Home » » रामबहादुर बम्जनका अनुयायी र गाउँलेबीच झडप, ४ जना घाइते

रामबहादुर बम्जनका अनुयायी र गाउँलेबीच झडप, ४ जना घाइते



रामबहादुर बम्जनका अनुयायी र गाउँलेबीच झडप, ४ जना घाइते
September 3, 2014 | मंगलवार १८ भदौ २०७१
बारामा आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनका अनुयायी र स्थानीयबीच झडप हुँदा चारजना घाइते भएका छन । हलखोरिया जंगलमा बम्जनका अनुयायीले स्थानीयलाई जगंलमा नसोधी हिंडेको भन्दै समात्ने र कुटपिट गर्ने गरेपछि झडप भएको हो ।
बम्जनका अनुयायीहरुले स्थानीय उतिम गुरोलाई हात बाँधेर बन्धक बनाइ रातभर निर्घात कुटेको खुलासा भएपछि आज बिहान जंगलमा पुगेका स्थानीय र बम्जन पक्षबीच झडप भएको हो ।
झडपमा बम्जनका अनुयायी समिर गुरुङ, रुपबहादुर थिङ, लामा बालक र गाउँलेतर्फ राकेश गुरो घाइते भएका छन । स्थानीयलाई बन्धक बनाएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । बम्जनले भने आफ्ना केटाहरुबाट कमजोरी भएको भन्दै माफी मागेका जनाइएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf