Home » » भक्तपुरमा ह्वात्तै बढ्यो डिभोर्स, अधिकांश प्रेम विवाह गरेका छन् ! पुरा विवरण पढ्नको लागि यहाँ जानुस् !

भक्तपुरमा ह्वात्तै बढ्यो डिभोर्स, अधिकांश प्रेम विवाह गरेका छन् ! पुरा विवरण पढ्नको लागि यहाँ जानुस् !

भक्तपुर, १९ असोज । भक्तपुरमा सम्बन्ध विच्छेदको घटना अत्यधिक रूपमा बढेको छ । एक वर्षको अवधिमा भक्तपुरमा १२८ वटा सम्बन्ध विच्छेद भएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।
जिल्ला अदालत भक्तपुरबाट आव २०७०/०७१ मा १२८ वटा सम्बन्ध विच्छेद भएकोे अदालतका श्र्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो । सम्बन्ध विच्छेदमा परेका मुद्दामध्ये अझै ४२ वटा मुद्दा फैसला गर्न बाँकी रहेको उहाँको भनाइ छ ।
विवाह भएको पाँचदेखि सात वर्षमै सम्बन्ध विच्छेदका लागि अदालतमा नालिस गर्नेको सङ्ख्या उत्तिकै बढेको उहाँले बताउनुभयो । अदालतमा आएका घटनालाई आधार मान्दा धेरैजस्तो २५ देखि ३० वर्ष ननाघेका दम्पतीहरू सम्बन्ध विच्छेदका लागि अदालत आउने गरेका छन् ।
कलिलै उमेरमा अपरिपक्व रूपमा हुने प्रेम विवाह धेरै समय नटिक्ने गरेको अदालतको अनुभव छ । अधिकारीले भन्नुभयो, “कलिलै उमेरमा प्रेम विवाह ग¥यो, बुझ्ने भएपछि उनीहरूबीच धेरै कुरामा असमझदारी सिर्जना हुन्छ, विवाद हुन्छ र उनीहरू सम्बन्ध विच्छेदका लागि अदालत आउने गर्छन् ।”
सम्बन्ध विच्छेदका लागि पछिल्लो समयमा पुरुषभन्दा महिला नै बढी आउने गरेका छन् । अदालतका अनुसार श्रीमान् विदेशमा बसेका, कलिलै उमेरमा विवाह गरेका, घरपरिवारमा मानसिक र शारीरिक यातना दिएका र श्रीमान्ले गर्ने चरम यौन शोषणका कारणलेसमेत सम्बन्ध विच्छेदको उजुरी लिएर आउने गरेको पाइएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf