Home » » सिरियामा नौ हजार बालबालिका मारिए

सिरियामा नौ हजार बालबालिका मारिए

 बेरुत: सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको आन्दोलनको कारण नौ हजार भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । बुधबार मानवअधिकारीवादी समूहले जनाएअनुसार सिरियामा जारी हिंसाका क्रममा मारिने बालकालिकाको सङ्ख्या नौ हजार पुगेको हो ।
सिरियामा जारी द्वन्द्वमा नौ हजार बालबालिकासहित एक लाख ७० हजार व्यक्तिको ज्यान गएको पनि सो समूहले जानकारी दिएको छ । यस अवधिभर द्वन्द्वको त्रासले देशको जनसङ्ख्याको आधा नागािरक विस्थापित भई देशभित्र र छिमेकी देशमा शरण लिन पुगेका बताइएको छ । 
यसैबीच बुधबार सिरियाको उत्तरी प्रान्त आलेप्पोमा विद्रोहीलाई लक्ष्यगरी एक गाउँमा सरकारी सुरक्षा बलले गरेको हवाई आक्रमणमा एकै परिवार छ बालबालिकाको मृत्यु मानवअधिकार समूहले बताएका छन् ।


 वासहियेह गाउँको एक मुस्लिम परिवारमा बसोवास गरिरहेका स्थानीय परिवारलाई नै लक्ष्यगरी मङ्गलबार राती गरिएको यस हवाई आक्रमणमा तीन बालक र तीनजना बालिकाको मृत्यु भएको हो ।
सो जानकारी सिरियन अक्जरभेटरी फर ह्युम्यान राइटसले दिएको समाचारमा जनाइएको छ । आलेप्पो प्रान्तको वासहियेह गाउँ विद्रोही लडाकूको बलियो प्रभाव रहेको क्षेत्र भएको बताइएको छ ।
 सिरियाको मध्यप्रान्त हामाको लाटेम्नेहमा मङ्गलबार साँझमा गरिएको हवाई आक्रमणमा एक १५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
त्यसैगरी इदलिब प्रान्तमा सैनिकको गोली प्रहारमा एक सात बर्षीया बालिकाको मृत्यु भएको बताइएको छ । सिरियाको पूर्वी प्रान्त जिहादी इस्लामिक राज्य डैर इजोरमा सिरियाली शासकद्धारा गरिएको हवाई आक्रमणमा एक छ वर्षीया बालिकाको मृत्यु भएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf