल सरकारबाट काम गर्ने अधिकार (वर्क परमिट) नै नलिई गैरकानुनी रूपमा काम गरेको उनी बताउँछन्। दुई वर्षअघि विदेशी मिडियाले तत्कालीन एएफसी अध्यक्ष मोहम्मद बिन हमाममार्फत अध्यक्ष थापाका जेठा छोरा गौरवले आफ्नो बैंक खातामा एक लाख अमेरिकी डलर राखेको खुलासा गर्‍यो। छोराको बचाउमा थापाले नेपाली मिडियामा तत्कालै बयान दिए, 'यो रकम मैले घरायसी कामका लागि लिएको हुँ। उहाँलाई (हमाम) फर्काइसकेँ।' तर, गौरवको खातामा भएको त्यो पैसाको विषयमा हमामले विदेशी मिडिया अल जजिरालाई दिएको बयान यस्तो थियो, 'मैले त्यो पैसा नेपालमा फुटबल खेल्दा दिवंगत फुटबलर ग्याल्जेन लामाको परविार, नेपालका पूर्वगोलरक्षक रञ्जन विष्टको उपचार र एक विद्यार्थीको छात्रवृत्तिका लागि दिएको हुँ।'
थापा र हमामको कुरा मेल नखाइरहेको अवस्थामा अहिलेसम्म उनले यसको चित्तबुझ्दो उत्तर दिन सकेका छैनन्। यही मुद्दामा गौरवले एएफसीको 'हाई प्रोफाइल' जागिर छाडेर नेपाल फर्किनुपर्‍यो। तर, उनै गौरव एन्फामा अदृश्य रूपले सक्रिय हुँदै गइरहेको एन्फा पदाधिकारीहरू बताउँछन्।
छोराको खातामा एक लाख डलरको मुद्दा उप्किएपछि थापाले पत्रकार सम्मेलन गरेर भनेका थिए, 'प्रतियोगिता सञ्चालनबाट नाफा भएको आठ करोड रुपियाँ गोप्य रूपमा राखेको छु। त्यो नेपाली जनताको पैसा हो, रंगशाला बनाउन खर्चिन्छु।' उनीमाथि प्रश्न उठ्नु किन पनि जायज छ भने एउटा संस्थाको आठ करोड रुपियाँ कार्यसमितिका अन्य पदाधिकारीलाई थाहा नै नदिई गोप्य रूपमा राख्ने अधिकार उनले कसरी पाए ? गत वर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय खेलाडी राख्ने उद्देश्यले दुई तला थप गरियो। यसका लागि थापाले स्रोत कहाँबाट जुटाए, त्यो पनि कार्यसमितिका कुनै पदाधिकारीलाई थाहा छैन। १४ वर्षअघि खेलाडीका नाममा ४० लाख रुपियाँको अक्षयकोष खडा भएको थियो। त्यो कसरी, कुन बैंकमा र कसको नाममा सञ्चालन भइरहेको छ भन्ने पनि कार्यसमिति पदाधिकारीलाई थाहा छैन।
"एन्फामा बैठक बस्दा उपस्थित सबैको हस्ताक्षर गराइन्छ। तर, बैठकमा पास भएको निर्णयको जानकारी कसैलाई गराइँदैन। निर्णयपछि हस्ताक्षर पनि गराइँदैन। यसबाटै अनुमान लगाउन सकिन्छ, एन्फा कसरी सञ्चालन भइरहेको छ," उपाध्यक्ष शेर्पा भन्छन्। आर्थिक गतिविधिलगायत एन्फा विवादका विषयमा नेपालले अध्यक्ष थापासँग कुरा गर्न चाहेको थियो। तर, थापा कार्यव्यस्तताको कारण जनाउँदै सम्पर्कमा आउन चाहेनन्।

नेपालद्वारा हङकङ ७ विकेटले पराजित


काठमाडौं, २२ वैशाख (ओएनएस) : मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटको आफ्नो चौथो खेलमा हङकङविरुद्ध नेपाल सात विकेटले विजयी भएको छ । जीत सँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको नेपाल एसीसी च्याम्पियनसिपका लागि छनौट भएको छ ।
वर्षाले प्रभावित खेलमा डकवर्थ–लुईस नियमका आधारमा ३८ ओभरमा छोट्याएर नेपाललाई एक सय ४४ रनको लक्ष्य दिइएको थियो । नेपालले उक्त लक्ष्य २३ बल बाँकी छँदा मात्र तीन विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि कप्तान पारस खड्काले अटआउट ४३ रन बनाए भने उनलाई १९ रन बनाएर शरद भेष्वाकरले अन्तिमसम्म साथ दिए । त्यस्तै ओपनर नरेश बुढाएरले ४१, ज्ञानेन्द्र मल्लले १५ र सुवास खकुरेलले १६ रन बनाएर आउट भए ।
यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४१ ओभर ५ बलमा अल आउट हुँदै एक सय ८१ रन बनाएको थियो । हङकङका लागि इरफानले शतकिय पारी खेलेपनि टिमलाई जिताउन सकेनन् ।
बलिङ तर्फ नेपालका सोमपाल कामीले ४ विकेट लिए । बसन्त रेग्मी र आरिफ शेखले दुइ–दुई विकेट लिए । नेपालले आफ्नो अन्तिम खेलमा अफ्गानिस्तान सँग प्रतिस्पर्धा गर्नेछ ।

एसीसी प्रिमियर क्रिकेटमा नेपालको विजयी सुरुवात, युएई चार विकेटले पराजित

१८ बैशाख, लमजुङ्। नेपालले मलेसियामा जारी एसीसी पि्रमियर क्रिकेटमा युएईलाई पराजित गरेर विजयी सुरुवात गरेको छ ।  युएईले दिएको १९२ रनको लक्ष नेपालले ३९.५ ओभरमा ६ विकेटको क्षतिमा भेटाएको थियो । खेलको पहिलो दिन नै नेपालले पाएको यो सफलताबाट नेपाली दर्शकहरु उत्साही देखिएका छन् ।
एक सय ९२ रनको लक्ष्य पाएको नेपालले जवाफि व्याटिङ गरेकाे थियो । संयुक्त अरब इमिरेट्स युएई विरूद्धको खेलमा नेपालले ४८ दशमलब १  ओभरमा समेटेर एक सय ९२ रनमा सीमित पारेको थियो । टस हारेर व्याटिङको निम्तो पाएको टीम युएईका स्वप्नील पाटिलले ७६ रन बनाए भने, कृष्णचन्द्रन कराटेले ३६ र मोहम्मद साहजादले २५ रन जोडेका थिए ।
प्रतियोगितामा सोमपाल कामी र मेहबुब आलमले तीन तीन विकेट लिए भने शक्ति गौचनले २ र सागर पुनले १ विकेट हात पारे । नेपालले चौथो ओभर जारी रहँदा पहिलो विकेट लिएको थियो । पहिलो विकेट जाँदा युएईको १५ रन मात्र थियो ।
चिरप्रतिद्वन्द्वी युएई र नेपाल एसीसी प्रिमियर क्रिकेटमा सन् २०१२ मा भिडेका थिए । त्यसबेला नेपाल र युएईवीचको खेल बराबरीमा टुंगिएपछि संयुक्तरुपमा ट्रफी उचालेका थिए । सन् १९९८ यता नेपाल र युएई अहिलेसम्म ९ पटक भिडेका छन् । जसमा युएईकै पल्लाभारी रहदै आएको छ । नेपालविरुद्ध युएईले ७ पटक जित हात पारेको छ भने नेपालले एक खेलमात्रै जितेको छ । एक खेल भने बराबरीमा टुंगिएको थियो ।
प्रिमियर लिग क्रिकेटमा सन् २०१२ मा युएइृमा भएको एसीसी ट्रफिमा शीर्ष ६ मा परेका देशले सहभागिता जनाएका छन् । राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालसँगै हङकङ, अफगानिस्तान, ओमान, मलेसिया र युएई सहभागि छन् । सन् १९९६ देखि गर्दै आएको एसीसी ट्रफि एलिटलाई नयाँ संरचनामा ढालेर एसीसीले एसीसी प्रिमियर लिग आयोजना गरेको हो ।

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf