Home » » एन्फाबाट गणेश थापा र विराटजंग थन्किए, ललितकृष्णलाई जिम्मेवारी !

एन्फाबाट गणेश थापा र विराटजंग थन्किए, ललितकृष्णलाई जिम्मेवारी !

काठमाडौं, कार्तिक ३ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष गणेश थापाले गर्दै आएको कामको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले हेर्ने भएका छन् । गत आश्विन २९ गतेदेखि बसेको एन्फाको कार्यकारी समितिको बैठकले दुई महिनाका लागि थापाको जिम्मेवारी श्रेष्ठलाई सुम्पिएको हो ।

त्यसैगरी, कोषाध्यक्ष विराटजंग शाहीले सम्हाल्दै आएको जिम्मेवारीसहकोषाध्यक्ष रविन्द्र जोशीलाई दिइएको छ । संसदको सार्वजनिक लेखा समितिले एन्फामा भ्रष्टाचार प्रकरणको अनुसन्धान भइरहेको भन्दै दोस्रोपटक अध्यक्ष गणेश थापा, महासचिव धीरेन्द्र प्रधान, कोषाध्यक्ष विराटजंग शाही र एकेडेमी प्रमुख ललितकृष्ण श्रेष्ठलाई दुई महिना निलम्बन गर्न आग्रह गरेपछि दबाबमा परेको एन्फाले छानबिनमा सघाउने उद्देश्यले सुरक्षित अवतरणको शैली अपनाउँदै यस्तो निर्णय गरेको हो ।

ललितकृष्ण पनि मुछिएको अवस्थामा लेखा समितिले एन्फाबाट भएको निर्णयलाई स्वीकार गर्नेमा भने शंका छ । महासचिव प्रधानका बारेमा एन्फाले कुनै निर्णय गरेको छैन । बैठकले सहमहासचिवमा कास्कीका गणेश भट्टराईलाई नियुक्त गरेको छ ।

एन्फा अध्यक्ष थापाले अध्यक्ष र कोषाध्यक्षले घोटाला गरेको भनी लेखा समितिले आरोप लगाएसँगै अनुसन्धानलाई सघाउन दुई महिनाका लागि दुबैजना बाहिर बसेको बताए ।

लेखा समितिले ५८ करोड रुपैयाँ घोटाला भएको भन्दै अनुसन्धान गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि एन्फा घोटला बारेमा छानबिन गरिरहेको छ ।

यसैबीच, एन्फा बैठकले ११ टिमलाई समेटेर मंसिर २२ गतेदेखि राष्ट्रिय लिग फुटबल गर्ने निर्णय गरेको छ ।

विजेताले अहिलेसम्मकै सर्वाधिक पुरस्कार एक करोड रुपैयाँ जित्ने घोषणा गर्दै एन्फाले तयारीस्वरुप हरेक क्लबलाई १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । एन्फाको पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्तिक १४ मा हुने भनिएको साधारणसभा भने स्थगित भएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf