
काठमाडौं, साउन ६ –एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा बोनस पाउने योजनालाई थप आकर्षक बनाएको छ । सोमबारदेखि देशव्यापी लागु हुने ‘कल आयो पैसा पायो’ नामक योजनामा एनसेलका ग्राहकले विश्वको कुनै पनि ठाउँबाट आएको कल लिई कुरागर्दा हरेक मिनेटपछि तीन रुपैयाँको दरले प्रत्येक मिनेट बोनस पाउने कम्पनीले जनाएको छ । प्राप्त बोनस मध्ये एक तिहाई बोनस एनसेलको नेटवर्क भित्र, अर्को एकतिहाई बोनस एनसेलको नेटवर्क अर्को एक तिहाई एसएमएस पठाउन र अन्य एक तिहाई बोनस इन्टरनेट चलाउन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । एकपटक अधिकतम १० मिनेटसम्म र ३० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ । यसरी प्राप्त बोनस रकममध्ये ग्राहकले १० रुपैयाँ एनसेल नेटवर्कभित्र कुरा गर्न १० रुपैयाँ एसएमएस पठाउन र १० रुपैयाँ ईन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ । यो योजना प्रिपेड तथा पोष्टपेडमा ग्राहक निःशुल्क सहभागी हुनसक्छन् । यसका लागि ग्राहकले १७१२६ मा फोन गरेर सुविधा लिन सकिन्छ ।