Home » » यी हुन् संसारका सबैभन्दा हानिकारक आहारा

यी हुन् संसारका सबैभन्दा हानिकारक आहारा

हामीहरु हरेक दिन उठ्दा बस्दा यस्ता हजारौँ हानिकारक खानेकुराहरु खाने गर्दछौँ जसले हाम्रो शरिरमा हानीकारक प्रभाव पार्ने गर्दछ । यहाँ हामी यस्ता खानेकुराहरुको बारेमा कुरा गर्दै छौँ जुन संसारको सबैभन्दा बढि हानिकारक खाद्य पदार्थ हुन् । १. जमाइएको खानेकुराः कोही मानिसहरु जमाएका खानेकुराहरु बजारबाट किनेर ल्याउने गर्दछन् र घरमा ताताएर खाने गर्दछन् जुन निकै हानिकारक हुने गर्दछ । यसमा क्यान्सर पैदा गर्ने तत्वको मात्रा धेरै हुने गर्दछ । २. तारेका खानेकुराः बजारमा निस्केका बेला तारेको खानेकुरा कम मात्रामा खानुहोस् किनभने यसमा प्रयोग गरिएको तेल निकै अस्वस्थकर हुने गर्दछ । ३. प्याक गरिएका चिप्सः यसमा हानिकारक कम्पाउन्ड पाइने गर्दछ जसले क्यान्सरको खतरा बढाउन सक्छ । यसलाई धेरै नखानुहोस् । ४. सोडाः सोडामा धेरै मात्रामा चिनिको प्रयोग गरिएको हुन्छ । यसको सेवनले तपाईंलाई मोटो बनाउँदछ र यो तपाईंको मुटुको लागि पनि निकै घातक हुने गर्दछ । ५. बर्गरः धेरै बर्गरमा यस्ता पदार्थ पाइने गर्दछ जुन तपाईंको शरिरको लागि हानिकारक हुने गर्दछ । यसमा प्रशस्त मात्रामा नुुनको प्रयोग गरिएको हुन्छ भने यसमा प्रयोग गरिने ससले तपाईंको स्वास्थ्यलाई हानि गर्ने गर्दछ । ६. फ्रेन्च फ्राईः फ्रेन्च फ्राईमा नुुन र तेलको मात्रा धेरै हुने भएकाले तपाईंलाई यसले मोटो बनाउँछ । ७. माइक्रोवेभ पपकर्नः यो खानाले तपाईंलाई क्यान्सर हुने गर्दछ किनभने यसमा घातक नुन र तेल पाइने गर्दछ । ८. नुनले भरिएको स्न्याक्सः यस्ता स्न्याक्सले तपाईंलाई मोटो बनाइरहेको हुन्छ र अरु रोगहरुका लागि पनि यो जिम्मेवार हुने गर्दछ । ९. सेतो चामलः सेतो चामलबाट टाढै बस्नुहोस् । यसमा निकै धेरै कार्बोहाइड्रेट हुने भएका कारण तपाईंको शरिरमा नकारात्मक असर पुर्याउने गर्दछ । १०. कृत्रिम स्वादः यस्ता कृत्रिम स्वादहरु केक, पेष्ट्री अथवा आइसक्रिममा पाइने गर्दछ जसले तपाईंको स्वास्थ्यलाई बिगार्ने गर्दछ । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf