काठमाडौं, श्रावण १६ । नेपालमा स्तन र पाठेघरको क्यान्सरबाट पीडित हुने महिलाहरुको संख्या बढ्नेक्रममा रहेको एक अध्ययनले देखाएको छ । आज राजधानीमा कल्याणी नेपाल क्यान्सर सहयोग समूहले गरेको कार्यक्रममा क्यान्सर रोग विज्ञहरुले क्यान्सर स्वास्थ्य क्षेत्रका लागि चुनौती भए पनि प्रारम्भिक तहमा उपचार गरे निको हुने बताए ।
विगतमा प्रविधि र दक्ष जनशक्तिको
अभावमा नेपालमा क्यान्सरको भरपर्दो उपचार हुन नसकेको भन्दै उनीहरुले अब नेपालमा सबै किसिमका क्यान्सर रोगको उपचार सम्भव भएको बताए ।
नेपाल क्यान्सर सहयोग समूहका उपाध्यक्ष दिलीप भट्टराईले जनचेतना विस्तार गर्न ४० प्रतिशत मानिसहरुलाई क्यानसरबाट बचाउन सकिने बताए ।
कार्यक्रममा क्यान्सरको सफल उपचार गरेका समाजसेवी इन्दिरा मानन्धर र सिद्धि चन्दलगायतले समयमै उपचार गरे क्यान्सर निको हुने भन्दै नआत्तिन सुझाव दिए । उनीहरुले क्यान्सर रोगको उपचारलाई सर्वसुलभ बनाउनु पर्नेमा समेत जोड दिए ।
कार्यक्रममा क्यान्सर विज्ञहरु डा. सुदिप श्रेष्ठ, ब्रिजेशराज घिमिरेलगायतले क्यान्सरको रोकथाम र उपचारको बारेमा जानकारी दिएका थिए ।
विगतमा प्रविधि र दक्ष जनशक्तिको
अभावमा नेपालमा क्यान्सरको भरपर्दो उपचार हुन नसकेको भन्दै उनीहरुले अब नेपालमा सबै किसिमका क्यान्सर रोगको उपचार सम्भव भएको बताए ।नेपाल क्यान्सर सहयोग समूहका उपाध्यक्ष दिलीप भट्टराईले जनचेतना विस्तार गर्न ४० प्रतिशत मानिसहरुलाई क्यानसरबाट बचाउन सकिने बताए ।