काठमाण्डौ, असोज ०९– आफ्नो १६ वर्षिया नातिनी स्मिता दाहालको एल्बम विमोचनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सिता दाहाल दुवै रोए ।

यसैवर्ष निधन भएकी आफ्नी ठुली आमा तथा प्रचण्डकी छोरी ज्ञानु दाहालप्रति समर्पित गर्दै स्मिताले सार्वजनिक गरेको आफ्नो दोश्रो एल्बम ‘स्मिता–२’ को विमोचनमा प्रमुख अतिथि बनेका प्रचण्ड मन्तब्य राख्दाराख्दै रोएका हुन् । वरिष्ठ नेता देखि चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमको माहोललाई प्रचण्डले जनयुद्धसंग दाँजेका थिए । जनयुद्धमा ‘हाँस्दा हास्दै रोएको र रुँदा रुँदै हासेको’ स्मरण गर्दै उनले आजको माहोलपनि त्यस्तै भयो भन्दै गर्दा आँखाबाट आसु झरेका थिए ।

कलाकार र राजनितिज्ञको अन्तरसम्बन्ध रहेको पनि प्रचण्डले बताए । ‘कला, साहित्य र संगितप्रति रुची नभएको मान्छे सफल राजनितिज्ञ हुन सक्दैन्’,उनी भन्दै थिए– ‘त्यस्तै राजनितीप्रति झुकाव नभएको मान्छे सफल कलाकर्मी हुन सक्दैन् । ’ उनले आफ्नी श्रीमती सिता राम्रो गाउन सक्ने बताउँदै वातावरण भएको भए राम्रो गायिका बन्ने समेत भन्न भ्याए ।

प्रचण्डको नातिनी भएकै कारण स्मिता चर्चामा आउने कुराहरु पनि कार्यक्रममा उठेका थिए । प्रचण्डले त्यस विषयमा पनि प्रष्ट पार्न खोजे । ‘म राजनितीमा छु र मेरी नातिनी संगित क्षेत्रमा प्रवेश गरेकी छिन्’ प्रचण्डले भने– ‘मैले रोजेको बाटोमा ताली र गाली दुवै पाइन्छ, उनको मा ताली नै ताली पाइन्छ् । ’ ‘म ताली र गाली दुवै खाएर अघि बढ्नेछु, उनी ताली नै ताली खाएर अघि बढ्नेछिन्’, उनले थपे । स्मिता प्रचण्डको नातिनी नभनेर स्मिताको हजुरबुबा प्रचण्ड भन्ने दिन आओस् अपेक्षा पनि उनले गरे ।

त्यस्तै कार्यक्रममा प्रचण्डकै छेउमा बसेकी उनकी पत्नी सिता पटकपटक मञ्चमै रोएकी थिइन् । आफ्नो स्वर्गीय छोरी ज्ञानुमा समर्पित एल्बम सार्वजनिक कार्यक्रममा ज्ञानुकै यादका कारण उनी रोएको हो भन्ने सहजै अड्कल गर्न सकिन्थ्यो ।

एल्बम बिमोचन समारोहमा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, एकिकृत नेकपा माओवादीका उपाध्यक्षद्धय डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका नेता मोहन वैद्यले स्मिताको गीतमा प्रगतीशिल गीत पनि सुन्न पाउँने आशा राखे ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले कार्यक्रममा रमाइलो गर्दै भने- ‘प्रचण्डजी यसै त मख्ख पर्ने मान्छे, झन् नातिनीको एल्बम बजारमा आउँदा झनै मख्ख पर्नु भएको छ ।’ नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले स्मिताबाट सबैलाई प्रेरणा मिल्ने बताए ।

कार्यक्रममा गीतकार डा. कृष्णहरी बरालले स्मिताको एल्बममाथि समिक्षा गर्दै उनको गायकीमा राम्रो सम्भावना देखेको बताए । चर्चित गायक रामकृष्ण ढकालले पनी उनको स्वरको प्रशंसा गर्दै उनीसंग युगल गीत गाउँने इच्छा प्रकट गरेका थिए ।
यता सदाबहार नायक भुवन केसीले त उनलाई आफ्नो आगामी चलचित्रमा गीत गाउन दिने प्रतिवद्धता नै व्यक्त गरे । कार्यक्रमको संचालन चर्चित कार्यक्रम प्रस्तोता नरेश भट्टराईले गरेका थिए ।

स्मिताको ‘स्मिता २’ एल्बममा ५ वटा गीत समावेश छन् । डाक्टर कृष्णहरी बराल, डाक्टर भोला रिजाल, आनन्द अधिकारी, चेतन सापकोटा, रेमशराज भट्टराइको एल्बमका गीतमा शब्द छ । एल्बममा समावेश गीतमा सुरेश गैरे, बसन्त सापकोटा, शिखर सन्तोष, चेतन सापकोटा र रमेशराज भट्टराइले संगीत भरेका छन् । कार्यक्रममा गायिका दाहालले २ वटा गीत प्रत्यक्ष गाएर सुनाएकी थिइन् । यो एल्बममा ‘बिगार्दैन कसैको केही’, ‘आँखा किन झुक्न थाल्यो’, ‘दिलको आँखीझ्याल’, ‘पराइको भयौ तिमी’, ‘पि्रय तिम्रो हृदयमा’ बोलका गीतहरु छन् ।