Home » » इजरायली धर्मगुरु छुटाउन न्युयोर्कबाट प्रधानमन्त्रीको फोन !

इजरायली धर्मगुरु छुटाउन न्युयोर्कबाट प्रधानमन्त्रीको फोन !

काठमाडौं,असोज १३ –अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले थुनामा परेका इजरायली धर्मगुरु चेजाई लिस्पिजलाई छुटाउन फोनबाटै निर्देशन दिएका छन् ।आफ्ना धर्मगुरुलाई दुःख दिएको भन्दै इजरायली अधिकारीले विरोध गरेपछि छुटाउन कोइरालाले कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनपछि अध्यागमन विभागले नियम मिचेर धर्मगुरुलाई शुक्रबार रिहा गरेको छ ।अदालतमा म्याद थप गरी थुनामा राखेको व्यक्तिलाई मुद्दा दायरपछि अदालतको आदेशपछि मात्र छाड्न सकिनेमा विभागले कूटनीतिक कारण देखाउँदै छोडेको हो । अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले कूटनीतिक सम्बन्धलाई ख्यालमा राखी धर्मगुरुलाई थुनामुक्त गरिएको बताए ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf