Home » » भतेरी जङ्गलमा बस दुर्घटना, १४ घाइते

भतेरी जङ्गलमा बस दुर्घटना, १४ घाइते

चितवन, भदौ २८– चितवनको रामनगरस्थित भतेरी जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । पोखराबाट सर्लाही जान आउँदै गरेको ना ४ ख ६२२३ नम्बरको बस बिहान करिव २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मुग्लिङ नारायणगढ सडकखण्डअन्तर्गत चितवनको भरतपुर–१ भतेरी जङ्गलमा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । घाइते यात्रुको अहिले चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf