मलेसियामा दुई कम्पनी बन्द हुँदा करिब तीन सय नेपाली कामदार कामविहीन भएका छन् । मलेसियाको मुहारस्थित इन्स्टाइल फर्निचर र लिताको इन्टरप्राइजेज कम्पनी बन्द भएका हुन् ।
एउटै मालिक रहेको दुवै कम्पनीले फर्निचर निर्माणको काम गर्ने गरेका थिए ।
ऋणमा चलिरहेका कम्पनी टाट पल्टिँदा बैंकले १ अक्टोबरमा सिल गरेपछि कम्पनी बन्द भएको मलेसियाबाट गुल्मीका विनोद ज्ञवालीले जानकारी दिए ।
कम्पनी बन्द भए पनि कामदारलाई कम्पनीको होस्टेलमा बस्न दिइएको छ । इन्स्टाइल कम्पनीमा कार्यरत ज्ञवलीका अनुसार झन्डै तीन सय नेपाली दुवै कम्पनीमा कार्यरत थिए । कम्पनीले दुई महिनादेखि कामदारलाई तलब दिएको पनि दिएको छैन ।