Home » » अंधेरीको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुग्यो,१५ घाइते

अंधेरीको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुग्यो,१५ घाइते

ओखलढुंगा, कार्तिक ९ । मृत्यु हुनेमा ओखलढुंगा ठूलाछापका मणिराम भट्टराई, चोलेन्द्र खत्री, सरिता खड्का, टिका बस्नेत, तेजबहादुर बस्नेत, उनकी श्रीमती रामप्यारी बस्नेत, जोहिनी भट्टराई र वाक्साका नविन कुमार राई रहेका छन् ।

त्यस्तै प्राप्चाका अप्सरा दाहालको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी १५ जना घाइते भएकाछन् । जीपमा केटाकेटी बाहेक २४ जना सबार रहेको प्रहरीले जनाएको छ । जीपको सीट क्षमता भने १२ जनाको मात्र रहेको थियो ।
कच्ची बाटोको भीरबाट जीप करीब दुईसय मिटर तल खसेको थियो । घाइतेहरुको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ । जीपमा रहेका पात्ले ६ निवासी पार्वती खत्रीका दुई बर्षिय छोरा दीपेश खत्री हराइरहेका छन् ।
दीपेशलाई घटनास्थलबाट उद्धार गरी अस्पताल पठाएको तर अस्पतालको रेकर्डमा नभेटीएकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक डम्बर बहादुर विकले जानकारी दिए ।
पार्वतीको अवस्था भने चिन्ताजनक रहेको छ । जीप अंधेरीभीरको उकालोमा पिकअप लिन नसक्दा कच्ची बाटोमा चिप्लीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा जीप चालक पनि घाइते भएका छन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf