Home » » मोदीको संबोधनका क्रममा के भन्दा बजे धेरै ताली ?

मोदीको संबोधनका क्रममा के भन्दा बजे धेरै ताली ?


Modhi @ Sambhidhans ava ma (4)

काठमाडौं,साउन१८–नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यवस्थापिका संसदको विशेष सम्बोधन तुलनात्मक रुपमा निकै नै सफल ठहरिएको छ । मोदीले आफ्नो सम्बोधनका क्रममा त्यस्तो कुनै विवादित कुरा बोलेनन्,बरु मन जित्ने कुरा नै गरे । करिब ४५ मिनेट लामो सम्बोधन गरेका मोदीले  सत्य तथ्यमा आधारित रहेर अभिव्यक्ति दिएपछि निरन्तर तालीको गडगडाहट सहित साथ र समर्थन पाइरहे   । नेपाल–भारतबीचको पुरानो राजनीतिक,सास्कृतिक,आर्थिकलगायत नेपालको सम्भावना र दुईदेशबीचको सम्बन्धमा समयसमयमा आइरहने उतार चढावका  साथै अनेक आयामबारे खुलस्तसँग प्रस्तुत भएका मोदीले मन छुने संबोधन गरेपछि व्यवस्थापिका संसद्मा निरन्तर साथ पाइरहे ,उनको अभिव्यक्तिको समर्थनमा उपस्थित सभासद् तथा नेताहरुबाट ताली बजिरह्यो । नेपाल र भारतबीच केही समयदेखि विवाद हुँदै आएको गौतम बुद्धको जन्मस्थलबारे मोदीले जारी दुईदेशबीचको जुहारीको अन्त्य गर्दै बुद्ध नेपालमै जन्मेका हुन् भन्दा सबैभन्दा बढी ताली बजेको थियो । यस्तो अभिव्यक्ति दिएको १ मिनेट सम्म सहभागि सबैजसोले उनको समर्थनमा व्यवस्थापिकामा ताली बजाउँदा त्यहाँको माहोल निकै नै तातेको थियो । मोदीले नेपालको पानी र विजुली निशुल्क नचाहिएको र यसलाई पैसा लिएर खरिद गर्न भातर तयार रहेको अभिव्यक्ति दिँदा पनि उनले त्यत्तिकै ताली पाएका थिए । नेपाल र भारतबीच भारतको चाहना अनुरुप पिटिए र पिडिए हुन लागको चर्चाकोबीच मोदीले तथ्य खुलस्त राखेपछि निकैबेर ताली बजिरह्यो । यसैबीच,मोदीले नेपाल र भारत समकक्षी राष्ट भएको र एकले अर्कोलाई उचनीचका दृष्टिले हेर्न नहुने अभिव्यक्ति दिँदा पनि उनले उत्तिकै ताली पाएका थिए । मोदीले सम्बोधनका क्रममा नेपाली नेतालाई नेतृत्व लिन स्पष्ट रुपले आउनुस्,शंका नगर्नुस् ,हामी नेपाललाई र आफुभन्दा तल राखेर हेर्दैनौ भन्दा सबैजसो प्रमुख दलका नेताको मुहारमा चमक देखिन्थ्यो । मोदीले नेपालले देखाएको बाटो अनुसार सहकार्य गर्ने भन्दा पनि ताली उत्तिकै बजेको थियो । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf