पदयात्रा आएका स्व्देशी तथा विदेशीलाई सुविधा दिन अन्नपूर्ण आधार शिविरसम्म इन्टरनेट सेवा विस्तार गरिएको छ । यसले सो क्षत्रेमा पदयात्रा गर्नेलाई सूचना आदानप्रदानमा सहयोग हुने थालेको छ । अन्नपूर्ण आधार शिविमा पहिलोपटक नेपाल टेलिकमको इन्टरनेट सेवा पुगेको हो । एक सातादेखि आधार शिविरमा इन्टरनेट चल्न थालेको टेलिकमले जनाएको छ । टेलिकम पोखराका बिक्री प्रमुख राजेश रेग्मीका अनुसार आधार शिविरका चारवटा होटलमा अहिले वाइफाई चलाउन पाइन्छ ।
-