Home » » के तपाईँलाई पनि ठग्यो एनसेलले ? पुरा बिबरण थाहा पाउनको लागि यहाँ थिच्नुहोस

के तपाईँलाई पनि ठग्यो एनसेलले ? पुरा बिबरण थाहा पाउनको लागि यहाँ थिच्नुहोस

NCell-coverकाठमाडौं,भदौ ७ – के तपाईंको हातमा रहेको मोबाइल सेटमा एनसेलको सिम छ ? यदि त्यसो हो भने तपाईंलाई पनि यसले भुसुक्कै ठगिसक्यो । यसको ठग्ने तरिका पनि कस्तो भने हामी सोझा नेपालीहरुले त बुझ्नै नसक्ने, थाहै नपाउने । अझ त्यसमाथि ‘एनसेल नेपालकै लागि’ भन्ने आकर्षक नाराले घर, भित्ता, बाटोघाटो पुल सबैतिर छ्याप्पै छोपेपछि त यसले झुक्याएको र थाङ्नामा सुताएकोमा शङ्कै गर्न नसकिने । धन्न अधिवक्ता मोहन शासङ्करले २० रुपैयाँ सापट दिएर २ रुपैयाँ ५८ पैसा ब्याज असुल्ने एनसेलको लुटविरुद्ध सर्वाेच्चमा उजुरी हाले र यसको ठगीधन्दा सार्वजानिक हुन पायो । डाटा सेन्टरबाट महत्वपूर्ण फोन वार्ताहरुको टेप रेर्कडिङ्ग गरी विभिन्न खुफिया एजेन्सीहरुलाई बेच्ने गरेको, आफ्ना ग्राहकहरुको एकाउन्टबाट सुटुक्कै रकम काट्ने गरेको जस्ता आरोपहरु व्यापक रुपमा लागिरहेका बेला एक वर्ष अघिदेखि ‘एनसेल सापटी’का नाममा लाखौंलाख ग्राहकहरुबाट गैरकानुनी रुपमा सापटीमा समेत ब्याज असुली गरिरहेको तथ्यसहितको उजुरी अदालतसम्म पुगेको हो । यस सम्बन्धमा न्यायधीश कल्याण श्रेष्ठको इजालसले यस प्रकारको वित्तिय कारोबार गर्ने, सापट दिने र ब्याज असुल्ने जस्ता कार्यहरु गर्नु पछाडीको कारण लिखित रुपमा पेश गर्न एनसेलको नाममा कारण देखाउ आदेश जारी गरेको छ । एनसेलले टेलिकम क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो कम्पनी बनेको दाबी गरिरहेकै बेला नेपालकै सबैभन्दा भ्रष्ट कम्पनीको उपाधि समेत पाउने लगभग निश्चित झैं देखिन्छ ।
भ्रष्टचारी एनसेल
नेपालभित्र एनसेलले आफूविरुद्ध आउनसक्ने सबै निकाय र व्यक्तिहरुको मुखमा बुझो लगाए पनि स्वीडेनको एउटा चर्चित पत्रिका ‘भेकान्स अफेयर’ र केही टेलिभिजनहरुले एनसेलले नेपालमा गरेको भ्रष्टाचार बारे विस्तृत रुपमा विवरण सार्वजनिक गरिसकेको छ । नेपालमा सर्वप्रथम स्पाइस नेपाल कम्पनीका नाममा मेरो मोबाइलबाट व्यापार सुरु गरेकोमा हाल त्यसले एनसेल नाम पाएको छ । र, सुरुवातदेखि नै यो अपारदर्शी ढङ्गले एकबाट अर्काेमा स्वामित्व हस्तान्तरण हुँदै आइरहेको छ । सुरुमा राजेन्द्र खेतान ग्रुप र भारतको मोदी ग्रुपले मोबाइल सेवा सञ्चालन गर्ने गरी लाइसेन्स प्राप्त गरेका थिए । तर, त्यसले सेवा सञ्चालन भने चार वर्षपछि मात्र सुरु ग¥यो । जुनबेला स्पाइसका मालिकका रुपमा तत्कालिन राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह देखा परे । मोदी र खेतान समुहले लिएको लाइसेन्स कसरी राजग्रुपको हातमा पुग्यो त्यसबारे अहिलेसम्म कसैलाई केही जानकारी छैन । जानकारी होस् पनि कसरी न त स्वामित्व हस्तान्तरणको विवरण कम्पनी रजिस्ट्रार कार्यलयमा छ, न टेलिकम नियामक संस्था दूरसंचार प्राधिकरणमा नै यसबारे कुनै कागजात छ । पछि स्वीडेन र फिनल्यान्डको संयुक्त लगानी रहेको टेलियासोनेराले राजबहादुर सिंहबाट ४ अर्ब २० करोडमा यो खरिद ग¥यो र यसको नाम पनि मेरो मोबाइलबाट फेरेर एनसेल बनाइयो । तर, यो कारोबारको खुलासा कहीं कतै भएन । त्यत्रो कारोबार हुँदा राज्यले कुनै राजश्व पाएन । राज ग्रुपबाट टेलियासोनेरामा स्वामित्व पुग्दा पनि सोझो तरिका अपनाइएको थिएन । बीचमा क्यारेबियन र साइप्रसका विभिन्न नाम मात्रका कम्पनीहरुले त्यसमा आफ्नो स्वामित्व देखाए । रेनोल्डस् होल्डिङ् लिमिटेड, दाल्टो ट्रेड लिमिटेड जस्ता धेरै कम्पनीहरुको सेयर खरिद–बिक्री र थपघट भयो । अहिले नेपाली लगानीकर्ताको कम्तीमा २० प्रतिशत हिस्सा रहेकै हुनुपर्ने कानुनी बाध्यतालाई सम्बोधन गर्नका लागि मात्र सिनर्जी नेपालको नाममा केही नेपाली व्यापारीहरुको समूहलाई यसमा सहभागी गराइएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf