Home » » यी खाना भुलेर पनि फ्रिजमा नराखनुस पुरा विवरण पढ्नको लागि यहाँ जानुस !

यी खाना भुलेर पनि फ्रिजमा नराखनुस पुरा विवरण पढ्नको लागि यहाँ जानुस !

फ्रिज, माइक्रो ओभन वा माइक्रो वेभ हाम्रा दैनिकीका अभिन्न अंग बनिसकेका छन् । हामी सामान्यतया हाम्रा खानेकुराहरु फ्रिजमा राख्न मन पराउँछौं । कुन खाना फ्रिजमा राख्न् कुन नराख्न् भन्ने खासै ख्याल पनि गर्दैनौं । तर विशेषज्ञहरुले केही खाना कहिल्यै पनि फ्रिजमा राख्न नहुने बताएका छन् ।
food never
यहाँ फ्रिजमा राख्न नहुने प्रकारका खानेकुराको चर्चा गरिएको छ ।
हरियो सलादः
salad greens
हरिया सागपात वा सलाद बनाउने सामग्री कहिल्यै पनि फ्रिजमा राख्न नहुने विज्ञहरुको भनाइ छ । फ्रिजमा राख्दा हरिया सागपातहरुको गन्ध हराउने र त्यसमा भएको पोषक तत्वमा समेत ह्रास आउँछ । बरु यस्ता खानेकुरालाई फ्रिजमा राख्नुको सट्टा कागजमा बेरेर प्लास्टिकमा राख्नु उपयुक्त उनी विज्ञहरुले बताएका छन् ।
दुधः
दुध पनि फ्रिजमा राख्नु राम्रो मानिँदैन । यदि दुध खानेकुरा पकाउन वा कुनै परिकार बनाउन प्रयोग गर्ने हो भने चाँहि फ्रिजमा राख्दा पनि हुन्छ तर पिउने दुध चाँहि फ्रिजमा राख्न उपयुक्त मानिँदैन ।

फ्राइ गरेका खानाः
फ्राइ गरेका क्रिप्सी र क्रन्ची खानेकुराहरु पनि फ्रिजमा राख्नु राम्रो मानिँदैन । किन भने फ्रिजमा राखेपछि यिनीहरुको स्वाद नै हराउँछ । फ्राइड चिकेन वा फ्रेन्च फ्राइज फ्रिजबाट झिकेर खानु जस्तो नमज्जा केही पनि हुँदैन ।
fried chicken
अण्डाः
अण्डा पनि फ्रिजमा राख्नु हुँदैन । अण्डालाई फ्रिजमा राख्दा यसको बाहिरको भाग फुट्ने वा अनेक समस्या आउँछ । त्यतिमात्र होइन भित्रको झोल पनि विग्रन सक्छ ।
 काँचो तरकारी वा फलफूलः
raw fruit vegs
काँचो तरकारी वा फलफूलका लागि पनि फ्रिज उचित ठाउँ होइन । यसले ताजा खानेकुरा फलफूलको स्वाद विगारिदिन्छ ।

पनिरः

पनिरका लागि पनि फ्रिज उपयुक्त ठाउँ होइन । खासगरी पकाएको पनिर र त्यसबाट बनेका खानेकुराहरु फ्रिजमा राख्दा स्वादहिन हुन्छ ।
 दहीः
फ्रिजमा राखेर दही जमाउनु उचित हो । तर खान योग्य भैसकेको दही पुनः फ्रिजमा राख्नु गलत हुन्छ । किन भने जमिसकेको दहीलाई थप फ्रिजमा राख्दा यसको स्वाद विग्रने वा यसमा भएको पोषक तत्व पनि ह्रास हुने हुन्छ ।
 आलुः
potato
आलु पनि फ्रिजमा राख्नु हुँदैन । यसलाई फ्रिजको साटो अलिक ओभानो र आद्रता भएको ठाउँमा राख्नु पर्छ । फ्रिजमा राखिएको आलुमा पानी बढी हुन्छ र यसले स्वाद पनि विगारिदिन्छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf