Home » » तिहारमा झिलिमिली बत्ती नबाल्न विद्युत्त प्राधिकरणको उर्दी अटेर गरे विद्युत काट्ने चेतावनी !

तिहारमा झिलिमिली बत्ती नबाल्न विद्युत्त प्राधिकरणको उर्दी अटेर गरे विद्युत काट्ने चेतावनी !

काठमाडौ, कार्तिक ३ - विद्युत प्राधिकरणले तिहारका बेला साँझ ५ देखि राती १० बजेसम्म उत्सव बत्ती नबाल्न र फ्रिज, एअर कण्डिसनर, आइरन, राइसकुकर प्रयोग नगर्न उपभोक्तालाई सूचित गर्दै अन्यथा विजुली काटिदिने चेतावनी दिएको छ ।
सांस्कृतिक पर्व तिहारमा परम्परागत रुपमा खेलिदै आएको देउसी भैलो यो बर्ष राती ७ बजेपछि खेल्न गृह मन्त्रालयले रोक लगाएकोमा चर्को विरोध भइरहँदा प्राधिकरणले पनि तिहारलाई लक्षित गरी विद्युत उपभोगमा नियन्त्रणकारी सूचना जारी गरेको हो ।
हाल मागका तुलनामा न्यून विद्युत उत्पादन भइरहेकाले तथा विगतमा उत्सव बत्तिले केन्द्रीय प्रसारण लाइनमा पटक पटक समस्या ल्याउने गरेकाले यसपाली तिहारमा साँझको समयमा त्यस्ता बत्ती नबाल्न तथा बढी विद्युत खपत हुने उपकरण प्रयोग नगर्न सूचित गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणद्धारा आज जारी सूचनामा भनिएको छ, “तिहारका अवसरमा प्राधिकरणको विद्युत प्रणालीबाट पसल, मल, घर तथा सडकहरुमा उत्सव बत्ती लगायत उच्च विद्युत खपत गर्ने उपकरणहरु फ्रिज, आइरन, राइस कुकर, एसी आदी कात्तिक ५ देखि ८ गतेसम्म साँझ ५ देखि १० बजेसम्म प्रयोग नगर्न सूचित गरिन्छ । अन्यथा ती उपभोक्ताको विद्युत सेवा विच्छेद हुनसक्ने समेत जानकारी गराईन्छ ।”
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf