अष्ट्रेलिया आएको महिना दिनमै कस्तो भवितव्य, सहाराको पर्खाइमा सृष्टि
Wednesday, September 3, 2014
बिद्यार्थी भिसामा स्विनवर्न युनिर्भसिटीमा इन्फरमेशन टेक्नोलोजीमा स्नातकोत्तर तह अध्ययनका लागि २०१४ जुलाई २३ मा अष्ट्रेलिया आइपुगेकी सृष्टि खनाल अहिले मेलबर्न स्थित रोयल मेलबर्न हस्पिटलको आइसीयुमा जीवन मरणको लडाई लडिरहनु भएको छ | उनको एक मात्र सहारा छन् द्धिजेश कोइराला, उनि सृष्टिकै डिपेण्डेन्ट भिषामा अष्ट्रेलिया आएका थिए |

नेपालबाट आएको १ महिना भित्रै सृष्टिले काम पनि गर्न थालेकी थिईन् |एक साँझ सृष्टि काम बाट फर्किए पछि आफ्नो कोठामा आराम गर्दै थिईन् , अचानक उनले आफुलाई टाउको दुखेको बताइन् , वान्ता हुन् थाल्यो | द्धिजेशले नजिकैको रोयल अस्पताल पुर्याए | अस्पताल पुग्दा सृष्टिको होश गुमेको थियो | चिकित्षकले सृष्टिलाई ब्रेन हेम्ब्रेज भएको बताए | तत्काल उनलाई आइसियु कक्षमा राखेर उपचार सुरु गरे | उपचार कै क्रममा द्धिजेशसँग भएको रकम पनि सकिएको छ |एक महिना अघि मात्र अष्ट्रेलिया टेकेको यो जोडी सँग ट्राभल चेकमा भएको २ हजार डलर बाहेक अरु पैसा थिएन |
हिजो राति अबेर सम्म पनि बेहोश अवस्थामा रहेकी सृष्टिले आज बिहान केहि शारीरिक प्रतिक्रिया दिन थालेकी छिन् | यद्यपी उनको पूर्ण होश भने खुलेको छैन | चिकित्सकले सृष्टिको अवस्था सुधारउन्मुख नभएको भन्दै अझै थप परिक्षण गर्नुपर्ने बताए लगत्तै यस्तो सुधार देखिएको हो | थप उपचारबाट उनको स्वास्थ्यमा राम्रो सुधार हुन् सक्ने प्रबल सम्भावना छ | आय आर्जनको कुनै ब्यबस्था नभएको अवस्थामा यो भबितब्य सँग जुधिरेहेका सृष्टिका एक मात्र सहारा द्धिजेशलाई उपचार खर्च जुटाउन निकै समस्या परेको छ | सृष्टिको जीवन रक्षाका निम्ति आर्थिक सहयोगको अपेक्षा राख्दै अष्ट्रेलियामा सामाजिक सेवाका क्षेत्रमा संलग्न संघ संस्था र गैर आवासीय नेपाली संघ अष्ट्रेलिया लगाएत व्यक्तिगत रुपमा सहयोग गर्न चाहने जो कोहिले पहल गरिदिन द्धिजेशले आग्रह गरेका छन् |

सृष्टिको जीवन रक्षाक निम्ति सहयोग गर्न चाहनेहरुले निम्न ठेगानामा सम्पर्क गर्न वा सिधै उपचार सहयोग कोषको बैंक खातामा जम्मा गरिदिन सक्नुहुन्छ |
Phone : Dwijesh Koirala at 0422571904.
बैंक खाता
Bank name: Common wealth
Account Holder: Dwijesh Koirala Sahi
BSB No.:- 063172
Account Number: 11118960
Account Holder: Dwijesh Koirala Sahi
BSB No.:- 063172
Account Number: 11118960
एक नेपालीको जीवन रक्षामा अर्को नेपाली सहयोगी बनौं | हिमालयन कंगारु परिवार सृष्टिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारका निम्ति सहयोग जुटाईदिन आ आफ्नो ठाउं बाट पहल गरिदिनु हुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ |
( नोट : यस अघि प्रकाशित सृष्टि खनालको अस्पतालमा उपचाररत तस्विर प्रति पाठकहरुको गुनासो रहेको जानकारी प्राप्त भएकोले हामीले प्रस्तुत समाचार संग सम्बधित तस्विर परिमार्जन गरेका छौं | तस्विरबाट उब्जन सक्ने नकारात्मक सन्देश प्रति हामी सदैब संबेदनशील हुने कोशिश गर्नेछौं | पाठक प्रतिक्रियाका लागि हार्दिक आभार