Home » » आलुलाई गर्भनिरोधकको रुपमा प्रयोग गर्दा पुरा विवरणको लागि यहाँ क्लिक गर्नुस !

आलुलाई गर्भनिरोधकको रुपमा प्रयोग गर्दा पुरा विवरणको लागि यहाँ क्लिक गर्नुस !

कोलम्बिया– आजको यो आधुनिक युगमा गर्भनिरोधकका थुप्रै साधनहरु सहज रुपमा उपलब्ध हुँदा पनि मानिसहरु यसलाई किन्न र प्रयोग गर्न हिच्किचाउँछन् । यस्तै घटना सेन्ट्रल कोलम्बियाको होन्डा इलाकामा पनि सार्वजनिक भएको छ जुन घटना थाहा पाउँदा डाक्टरहरु पनि अचम्मित भएका थिए । स्थानीय समाचार वेभसाइट ‘कोलम्बिया रिपोर्ट’ का अनुसार कोलम्बियाको एक हस्पिटलमा २२ वर्षीया एक महिला पेट दुखेका कारण उपचारको लागि आएकी थिइन् । उनको उपचारमा संलग्न डाक्टरहरुले उनको समस्याको बारेमा पत्ता लगाउँदा सुरुमा त विश्वास नै गरेनन् । उपचारको क्रममा डाक्टरहरुले थाहा पाए कि उक्त महिलाले आफ्नो योनीमा आलु राखेकी थिइन् जसमा जरा आउन सुरु गरेको थियो र आलुमा उम्रिएको जराले गर्दा नै उनको पेट दुखेको पत्ता लगाएका थिए । जब डाक्टरले ती महिलालाई यो बारेमा सोधपुछ गरे तब उनले आफ्नो आमाको सल्लाह अनुसार यस्तो गरेको बताइन् । उनले भनिन्, ‘यदि नचाहिँदो गर्भबाट बच्नु छ भने योनीमा आलु राख्नु भन्ने आमाको सल्लाहले नै मैले यो कदम उठाएको हुँ ।’ डाक्टरहरुले महिलाको शल्यक्रिया गरेर उनको योनी भित्रको आलु निकालेका छन् । अब उक्त महिलाको स्थिति सामान्य रहेको डाक्टरहरुले बताएका छन् । डाक्टरले महिलाको आमालाई उनको स्थितिको लागि जिम्मेवार ठहराएका छन् । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf