आरकोटेभीर, नुवाकोट : काठमाडौंबाट नुवाकोट हुदै रसुवाको स्याफ्रुबेंसीतर्फ जांदै गरेको यात्रु बस शुक्रवार नुवाकोटको पासाङल्हामु मार्गको बेलकोटमा दुर्घटना हुँदा तीनजना विदेशीसहित १३ जनाको ज्यान गएको छ । तिहारमा घर जान हिडेका यात्रुहरु मध्ये ३० जना भन्दा बढी घाइते भएका छन् ।
छतमा समेत यात्रु हालेर रसुवाको स्याफ्रुबेंसी जांदै गरेको बा२ख २२६६ नम्बरको यात्रु बस बेलकोटस्थित आरकाटे भिरमा सडक छेउमा दायाँतर्फको पर्खाल नाघ्दै तल खोंचमा खसेको हो ।
विहान ८ बजे काठमाडौंको माछापोखरी बालाजुबाट हिडेको बस नुवाकोटको बेलकोट–५ आरकोटेस्थित सडकबाट एकसय ५० मिटर तल झरेर दुर्घटना हुँदा तीन विदेशी सहित ७ जनाको घटनास्थलमै ज्यान गएको थियो । अन्य ७ जनाको उपचारको क्रममा नुवाकोट र काठमाडौमा निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक अरुण पौडेलले जानकारी दिए । तीनजना विदेशीमा दुई जना इजरेली र एक स्पेनी नागरिक रहेको पौडेलले बताए ।
विहान १० वजे भएको वस दुर्घटनाका घाइतेको उद्धार तथा शव संकलन कार्य अपरान्हसम्म गरिएकोे उद्धारकर्मी रामशरण पनेरुले बताए । अन्य घाइतेहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूली, बट्टारमा रहेको पञ्चकन्या सामुदायिक अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ग्रान्डी अस्पताल धापासी र जनमैत्री अस्पताल वालाजुमा उपचार भइरकेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
रसुवाको लाङटाङ भ्रमणमा निस्केका विदेशी पर्यटकको मृत्यु भएको हो । गम्भीर घाइतेहरुको संख्या २५ रहेको छ ।
नाम खुलेका मृतकहरुमा इजरेली नागरिक ३० वर्षीया शिराह ववुस, ओखलढुंगाका ५४ वर्षीय बलवहादुर सुनुवार राई, नुवाकोटका १६ वर्षीय प्रशान्त न्यौपाने रहेको प्रहरीले जनाएको छ । तिहारमा घर जान हिडेका यात्रुले भरिभराउ बस काठमाडौको बालाजुबाट ४६ किलोमिटर दूरीमा भएको दुर्घटनाको कारण खुल्न सकेको छैन ।
बसमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । वसको स्थिति र चालकको अवस्था वुझ्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । दुर्घटनालगत्तै स्थानीयबासीले उद्धार सुरु गरेका थिए ।
केहि पछि प्रहरी र नेपाली सेना पनि घटनास्थल पगेर घाइतेको उद्धार तथा शव संकलन गरेका थिए । उनीहरुलाई स्थानीयले उद्धार गरी उपचारका लागी नुवाकोट र काठमाडौं पठाएका थिए ।
दुर्घटनास्थल भिर रहेका कारण उद्धारमा समेत कठिनाई भएको थियो । ज्यान गुमाएका यात्रुको सनाखत हुन सकेको छैन । भिरमा झरेको बस टुक्रेर क्षतविक्षत भएको छ । स्थानीय प्रत्यक्षदर्शीको अनुसार झण्डै ८० जना यात्रु बोकेको बस दुर्घटनामा परेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ ।
दुर्घटनामा घाइते तथा मृतकको सामान संकलन गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । दुर्घटनामा परेको वस धुजाधुजा भएको छ । बस सडकको दाया तर्फ लगाइएको पर्खाल नाघेर भिरमा खसेको हो ।
सो स्थानमा विगतमा पनि पटक पटक दुर्घटना हुने गरेको छ । साघुरो सडकको घुिम्तमा बस मोड्ने क्रममा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनास्थलमा दिनभर सेना, प्रहरी र स्थानीयवासी खटिएका थिए ।
१६ जना घाइतेलाई काठमाडौं ल्याइयो
बस दुर्घटनामा परेका मध्ये एक नेपाली सहित १६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनास्थलमा पुगेर सिम्रिक एयरको हेलिकोप्टरले दुर्घटनाका घाइते १६ जनालाई उपचारका लागि काठमडौं ल्याएको सिम्रिक एयरका पाइलट आनन्द थापाले बताए ।
सिम्रिक एयरको हेलिकोप्टर ४ पटकको उडानबाट घाइतेहरुलाई उद्धार गरी काठमाडौं ल्याएको हो । सबै घाइते विदेशी नागरिकलाई हेलिकोप्टरले धापासीस्थित ग्रान्डी अस्पतालमा ल्याएको थियो ।
अन्य घाइतेहरुको नुवाकोटकै त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।