Home » » सल्लाहकारको मात्र होइन प्रधानमन्त्रीकै पद खुस्काउन सक्ने तस्विर पुरा विवरण हेर्न को लागि यहाँ जानुस्

सल्लाहकारको मात्र होइन प्रधानमन्त्रीकै पद खुस्काउन सक्ने तस्विर पुरा विवरण हेर्न को लागि यहाँ जानुस्

असोज ११,लमजुङ्।  हवाइजहाज ठूलो हुन्छ तर जहाजलाई साना–साना नटवोल्डले अड्याएको हुन्छ भन्ने बिर्सदा नेपाल र नेपालीको शान बढाउन न्यूयोर्क पुगेका प्रधानमन्त्री कोइराला आफ्नै र भ्रमण दलका सदस्यको कारण बदनाम बन्न पुगेका छन ।
 राजनीतिमा साम दाम दण्ड भेद लगायतका शक्तिको प्रयोग गरेपछि राष्ट्र प्रमुख बन्न पाइनेदेखि लिएर विभिन्न उच्च ओहदामा पुग्न पाइन्छ भन्ने मान्यता व्याप्त छ । राजनीतिमा कुटनीतिक मर्यादाको ख्याल गर्न नसक्दा सिंगो देशकै बेइज्जत हुन्छ भन्ने उदाहारणलाई प्रधानमन्त्री कोइरालाले प्रमाणित गरिदिएका छन् । कुटनीतिक मर्यादाको विषयमा जानकारी नहुँदा विश्वसामु नेपालले शिर निहुराउने पर्ने अवस्था आएको छ । संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री कोइरालाकी अवैतनिक सल्लाहकार मृदुला कोइरालाको व्यवहारले नेपाल र नेपालीको शिर निहुराउने काम गरेकी छिन् । जुन घटनाले गर्दा आज नेपालीले लज्जित हुनुपर्ने अवस्था आएको छ । यसै पनि सुस्त र ढंग नभएका प्रधानमन्त्रीको पगरी गुथीसकेका प्रधानमन्त्री कोइरालालाई यो तस्विर महंगो पर्ने निश्चित छ ।
PM Controversy
प्रधानमन्त्री कार्यालयका प्रेस सल्लाकारद्धारा सञ्चारमाध्यमलाई उपलब्ध गराएको तस्बीरमा प्रधानमन्त्री कोइरालाका अगाडि तीन जना महिला रहेका छन् । उनीहरु मध्ये बीचमा अमेरिकी उपविदेशमन्त्री वेन्डी सर्मन र अन्य बाँकी उनका सहयोगी देखिन्छन । प्रधानमन्त्रीको पछाडिपट्टी उनका सहयोग जस्ता एक जना पुरुष देखिन्छन भने सँगै रहेको अर्का व्यक्ति भने प्रधानमन्त्रीका अवैतनिक सल्लाहकार मृदुला कोइराला उभिएका छिन् ।

कुटनीतिक भेटघाटमा आफ्नो देशको सभ्यता झल्काउने पोशाक लगाउनु पर्ने नियम र परम्परा छ । भेटघाटमा कुटनीतिक मर्यादा विपरीत ढोकाको छेउमा उभिएकी कोइरालाले खुट्टा पनि अर्मादित बनाएर बसेको देखिन्छ । उनले सेतो सट, बीचमा खैरो रङगको हाफ पाइन्ट र तल पाइन्ट लगाएकी छिन् । औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री कोइरालाको भ्रमण टोलीकी सदस्य समेत रहेकी मृदुला कोइरालाको अमर्यादित व्यवहारले प्रधानमन्त्री कोइरालालाई मात्र होइन नेपाललाई नै बेइज्जत गर्ने काम भएको छ । उनको व्यवहारप्रति स्वयमं कांग्रेस पार्टीका कतिपय नेताहरुले चर्को विरोध गरेका छन् भने सामाजिक संजालमा उनले नेपाल र नेपालीको बेइज्जत गरेको भन्दै धज्जी उडाइएको छ । आफ्नै सहयोगीबाट भएको यस्तो खालको व्यवहारले प्रधानमन्त्री कोइरालाले पनि मृदुलाप्रति असन्तुष्टि राख्न थालेको जनाइएको छ ।
भेटमा नेपालको झण्डा नै राख्न विर्सियो
दुई मुलुकका प्रधानमन्त्रीबीच भेट हुने भएपछि दुवै देशको झण्डा राख्नु पर्ने परम्परा छ । कुटनीतिक मर्यादा अनुसार पनि दुवै देशको झण्डा राखिन्छ । न्यूयोर्कस्थित ग्रायण्ड हायत होटलमा भएको भेटमा दुई देशका प्रधानमन्त्रीहरु सभागी थिए । भेटको क्रममा नेपाल र पाकिस्तान दुवै देशको झण्डा हुनुपर्ने भएपनि पाकिस्तानको मात्र झण्डा थियो । नेपालका प्रधानमन्त्री सुशील कोइराला र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच भएको भेटमा पाकिस्तानको मात्र झण्डा राख्नुले नेपालको लज्जाको विषयमा बन्न पुगेको छ । दायाँ र बाँया आ–आफ्ना देशका प्रधानमन्त्रीका सहयोगी बसेका छन् तर नेपालको झण्डा राख्न नसक्नु नेपालकै व्यवस्थापिक काममा कमजोरी भएको जनाइएको छ । अमेरिकास्थित नेपाली दुतावास र भ्रमण टोलीमा सहभागी भएकाहरुमाथि झण्डाको विषयले प्रश्नचिन्ह जन्माएको छ ।
PM Controversial pics 2
 प्रकाश अधिकारीको फोटोले बबाल
अमर्यादित रुपमा शिष्टचार भेटमा उभिएकी मृदुला कोइरालाको फोटो अन्यत्रबाट सार्वजनिक भएको नभई प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्धारा उपलब्ध गराइएको फोटो हो । सबै सञ्चारमाध्यमलाई अधिकारीले नै फोटा पठाएका थिए । अहिले त्यही फोटो चर्चाको विषय मात्र बन्न पुगेको छैन । नेपाल र नेपालीको बेइज्जत गर्ने फोटोको रुपमा समेत परिभाषित भएको छ । भेटको क्रममा कुटनीतिक मर्यादालाई भुलेर भित्तामा अडेस लगाएर बसेको फोटो सार्वजनिक भएपछि प्रेस संयोजक अधिकारीमाथि नै कांग्रेसभित्रैबाट कडा आलोचना सुरु भएको छ । मृदुलाले सामाजिक संजालमा मात्र नभई विभिन्न मिडियामा आफ्नो वदनाम गराउने काम अधिकारीले गरेको आरोप लगाएको बताइएको छ ।
PM Controversial pics 4
PM Controversial pics 1
PM Controversial pics 6
यस अघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि प्रधानमन्त्रीलाई लाजमर्दो गरी तानेर सञ्चारमन्त्री मिनेन्द्र रिजाल विवादमा आएका थिए । सुशील कोइराला पनि मोदीसँग हात मिलाउँदा र सेनाको सलामीको समयमा धुमधुम्ती बसेको भन्दै आलोचित भएका थिए । कुनै पनि देशमा हुने दुई देशको राष्ट्र प्रमुखको भेटको व्यवस्थापन गर्ने काम त्यस देशमा रहेका परराष्ट्रमन्त्रालयका मर्यादा पालकहरुको हुने गरेपछि आफ्नो दायित्व र कर्तव्य भुल्दा नेपालले अपमानित हुनु परेको टिप्पणी सुरु भएको छ ।
 यो तस्विरकाण्डले प्रधानमन्त्रीका प्रेस संयोजकको मात्र जागिर धरापमा पर्छ कि प्रधानमन्त्रीको पद नै त्यो भने हेर्न बाँकी छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf