Home » » ओली र कोइरालाले ढुकुटी सके, अब पालो खनालको ! नामुद भ्रष्टचारीलाई पनि राज्यकोषको उपचार खर्च हेर्नुस त एमाले र कांग्रेस को सरकार

ओली र कोइरालाले ढुकुटी सके, अब पालो खनालको ! नामुद भ्रष्टचारीलाई पनि राज्यकोषको उपचार खर्च हेर्नुस त एमाले र कांग्रेस को सरकार

काठमाडौं, भदौ १० – यहि देशमा सिटामोल नपाएर कयौं सर्वसाधरण अहिले पनि ज्यान गुमाउन बाध्य छन् । तर तिनै सर्वसाधरणबाट निर्वाचीत नेता भने सामान्य उपचारको लागि समेत राज्यको ढुकुटी रित्याउँदै विदेश सयर भएको भन्दै आलोचना भइरहेकै बेला एमाले नेता झलनाथ खनाल आज अमेरिका प्रस्थान गरेका छन् । मन्त्रिपरिषद् स्रोतका अनुसार उनको उपचारमा भएको सबै खर्च नेपाल सरकारले बेहोर्ने छ । खनालको वासिङ्टन डिसी स्थित जोन हब किङ्स अस्पतालमा (बाल्टोमोर) मा प्रोष्टेटको शल्यक्रिया गरिनेछ । भिटामीन ‘डि डिफीसेन्सी’ को रोग लागेको भन्दै यसअघि पनि खनालको लण्डनमा उपचार गरिएको थियो । सो खर्च पनि राज्यकोषबाटै गरिएको थियो । सुशिल र ओलीले कति सके ? यस अघि अमेरिकी अस्पतालमा प्रधानमन्त्री सुशील कोइरालाको उपचार गर्दा राज्यकोषबाट एक करोड ६२ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्रीको अहिलेपनि न्युयोर्कको अस्पतालमा फलोअप उपचार भइरहेको छ । यसको खर्च पनि राज्यले नै तिर्ने मन्त्रीपरिषदको कार्यलयले जनाएको छ । प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर देखिएपछि गत असारमा उनलाई अमेरिकाको न्युयोर्कस्थित स्लोन केटरिङ क्यान्सर अस्पताल लगिएको थियो । आठ वर्षअघि जिब्रोमा क्यान्सर देखिएपछि उनी हरेक वर्ष सो अस्पताल जाँदै आएका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको उपचारमा राज्यले करिब एक करोड २६ लाख ३५ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रिपरिषद्को १९ वैशाखको बैठकले ओलीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा ओलीको क्रिप्टोकोकल म्यानेन्जाइटिसको उपचार गरिएको थियो । अर्थ मन्त्रालयका अनुसार उनको उपचारका लागि वैशाखमा ५९ लाख ९६ हजार र जेठमा ६६ लाख ३९ हजार एक सय ३७ रुपैयाँ निकासा भएको छ । भ्रष्टचारी देखि न्यायाधीश,र सचिवसम्मलाइ राज्यकोषको उपचार ! कांग्रेस नेता तथा पुर्वगृहमन्त्री गोविन्दराज जोशीको उपचार गर्न पनि सरकारले २७ लाख ८० हजार रुपैयाँ निकासा दिएको छ । उनले दुई करोड १६ लाख १४ हजार तीन सय रुपैयाँ भ्रष्टचार गरेको अदालतले ठहर गरेको थियो । मन्त्रि परिषद्को जेठ ८ को बैठकको निर्णय अनुसार जोशीको उपचारका सो रकम दिएको छ । पेटका साथै रक्तचाप कम भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका जोशीलाई चैतमा थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतको नयाँ दिल्ली लगिएको थियो । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामकुमार प्रसाद साहको उपचारमा राज्यले ८० लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ भने पूर्वमन्त्री पुष्करनाथ ओझाको उपचार खर्च पनि सरकारले व्यहोर्दै छ । संसद् सचिवालयका सहसचिव सोमबहादुर थापाको उपचार खर्च सरकारले व्यहोर्दै छ । सरकारी कर्मचारीलाई स्वास्थ्य उपचारबापत पाँच लाख रुपैयाँ दिने व्यवस्था भए पनि थापालाई भने सरकारले १० लाख दिएको हो । सुर्खेत क्षेत्र नम्बर ३ बाट निर्वाचित कांग्रेस सभासद् तप्तबहादुर विष्टलाई सरकारले उपचार खर्चबापत पाँच लाख रुपैयाँ दिएको छ । एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं सभासद् शेरधन राईले पनि स्वास्थ्य उपचारबापत राज्यबाट पाँच लाख रुपैयाँ लिएका छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf