Home » » 'वर्षमान पुन अन्धो, सुवास नेम्बाङ कानो, देव गुरुङ लाटो' किन भनेको होला पुरा बिबरण हेर्नको लागि तल जानुहोस्

'वर्षमान पुन अन्धो, सुवास नेम्बाङ कानो, देव गुरुङ लाटो' किन भनेको होला पुरा बिबरण हेर्नको लागि तल जानुहोस्

सत्तामा पुगे पछि आखा हेर्न सक्ने मान्छे पनि अन्धो बन्छ l त्यो बर्षमान पुन मगर अन्धो हो l कान सुन्ने मान्छे पनि काना बन्छ l त्यो सुबास नेम्बाङ कानो हो l अनि मुख बोल्ने मान्छे पनि लाटो बन्छ l त्यो देव गुरुङ लाटो हो l
3 leaders
त्यसैले बाउनहरु बर्सौ देखि सत्तामा अन्धा, काना र लाटा बनेर बसेका छन् l साँचो अर्थमा जनबादी क्रान्ती त उपाध्याय बाउनले गरेका छन् l मलाई लाग्छ कि तिनका ५७ प्रतिशत छोराहरु अचेल जनै लगाउदैनन् l बिहान-बिहानै उठेर शङ्ख फुक्न पनि छाडिसकेका छन् l तिनले घरमा कुखुरा पाल्न थालेका छन् l घुम्टीमा मदिरा दोकान संचालन गरेका छन् l ब्यबसायीक बंगुर पालन गरेका छन् l ती भैँसीको मासु खाँदैनन् तर बफ म.म. भने मजासंग खान्छन् । पहिचान मात्र ठुलो कुरा होइन l सबै भन्दा ठुलो कुरा परीबर्तन हो l 
 संसारभरी नै पुराना चीज हट्दै जान्छन् l जोगाउने भनेको किताब मात्र हो l लिपी हो l आाफ्नो जातीको भाषाप्रति रुची हुनेले आफै किताब पढ्छन् l अहिले मलाई अंग्रेजी खरर आउँछ l यस्को मतलब मेरो छोरी पनि अँग्रेजी जान्नेछिन् l अँग्रेजी जानेपछि मेरी छोरीले पनि बिश्व जान्ने छिन् l बाबा ले जस्तै Imagine all the people Sharing all the world. You may say I'm a dreamer. But I'm not the only one I hope someday you'll join us and the world will live as one. यहि जानेको हुन्छ l
संस्कृत भाषाको किताबमा हामीले आगो लगाइ दियौं l मगर भाषा र किराँत भाषाको किताबमा कसैले आगो लगाइ दिएन l मैले मगर भाषा नै पढिन l जब की मगर भाषाको किताबमा कहिल्यै आगो लागेको थिएन l म जस्तै लाखौं मगरले मगर भाषा बोल्न जान्दैनौं l किराँतीमा पनि त्यही चाल न होला l आफुलाई बोल्न नआउने भाषा जोगाउन आन्दोलन गरी राख्नु पर्दैन l यो त लजास्पद हुन्छ l पृथ्वीसंग जमीन छैन l खुद भासिएको जमीन बरु आकाश बोकेर सुतेको छ l उफ ! मेरो महाकालीमा, बालुवा मान्छे जस्ता छन् l मान्छे बालुवा जस्ता छन् l
 पण्डितका सन्तानहरुले संस्कृत भाषाको माग गरेर आन्दोलन गरेनन् l संस्कृत भाषाको किताबमा आगो लगाउनुको कारण पनि खोजेनन् l बरु तिन्ले हरिद्वार गएर पढे l घर मै संस्कृत किताब किनेर पढे l मलाई स्मरण के छ भने-संसंकृत भाषाको किताबमा आगो लागेको भोलि पल्ट म संगै बेन्चमा बसेर पढ्ने मेरो साथी खाली खुट्टा हरिद्वारतिर गयो l
उ अहिले नामी बिद्वान भएको छ l हामी फेसबुकमा भाषा जोगाउन नाराबाजी गरिरहेका छौं l बर्षौ देखि बहुलाएकी मेरो महाकाली किनारी छालहरुमा सुनामी बेग ओकलेकी छिन् । मानौ कि, छाला-हड्डी बनाए पनि हड्डी-छाला बनाए पनि केवल, मान्छेको रुप फेरियो किन्तु महाकाली फेरीएन म जस्तै lमाओबादी सेनाका कमान्डर मनोज घर्ती मगरले कुनै दिन भनेका थिए- जनयुद्धमा सबैभन्दा ठूलो भूमिका रुकुम रोल्पाका मगर छापामारको छ l एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लगायत थुप्रै माओवादी नेताले बेलाबेला यस्तै भाषण ठोक्थे । अन्तर्वार्ता दिन्थे । त्यही भाषण सुनेर हजारौं मगरले आफ्नो थेप्चो नाक फुलाउँथे । म सचेत नेपाली नागरिक दिल निसानी मगरको हैसियत ले भन्छु कि- त्यो थेप्चे नाक केबल लडाईमा बिक्यो बिबेकमा बिक्न सकेन तर कालान्तरमा यो केबल लप्फाबाजी भयो l बेहिसाब भयो l बेकमियाब बनाइयो l त्यसैले अब उप्रान्त बिबेकको कुरा गरौं lहामी हजारौं मगर थियौं जो माओवादी जनयुद्धमा चर्को योगदान दिन पाएको म गमक्क परेका मात्र थिएनौं l मर्न र मार्न पनि तयार थिए मानिसहरु । जनयुद्धमा मगर लडाकाकै बाहुल्यता भएकोले प्रचण्डले ‘मगर छापामार’ को गुणगान गाउँथे । उनि भन्थे रोल्पालाई राजधानी गराउने कुरा मगरात भुमिलाई एसिया कै सुन्दर नगरी बनाउने कुरा तर भदौ १० गते सोमबार ७० जना पूर्व जनमुक्ति सेनाले नेपाली सेनाको अधिकृत दर्ज्यानी चिन्ह (उपसेनानी) लगाएपछि प्रचण्ड र माओवादीको बखान आफ्नो समुदायलाई सत्ताको भर्याङ चढाउन मात्र रहेछ भनि पुनः खुलस्त हुन गयो । सबै कुरा को पर्दाफास भयो मगरहरु लाटाले केरा हेरे झैँ टोलाउँन बाध्य हुनु पर्यो l यसको मूल कारण हामीमा बिबेकको आभाव नै हुनु थियो राजनैतिक षड्यन्त्र बुझ्न नसक्नु हाम्रो कमजोरी थियो l
 अलिकति प्रसंग बदलौं………
जनजाती अगूवा भनिने आङ्काजी शेर्पाले एउटा 'आलेख' लेखेछन-'जनजाती को 'नाक' काटीदिने पृथ्बी नारायण शाह को 'शालीक' भत्काउन पर्दछ र जन्मदिनलाई कालो दिनको रूपमा मनाउन पर्दछ' | यो आङ्काजीको हदै सम्मको अराजकता हो | नमीठो आवेग हो | यो शोभनीय होइन | उनले के बूझन पर्दछ भने-ईतिहासको बिकास आफ्नै 'गती' मा बग्दछ अनी यसका सत्यताहरू आफ्नै आँखाले देखे जस्तो बन्दैनन् | पृथ्बी नारायण शाहको मानहानी यो यूगमा गर्न मिल्दैन | इतिहास 'झूट' पनि हो |
जहाँसम्म ब्राह्मणबादी चिन्तन भन्ने सवाल छ यो राजनैतीक आचरण होइन | यो त समुदाय बिकाशको स्वभाब हो | आज को यो 'ग्लोबोलाइजेश्न' यूग मा आफूलाई बदल्न नसक्ने मान्छे आफै बोझ बन्ने छन | नाताबाद वा कृपाबाद भनेको बहूमत र अल्पमत भने जस्तै हो | हामीले प्रतिस्पर्धा गर्न नसक्ने तर 'कोटा' मात्रै माग गर्ने भन्ने सवाल आजको 'टेक्नोलोजी' ले मान्दैन |
हाम्रो जात भन्ने शब्द त्यति मीठो पनि होइन | यसमा मेरो राजनैतीक असहमती रहन सक्दछ | नेपालमा 'जातीय' संघीयता भन्ने बहस पनि बैज्ञानिक छैन | 'बहस' अस्पष्ट भएकै छ | हाम्रो हातमा दही नजम्ने भन्ने हो भने अरू कसै को हात मा 'मोही' जम्ने भन्ने पनि आउँदैन | ब्राम्हणले पढ्न दिएनन् भन्दा पनि नेपाल राज्य भन्नेको 'शिक्षा नीति' सही थिएन भन्ने हो |
जनजाति आन्दोलनको नाममा गृह युद्धको योजनाकार भनेर यसकारण बुझिनु पर्दछ कि-उनले पूर्ब बडा-महाराजधिराजलाई युद्ध अपराधी घोषणा गर्नुपर्छ भनेका छन् -यसको मुख्य कारण के हो भने -तिब्बत संगको लडाईमा गोर्खाली सेनाले पुरै बिजय प्राप्त गरीसकेको थियो त्यसको बदला मा तिब्बतले नेपाल लाई बर्ष भरी ठुलो धनराशी बुझाउने मात्र होइन यो लडाईमा आङकाजि शेर्पाका धेरै पुर्खा मारिए । दाजु भाइ छिन्न भिन्न हुन पुगे l तिब्बतले नेपाललाई धनराशी बुझाउन जंग बहादुरको पालामा छोड्यो र फेरी चाइनाको सहयोगमा लडाई भयो उक्त लडाई मा गोर्खाली लाई लखेटेर नुवाकोट र रसुवा जिल्ला को बेत्राबासी सम्म ल्याएको थियो l त्यो सन्धीलाई नेपालको इतिहास मा बेत्राबासी सन्धीको नामले चिनिन्छ त्यो बेलामा नेपालले उत्तर पट्टी को ठुलो भाग गुमायो l
प्राचिन सम्बन्ध के छ भने पृथ्बी नारायण साहले आफ्नो कुल देवता भनेर मनकामना मन्दिरमा मगर पुजारी नै राखेका थिए l मगर हरु आफै धेरै जाने हुँदा वा कसैको उक्साहट मा आफुलाई जनजाति भनेका हुन खास मगर भनेको खस बाहुन समान कै नेपाल को मुख्य जाति हो जनजाति होइन यसमा आङकाजि शेर्पा शेर्पा जस्ता जातिवादीको कुरा सुनेर जातीय हिँसा चाहने र तिब्बत को पुरानो रिसिबी पोख्ने तत्त्व को गम्भिर हात छ lखास रहस्यमय कुरा त के छ भने आङकाजीका तिब्बतियन बाजेहरु नेपाललाई कर बुझाउने गर्दथे र त्यही रिसका कारण अहिले पृथ्बी नारायण साहको शालिक जलाउने, युद्ध अपराधी घोषणा गर्न माग गर्ने काम यिनीबाट भएको छ यसको मूल कुरा पुर्ख्यौली रिस पोख्न आङकाजीले पुनः तत्कालिन तिब्बत र नेपाल को झल्को दिने गरी आन्तरिक गृह युद्ध चलाउन चाहन्छन् । तिब्बत मा मारिएका आफ्ना बाउ बाजे को रगतको बलिदानी फेरी फिर्ता गर्न चाहन्छन् l
खासमा नेपाली जनजातिसंग आर्य खसको कुनै बिबाद नै छैन l जसरी अहिले उठाइएको छ l नेपाल देशको निर्माण पृथ्वी नारायण शाहले मगर लिम्बु र खस हरु संगै मिलेर गरेका थिए l अन्तिम किल्ला लिम्बुवान कब्जा गर्दा रघु राना युद्ध सरदार थिए अर्को  कुरा किरांत गुरुङ र नेवारलाई पछि सम्म अंग्रेजले आफ्नो चासो र खोजमा किन राखेको थियो भने भारतका भारतीय गोर्खा पल्टनमा रहेका गुरुङहरुको माध्यम बाट नेपालमा सत्ता कब्जा गर्ने योजना बनाइरहेको बेला पृथ्वी नारायण साहले सुचना र जिम्बेवारीको हिसाबले मगरलाइ नै बढी प्रयोग गरेको तत्कालीन गुप्तचरको आत्म वृतान्तमा उल्लेख छ l यसकारण नेपालका जनजाति र खस समुदायको बलियो सम्बन्धलाई भाजो हाल्ने काम केबल तिब्बतबाट भागेका आङकाजि शेर्पा र कुरै नबुझी तिनको पछि लाग्ने केहि अनपढ जनजातिको मात्रै हो l नेपाल एकीकरणमा सबै भन्दा धेरै भूमिका मगरहरुको नै छ तर काजी कालु पाण्डे र भीमसेन थापा मगर थिए कि खस त्यो बिबाद मै छ l
तत्कालिन रेडियो नेपालमा कालो कांग्रेश को हालीमुहाली थियो l तर रेडियो नेपालले कम्ती मा दिन को तिन पटक यो गित बजाउथ्यो- "हाम्रो तेञ्जिङ्ग शेर्पाले चढ्यो हिउ को चुचुरो " यसमा कुनै शेर्पा जात को सदासयता थिएन l हामी नेपालि भन्ने थियो l सायद रेडियो नेपाललाइ पनि यस्तै लाग्थ्यो होला नेपाली पाठ्यक्रम मा पासंग ल्हामु शेर्पा को जीवनी नै छ उनको तस्बिर हुलाक टिकट मा पनि आयो l मैले हुलाक टिकट किन्दा पनि उनकै तस्बिर भएको छनोट गर्थे l उति खेर को एकमनबादी राज्य सत्ता को दिमाख मा पनि पासंग ल्हामु शेर्पा नेपालि पाठ्यक्रममा अटाउन सकेकि थिइन् l तेञ्जिङ्ग नोर्गे हरु रेडियो नेपाल मा बज्थे l यसमा जाति को सवाल नै थिएन l हिमाली को पहिचान ल्ह्व्सार र बक्खु लगाउने कुरा पनि पाठ्यक्रम मै पढेको हो l बरु बाहुन को पढीएन l शेर्पा को पहीचान कहाँ लुकेको छ ?
हामी गरिब हुनुको मुख्य कारण-बहु जाति, बहु भाषा र बहु धर्म पनि एक हो l यी तीन चिजलाई सही ब्यबस्थापन नगरे दलित हरुवा चरुवा लाई सामाजिक बन्धन बाट मुक्त गर्न सकिदैन l अन्य जनजातिमा दम्भ र अहमताको भाबना अन्त्य हुदैन l त्यसैले कुनै पनि जात बिशेष प्रथामिकतामा रहनु हुदैन l पुजींबाद को बिरोधि शक्ति भनेका यिनै तिन दम्भ हुन l अब यो बहु लाई हटाएर एक बनाउनु पर्दछ l देशलाई एक ढिक्का अनि एक मत बनाउनु पर्दछ l यस्तो सोचौ कि-नेपाल चार जात छत्तिस बर्णको फुलबारी होइन l एउटा जात को फुलबारी हो त्यो हो-गहु गोरो बर्ण नेपाली जाति को l
यति हुँदा हुँदै पनि नेपालका पुर्खाले नेपाललाई चार जात छत्तिस बर्णको फुलबारी भनेर मिलेर बस्नुको बिकल्प भएको सन्देह दिए सन्देश दिनुको मुख्य कारण नै तिब्बतीहरुको आगमन मात्र होइन खण्डित जातहरुको आगमनलाई शान्त राख्नु मुख्य थियो l तिब्बतबाट भागेर आएका शेर्पालाई त् झन महत्व दियो नेपालले शेर्पा जाति लाई हिमाल चढ्न बाट कसैले रोकेको छैन अहिले देखि, उहिले सम्म ।
नेपालमा आदीबासी छैन l मुलत खस हुन वा कीराती दुबै बेबीलोन हुँदै प्रसीयाबाट छिरे l बर्मा, भारततिर अझ यी मानिसहरु युरोपतिर अफ्रिका बाट आए l ताज्पुरीया, थारु पश्चिमबङालबाट छिरे । इमान सिङ चेम्जोङ, किरात कालिन इतिहास । १२५ जात, १४० भाषा, त्यसले गर्दा शिकार खेल्दै पेट पाल्न, लडाईंका डरले भागेर बसोबास गर्नेहरुको थलो हो नेपाल । किराती हरु पुर्वबाट पसे, खसहरु पश्चिमबाट पसेको प्रस्ट देखीन्छ । सस्थागत बिकास, स्थानीयताको कुरो उठाउँदा सबै पार्टीहरु त्यसको पक्षमा छैनन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf